banner
banner

महिला हिंसा बढ्यो, न्याय खोज्न कहा“ जाने ?

देवी काफ्ले- - - 
चितवनमा सविता भण्डारीको ज्यान गयो, सुर्खेतमा राउटे चेलीहरुको अस्मिता लुटियो,रौतहटमा लोग्नेले नै एसिड छ्यापे । कहिं दाइजोको निहुंमा बुहारी मारिए ।यस्ता यौनहिंसा, घरेलु हिंसा,दाइजोका कारण हुने हिंसा अविरल बग्ने ईन्द्रावती जस्तै अविरल घटिरहेका छन् ।
जहाँ स्त्रीको सम्मान हुन्छ त्यहाँ ईश्वर प्रसन्न रहन्छन भनेर दैनिक मनुस्मृतिका नीति घोकिन्छ, घोकाइन्छ त्यहि मेरो देश मेरो समाजमा दिनहुं कुनै न कुनै बहानामा स्त्रीहरु अनेक हिंसा खेप्न मजबुर छन् ।जबरजस्ती चरित्रहिन बन्न मजबुर छन् ।छोरीहरु बेचिन मजबुर छन् ।
महिला हिंसा बिरुद्ध कानून बन्यो ।कानून बमोजिमको सजाय हुन्छ भनेर भरोसा दिलाईन्छ ।कसुरवार ठहरिएका दोषि कतिपयले सजायं पाएका पनि छन् । कतिपय दोषि पैसा र पहुंचका आधारमा छुटेर समाजमा छाती फुलाएर हिंडेका पनि छन् । जे होस् कानूनले तोकेका नियमलाई गलत नभनौं ।
नीति नियम बनेता पनि पिडितलाई न्यायका लागि जहिले पनि आन्दोलन गर्नुपर्ने किन ?सडकमा जुलुस,नाराबाजी गर्नुपर्ने किन ?
निर्मला पन्त,भागिरथी भट्ट हुन् वा सविता भण्डारी हुन् या सम्झना, गाजलुका लागि होस् पिडितलाई न्याय दे भनेर सडकमा उफ्रिनु पर्ने ? कस्तो नीति हो सरकार?आज पनि सावित्री सुवेदीहरु सडकमा न्यायका लागि दैनिक प्रहरीका लाठी खाईरहेका छन् ।
बिडम्वना त यहाँ के छ भने –घटना घट्छ,जब घटना बाहिरीन्छ अनि न्याय ढलमलाईरहेको हुन्छ ।जसको पोल्टो भारी छ उसले न्यायको घाँटी चरप्प पार्छ अनि समाजमा नमस्कार खांदै हिड्छ, पिडितहरु न्याय पाम भनेर सडकमा कोकोहोलो मच्चाउनु पर्छ । त्यहि न्याय ढलमल नगरोस भनेर चेतावनीकै लागि महिलाहरु आवाज निकाल्छन् तर ती आवाजलाई बुटले कुल्चने प्रयास हुन्छ त्यसैले त माईतीघर मण्डलामा गएर न्यायका लागि गुहार माग्नु परेको छ ।
हरेक पल्टका घटनामा यसैगरी आवाज उठ्छन् तर न्याय पाईएको छैन न्याय दिने निकाय कहाँ छ ? कुन निकायले न्याय दिने हो ? अब हामी अन्योलमा छौं । परिवर्तनका कुरा गर्ने हो भने राणाशासन, पन्चायती ब्यावस्था हटेर अहिले लोकतन्त्र, गणतन्त्र राज्य भएको छ देश तर महिला हिंसा कम भएको छैन ।आज पनि महिलालाइ वस्तु सरह जोखिन्छ ।
आम विश्वलाई हेर्ने हो भने पनि ठूलो परिवर्तनको फड्को सरिसकेको छ । यतिसम्म कि यो पृथ्वीको विकल्प खोजिरहेको छ । वास्तवमा परिवर्तन यतिबेला मात्र भएको हुन्छ जतिबेला प्रत्यक्ष व्यवहारमा परिवर्तनको महसुस हुन्छ । कतिपय कुरामा परिवर्तनको महसुस गरिए होला तर कतिपय कुरा त्यो परिवतर्नको महसुस विल्कुलै गर्न सकिएको छैन । हाम्रा समाजका परम्परागत संरचना र सोँचलाई त्यस्ता परिवर्तनले कुनै लखरपाटो लाउन सकेनन् भन्ने आभास भएको छ । यतिबेला विवेकशील भनिएको मानवबाट सञ्चालित छ हाम्रो समाज । तर पनि तिनै परम्परागत संरचना र सोचले राक्षसको शैलीमा यही समाजलाई खाइरहेका छन् । त्यसको एउटा ज्वलन्त उदाहरण हो महिला हिंसा । राउटे सम्झना र गाजलुमाथिको हिंसा । उनीहरु जबसम्म जंगलमा थिए तबसम्म जंगलका हिंस्रक जनावरबाट पनि सुरक्षित थिए जब बिकसित र सामाजिक मानव बस्तीमा आईपुग्दा तिनै मानवबाट उनीहरु अस्तित्व लुटियो ।
कसरी हिंसा कम गर्ने ठोस बिषयवस्तुमा छलफल आवस्यक छ अब । महिला शसक्तिकरणका नारा लगाएर राजनैतिक पेशा अपनाएकाहरुले राजनैतिक क्षेत्रमा, स्कुलमा, सभाभेला, गोष्ठीमा, मिडिया सेन्टरहरुमा जहाँ जहाँ हुन्छ आवाज उठाउँ आ–आफ्नो क्षेत्रबाट हिंसा न्युनिकरणका लागि सकेको प्रयास गरौं । न्यायिक निकायले कसैको दवावमा पिडितलाई थप पीडा हुने न्याय नगरोस् । आजको अवस्था पिडकलाई दलिय बिल्ला लगाएर पिडितलाई थप पिडित बनाइरहेको छ । यी प्रबृतिको घोर बिरोध गरौं । यो प्रबृतिले त आज लोकतन्त्र पनि लजाईसकेको छ । अरु लज्जित बनाउने कृहाम्रो प्रश्न अब एउटै छ– सरकार पिडित महिलाले न्याय कहिले पाउने ? न्याय कसले दिने ? हामी अब न्याय खोज्न कहाँ, कुन निकायमा जाने ? अब त अति भो सरकार ।
सत्य यही हो

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper