banner
banner

Abstract Expressionmism

रमेश खनाल, कलाकार, कला समीक्षक - - -
इ.स.१९४० देखि १९५० का बीच न्यूयोर्कमा कलाकारहरूले अन्तर मनका संवेगहरूलाई सरल ढंगबाट बहन दिनु पर्छ भन्दै अमूर्त अभिव्यञ्जना शैली विकास गरेका थिए । ती कलाकार ज्याक्सन पोलक, मार्क रोयक, ल्कि फोर्ड स्टिल, फ्रान्क क्लाइन, लि क्यास्नर, विलियम डि कुनिगं, रोर्वड मदरवेल र बरनेट न्यूमेन नै थिए । उनिहरूले थालेको अभियानलाई न्यूयोर्क स्कूल पनि भनिन्थ्यो । उनिहरू सबैको आफ्नै तरिका थियो । कोही कसैसंग कसैको चित्र मेल खाँदैन थियो । यस क्रममा आर्सि गोर्खे र एडोल्फ गोटलिभ चाहि सर्योलिष्ट विचार बाट प्रभावित थिए । उनिहरू वाह्य जगत विषयबाट टाडा हुँदै अवचेतन मन बाट चित्र प्रवाहित हुनु पर्दछ भन्दै चित्रहरू बनाउदथेँ । अझ कतिपय कलाकारहरू त धार्मिक र मिथलाई आधार श्रोत मान्दथे । उनिहरूले प्रसिद्ध मनोविज्ञहरू कार्ल गुस्ताय, जुंग, ज्यूविश खब्वालहरू र कृश्चियन क्रसलाई पनि प्रेरणाको स्रोत ठानेका थिए । यस क्रममा दुईजना कलाकारलाई एक्सन पेन्टर भनि चिनिए । ती थिए ज्याक्सन पोलक र विलियम डि कुनिंग । ज्याक्सन पोलकले चित्र बनाउँदा ठूलो क्यानभाषलाई भुइमा राखेर त्यसमाथि वट्टाबाट, ट्यूवबाट रंग चुहाएर, रंगमाथि रंग खन्याएर चित्र बनाउँथेँ । एक्सन पेन्टर भनेर विश्व जगतमा चिनिए ।
यसैगरि कलर फिल्ड पेन्टर्स का रूपमा मार्क रोथोक, वर्नेट न्यूमोन ल्कि फोर्ड स्टिल चिनिए । उनिहरूले सरल रंग संयोजन गर्नका लागि ठूल्ठूला क्यानभाष रोजे । जसमा एउटा मात्रै रंग लगाएर कला पारखीहरूलाइ Comtemplative or Meditative Response का रूपमा प्रेरित गरे । यी दुवै थरीका कलाकारहरू (Action painters and Color Field ) का विचार र दर्शनहरू समानता थिए । उनिहरू प्रायजसो ः ठूलो क्यानभाषमा सबै क्षेत्रको समान महत्व दर्शाउदै रंग प्रयोग गर्दथेँ ।
यसरी कलाकारहरूमा नयाँ प्रयोगको धेरै प्रभाव प¥यो । थुप्रै कलाकारले अमूर्त अभिब्यञ्जनालाइृ प्रयोगमा ल्याए । आज सम्म २०२० मा पनि कलाकारहरू अन्तरमनको संवेगलाई प्रयोगमा ल्याईरहेका छन् । अझ स्वतन्त्रता मन पराउने कलाकारहरू झनै धेरै Expressive भएर काम गरिरहेका छन् ।
अमूर्त अभिब्यञ्जना एक शैलीगत अविश्कार नै ठानियो – न्यूयोर्क शहरमा । यसलाई अमेरिकी कला अभियानको एक महत्वपूर्ण उपलब्धि ठानियो । तर अभिब्यञ्जना भन्ने शब्दको प्रयोग जर्मन कला संमीक्षक रोर्वट कोयटलले गरेका हुन् । Der sturm पत्रिकाले त १९१९ मा नै अभिब्यञ्जना शब्द प्रयोग भएको भनिएको छ । यसैगरि १९२९ मा अल्फ्रेड बारले कान्देन्स्कीका चित्र हेरेर अभिब्यञ्जना शब्द प्रयोग गरेको कुरा पनि उल्लेख गरेको छ । (स्रोतHess,Barbara A.E.,2005) !
जब हामी वाहय बन्धनबाट मुक्त भएर कार्य गर्दछौ, तब हामी सर्जक बन्छौ । वस्तुलाई हेरेर होईन वस्तुलाई तपाईले ग्रहण गरेर जब चित्र बनाउनु हुन्छ, तब त्यो अभिव्यञ्जना चित्र हुन्छ भन्ने विचारको समर्थन गर्दै जर्मन कलाकारहरूले स्वागत गर्दै थुप्रै चित्र बनाए । युद्ध पछि जर्मनका कलाकारहरूले धेरै दुःख भोगे । निराशा, हिनत्तावोध, नर्भसनेस र मृत्युलाई नजिकबाट अनुभव गरे । उनीहरूले जीवनको गति, जीवनको किरण ह्रास भएको ठान्दै रंगको माध्यमबाट जीवनलाई पोख्न खोजे,  जसलाई अभिब्यञ्जना भनियो ।
युरोपमा नाजि सरकार अर्थात हिटलर चान्सलरको बोलवाला थियो । उनी आफु पनि कलाकार भएतापनि आधुनिक कलालाई मन पराउदैनथेँ । अत ः आधुनिक चित्र बनाउनेहरूलाई धरपकड गरियो । कयौ कलाकार हिटलरको त्राहि बाट न्यूयोर्क भागेर गए । यसरी यूरोपबाट पलाएन हुने कलाकारहरू Hans Nanuth, Yves Tamguy, Kay Sage, Mao Ernst, Jimmy Ernst, Peggy Guggenheim, Leo Castelli, Mared Duchamp, Andre Masson, Roberto Matta, March Chagall, Jacques Lipchitz, Fernand Leger, Piet Mondrian / ;flxTosf/ Andre Breton नै थिए । तर पिकासो, हेनरी माटासी, पियर बोनाड अमेरीका गएनन् । उनीहरू फ्रान्समानै बसेर संघर्ष गरि त्यहीँबाट प्रख्यात भए । दोस्रो विश्व युद्धले युरोप आर्थिक, भौतिक र सामाजिक तवरबाट क्षति ग्रस्त भएको थियो । कलाको राजधानी पेरिस जीविकोपार्जन गर्न पनि सक्षम थिएन । त्यसैले कलाको राजधानी न्यूयोर्क सरेको थियो । जहाँ पैसा थियो त्यहाँ कलाकारको कदर हुन थालेको थियो । तर त्यहाँ अर्मूर्त अभिब्यञ्जनाकलालाई अगाडि बढाईरहेका हेन्स हफमेन (जर्मनी) ले धेरै महत्वपूर्ण कार्य गरे । कलेजमा लेक्चर दिए । ग्यालरी खोल्नु पर्ने कन्सेपको विकास गरे । कला संमीक्षकको आवश्यकतामा वोध गराए । हेन्सको प्रभाव १९४० देखि नै थियो न्यूयोर्कमा । उनले धेरैलाई कला शिक्षा दिए । उनका चेला आर्सी गोखले कुनिगं र पोलकले अर्मूत अभिब्यञ्जना शैलीलाई उठाउन सहयोग गरे । यता उिट मोर्डियनले पनि आफ्नै शैलिको विकास गरे । न्यूयोर्क टाईम्सका कला समीक्षक जोन क्यानाडे ले अमुर्त अभिब्यञ्जना कलालाई उठाउन धेरै लेखहरू लेखे । त्यसैगरि अरू कला संमीक्षकहरूMeyer sharipo, leo Steinberg, Clement Green berg  / Rosen berg ले पनि अमूर्त अभिब्यञ्जना सम्बन्धि धेरै लेख समिक्षाहरू गरे । न्यूयोर्कमा बसेर ज्याक्सन पोलक, रोथोक फोर्ड स्टिल, फ्रान्स क्लाइन, कुनिगं, रोबर्ड मोदरवेल र बारनेटले अमूर्त अभिब्यञ्जना शैलीको विकासमा महत्वपूर्ण योगदान दिए । उनीहरूले बनाएको सबै चित्र महत्वपूर्ण सावित भएका छन् । विश्वका ठूल्ठूला कला संग्रहालयहरूमा उनीहरूका चित्रहरू संकलन गरिएका छन् । उनीहरू मध्य केही कलाकारहरूका चित्रहरू टेट मोर्डन ग्यालरी लण्डनममा हामी (श्रीमती रीता खनाल र मैले) हेरेका थियौँ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper