banner
banner

भौतिकवाद, अध्यात्मवाद र वर्तमान छिः राजनीति

राजन प्रसाद न्यौपाने श्रीयम– -
मानिस चेतनास्तरकै कारण फरक छ, अलग छ । अध्यात्मवादलाई किनारा लगाएर भौतिकवादका चरमसीमामा पुगेकाहरू वर्तमान अवस्थामा नेपालको रजनीतिका अयोग्य खेलाडी जस्ता बनेका छन् । भौतिकवाद र अध्यात्मवादमा पहिलादेखि नै एक अशोभनिय संघर्ष र प्रतिष्पर्धा थियो नै । वर्तमानमा भने नेपाल जस्ता मुलुकमा राजनीति पनि मिसिएर नेपाली म.म. को अचार जस्तो मिश्रण वादमा विलिन हुन पुग्यो । हुँदैछ र पक्कै हुने नै छ । आफूलाई प्रगतिशील, अग्रगामी  मान्नेहरू भौतिकवादी को रूपमा चिनिँदै गएँ भने अध्यात्मवादलाई प्रतिगामी यथास्थितिवादी भनेर सत्तोसराप गर्न थाले । आफूलाई सत्यवादी भन्न रूचाउने अध्यात्मवादीहरू भौतिकवादीहरूलाई यन्त्र मानव या जडसुत्रवादी भनेर औंलाउन थाले । एक अर्का बीचमा दुष्मन जस्तो व्यवहार गर्दे हरेक क्षेत्रमा विवाद निकालेर अस्वस्थ प्रतिष्पर्धा गर्न थाले  ।हालको वर्तमान नेपालका वर्तमान दलहरू र दलभित्रका आन्तरिक टुकडी र समुहहरू यसलाई आपतीजनक राजनीति विज्ञानले अपराध बोध गराउने छ भविष्यमा ।
विश्व नै विभाजित भएको छ अहिले सभ्यता विकासको क्रम सँगै । अध्यात्मवादलाई आधार बनाएर अगाडि बढेको पूर्विय सभ्यता र संस्कृति, भौतिकवादलाई केन्द्रमा राखेर द्रुततर गतिमा अगाडि बढेर विनाश तर्फ उन्मुख पश्चिमी सभ्यता र संस्कृति एक आपसमा भिन्न छन् र ध्रुविय अस्तित्वको खतरा मोलेर अगाडि बढी रहेछन् । नेपालमा जुनसुकै विषय र प्रसंग , विकास र विनाश, समाज र संस्कृति समेतमा राजनैतिक रंग दिइन्छ । नेपालमा पनि साम्यवादी, समाजवादी, अध्यात्मवादी वीचमा दोहोरो संघर्ष र खिचातानी चलिरहेकै छ । यहि खिचातानीको अपरिपक्व अवस्था नै वर्तमान राजनीति हो, राजनीतिको संस्कार नै दोभाषे र दोधारे छ । विश्वभरी हेरिने, भोगिने र प्रयोग गरीने बादहरू भन्दा नेपाल अलि पृथक छ । हामी उतरआधुनिक बन्न खोज्दा समस्याहरू थपिएका छन् । गुजुल्टीएका छन् मानिसका प्रेरक सम्भावना, आशा भरोसा र लक्ष्यहरू । नेपालका साम्यवादीहरू भौतिकवाद भने पछि मरिमेट्छन् सर्वोपरि ठान्छन् । अध्यात्मवादीलाई लगाउने विशेषणहरू धेरै छन् । साम्यवादीहरू शोषक, सामन्ती, औपनिवेशिक परम्परावादी र प्रतिगामी भनेर आध्यात्मवादीहरूलाई दोष थोपार्छन् । अर्को तर्फ आध्यात्मवादीहरू अतिवादी र अमानवियको संज्ञा दिदै भौतिकवादीलाई वर्तमान समाजमा हत्या, हिंसा, द्वन्द्व, संघर्ष, प्रतिष्पर्धा गरेर अशान्ती मच्याउने झुण्ड भनेर आरोप लगाउछन् । वर्तमान नेपालको राजनीति यहि भावनामा टेकेर नेपालमा गोल गर्न नसकिने भकुण्डो पो खेलिरहेको छ कि ! आज नेपालको यो  खिचडी राजनीति भौतिकवाद र आध्यात्मवादको संघर्षको वरीपरी घुमीरहेको छ । वास्तवमा भौतिकवाद जरूरी छ अध्यात्मवादलाई परिमार्जन गर्दै अगाडि जान सकेमा । भौतिक विकास गराउने भौतिकवादलाई लगाम विनाको घोडा हुन नदिने चाँही अध्यात्मवाद नै हो ।
 अध्यात्मवाद र भौतिकवाद परिपुरक भएर अगाडी बढेमा विकासमा अपरिहार्य भएको भौतिकवादले ल्याउने केही विकृतिहरूलाई हटाउन, कम गर्न र सच्चयाउन अध्यात्मवादले सहयोग पु¥याउँदछ ।
जीवन अमर्यादीत, यान्त्रीक, असंतुलित असजीलो र पीडादायी बनेरै भएपनि यन्त्रवत कार्यशीलतामा रमाउन बाध्य पारेको हुन्छ भौतिक विकासले । माया, स्नेह, विवेक, मानव अधिकार जस्ता विषयहरू गौण भएर लोभ, पाप, अपराध, झुठ, ठग स्वार्थ, पद लोलुपताले जरो गाड्दछ । मानिसलाई जति नै भौतिक सुख सुविधा सम्पन्न भएपनि सुख शान्ती समृद्विको अति नै आवश्यक पर्छ । भौतिकबादमा मानसीकरूपमा मानिसहरू शान्ति र समृद्विबाट बन्चित हुन पुग्दछन् ।
त्यसकारण भौतिकवादले पनि विस्तारै अध्यात्मवाद खोजी रहेको हुन्छ जुनकुरा अहिले पश्चिमा भौतिकवादी देशहरूलाई हेर्दा नै थाहा हुन्छ  । उनीहरू भैतिकवाद संगै अध्यात्मवाद खोजिरहेका छन् तर पूर्विय संस्कृति भएका मूलुक विशेष गरी नेपाल जस्ता देशहरू अध्यात्मवादलाई पूरातनवादी ,परम्परावादी र जडसुत्रवादी भन्दै भौतिकवाद तर्फ आकर्षित भएका छन् । नेपालमा भने दरिद्र प्रकारको अवसरवादी भौतिकवाद युक्त राजनीती चलिरहेको छ । अध्यात्मवादका पक्षधरहरू जन्मदा नै भौतिक सुख सयल र सम्पन्तामा भन्दा बाहिर हुन्छन्, अभावमा हुन्छन् । अध्यात्मवादको गलत ब्याख्या गरेर चोरी र झुठको राजनीति गर्नेहरूले भौतिकवाद तर्फ मोडेर बिस्तारै अवसरवादीहरूको सत्ता कायम गराउदैछन् । उता चरमरूपमा प्रभावित भएका  भौतिकवादीहरू जन्मदै सम्पन्न हुन्छन् र हुर्कदै गएपछि,  शिक्षित र दिक्षीत भएपछि ज्ञान र शान्तीको लागि अध्यात्मवादको खोज गरिरहेछन् । वास्तवमै दुवैवादीहरूले आफ्नोवादको महत्व नबुझेर एक अर्कालाई विपरित ध्रुवमा उभ्याएका छन् । वास्तवमा यी दुवै वादहरू परिपुरक भएर सगै भएपछि विकास , शान्ती र समृद्विसगैं आउछ । रूपान्तरण जरूरी छ अहमताको राजनीती अन्त्य हुनुपर्छ, जुन रूपान्तरण आफैबाट शुरू गर्नु पर्छ । शासन प्रणाली परिवर्तन हुँदा अग्रगामी नेपाल भनिन्थ्यो । अहिले वर्तमानको राजकिय सत्ता , शाासन प्रणाली र शासकिय स्वरूप हेर्दा नेपालको ऐतिहासिक र सास्ंकृतिक विकासलाई धराशायी बनाउने, राष्ट्रिय स्वाभिमान, सार्वभौमसत्ता, अखंण्डता सखाप पार्न प्रयोग भए जस्तो भएको छ त्यही अग्रगमन । वर्तमान नेपालमा कानुन भन्दा माथिको हैसियत राख्ने अग्रगामीहरूको भीड लागेको छ । समाज रहुन्जेल रहने वर्ग, द्वन्दको रूप भने फरक हुन सक्छ । वर्ग चिन्तनले समाजलाई खण्डित बनाउदछ जसरी नेपालका राजनैतिक दलहरू खण्डित भैरहेका छन् । अन्तमा भौतिकवाद अध्यात्मवाद र वर्तमान नेपालको राजनीति छिः राजनीतिमा परिणत भएको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper