banner
banner

५ महारथीको वक्तव्य किन ?

स्वयम्भुनाथ कार्की- - - 
थपना सम्राटको मुलुक बेलाईतले राज गरेर छोडेका मुलुकहरुमा आफ्नो धेरै संस्कृती कायम रहन पाएन । लामो अवधि बेलाईती संस्कार र संस्कृतिकोे चाकरीले त्यहाँ  भौतिक विकास त भयोे तर त्यहाँको आफ्नो संस्कृति, परम्परा तथा ज्ञानको क्षय पनि भयोे । युरोपेली सभ्यता भन्दा उन्नत सभ्यता भएको यो भेकमा युरोपेली सभ्यताले अतिक्रमण ग¥यो । कालान्तरमा बेलाईतको ईष्ट ईन्डिया कम्पनीले विलासी शासक भएका राज्यहरुको राज्य संचालनको ठेक्का लिदै गयो । यो नै बेलाईती उपनिवेशको प्रारम्भ थियो । शक्ति सञ्चय भै सकेपछि त्यसै शक्तिको भरमा छिमेकका मुलुकहरु कव्जा गर्न ईष्ट ईन्डिया कम्पनीलाई कुनै गाह्रोे परेन । साधनश्रोत त्यसै देशको प्रयोग गरे पनि कुटिल बुद्धि भने तिनको आफ्नै थियो । आपैm आफ्ना सैनिकहरु सँगै युद्धमोर्चामा जाने पृथ्वीनारायण शाह जस्तै शासक जुनजुन मुलुकमा रहे त्यस मुलुकमा अंग्रेजको दाल गलेन । 
युद्धमोर्चामा हार खानु परेका राष्ट्रका जनताको मन र जनतामा रहेको राष्ट्रियताको भावना अर्थात राष्ट्रवाद माथी भने अंग्रेजहरुले कब्जा गर्न सकेनन् । यसरी वनको चरो वनको ढुँगो गरेर बेलाईती सम्राज्यको बिस्तार भयो । भनिन्थ्यो त्यो सम्राज्यमा कहिले सूर्य अस्त हुँदैन थियोे । आङ्खनो धर्म, परंपरा तथा ईतिहासबाट राष्ट्रियवादकोे ज्योती कायम राख्ने ईन्धन पाउने गरेको तथ्य अंगे्रजहरुले फेला पारे । आफ्नो विजय कायम राख्न र थप विजय प्राप्त गर्न शिक्षाको नाममा, प्रगतिको नाममा अनि धर्मको नाममा आफ्नो संस्कृति लादन पाएमा त त्यहाँकोे राष्ट्रियताको दियो निभ्नेछ र उसले इङ्ल्याण्डको सम्राटको वफादारी गर्नु र बेलाईतको हित चिताउनुलाई नै राष्ट्रवाद ठान्नेछ भन्ने प्रक्षेपण शत प्रतिशत सही भयो । लर्ड मेकाले जस्ताले गुलाम बनाउने शिक्षा पद्धतिको विकास गरे । 
आफुले गौरव गर्ने कुराहरु गौरवशाली नभएर त्रुटीपूर्ण वा अन्याय तथा अत्याचारको जननी हो भन्ने पार्न सकेमा उसको आत्मवल कमजोर हुन्छ र कमजोर आत्मवल भएकाहरु माथि शासन गर्न सजिलो हुन्छ भन्ने तथ्य नै बेलाईती उपनिवेशको आधार थियो । उनीहरुबाट प्रशिक्षित आफ्नै मान्छेले भनेको कुरा मान्दै जाँदा यस भेककाहरुले आफ्नो आत्मा दास भएको पत्तै पाएनन् । फलत, भारतबर्षका कतिपय मुलुकहरु शताव्दियौंसम्म उनीहरुका दास भए ।  उनीहरु बेलाईत मुलुकका दास थिएनन् बरु त्यस मुलुकको एक व्यापारिक कम्पनीको दास थिए । त्यो कम्पनी भास्को डी गामाले समुन्द्री बाटो पहिल्याएको पूर्वीय महाद्विपसँग व्यापार गर्न वेलाइतमा दर्ता भएको थियो । सत्तालोलुप तर राज्यप्रति अनुत्तरदायी राजाहरुको मान र सुविधा उपयोग गर्ने, जिम्मेवारी बोझ लाग्ने मनस्थिति व्यापार बढाउने मौकाको रुपमा प्रयोग गरियो ।
अहिलेको भारत संघ चक्रवर्ती सम्राट अशोकको पालामा बाहेक एउटै मुलुक कहिल्यै पनि थिएन । त्यस पछिको ईतिहासमा भने अहिलेका भारत संघमा संलग्न सबै मुलुकहरु एकै समयमा एक देश भएनन् । कहिले कुनै देश जोडिने र कहिले टुटने क्रम चलिरह्यो । जब ईष्ट ईन्डिया कम्पनीले यो भुभाग छोड्नु प¥यो त्यसबेला सँगै स्वतन्त्रताको लडाई लडेकाहरु एकै देशको रुपमा रहन चाहे । तर त्यो पनि संभव भएन र अंग्रेजले छोड्दा यो भूभागमा दुई राष्ट्र कायम भए । समान रितिथिति तथा परम्परा भएका धेरै मुलुकहरु जोडेर एउटा प्रान्त र यस्तै प्रान्तहरुको २ संघीय राज्य पाकिस्तान सन् १९४७ अगस्त १४ मा र भारत सन् १९४७ अगस्त १५ मा कायम भए । हैदरावाद, जुनागढ, कास्मिर जस्ता केही मुलुकहरु कुनै पनि संघमा सामेल भएनन् । नेहरु डक्ट्रिन भनिने तर सरदार पटेलको कौशलले पछि ती मुलुकहरु भारतीय संघमा गाभिए ।
जुन झण्डाको गौरव रक्षाको निमित्त पुर्खाहरुले आफ्नो ज्यान उत्सर्ग गरे त्यसलाई कपडाको एक टुक्रा मात्र मान्ने हो भने पुर्खालाई गौरवशाली मान्न सकिन्न । आफ्नो अस्तित्वलाई नै तुच्छ मान्दा विदेश र विदेशीहरुलाई श्रेष्ट मान्नुपर्ने हुन्छ । यो नै दासताको लक्षण हो । अनि आधुनिक उपनिवेश बनाउने यो ईष्ट ईन्डिया कम्पनीबाट प्रतिपादित अचुक हतियार हो । त्यसैले सावधान हुन आवश्यक छ । त्यसका निमित्त राष्ट्रिय भावनाको प्रतिरुप राष्ट्रवाद शव्दलाई कसैको सत्तालोलुपताको पर्याय बनाउन हुन्न । राष्ट्रप्रति भन्दा सत्ता स्वास्थ्र्य सर्वोपरि मान्ने कोही पनि राष्ट्रवादी हुनै सक्दैन । आफ्नो गौरव गर्ने कुराहरु मास्दै जाने हो भने राष्ट्रवाद खतरामा पर्दछ । यदि नेपाली भएर नेपालमै बाँच्न चाहाने हो भने आफ्ना गौरवको संरक्षण गर्नैपर्छ । 
जनताको उपेक्षा गरेर फलानाले सत्ता पाए लोकतन्त्र नत्र तानाशाही भन्नेबाट र म नै राष्ट्र हुँ जस्तै दम्भ देखाउने सत्तासँग राष्ट्रवादको भावना बचाउनै पर्दछ । सोच्नै पर्दछ केही समय सत्ताबाट बाहिर रहन पर्दैमा वा सत्ता खोसिने छनक देख्दैमा मुलुकलाई अनिश्चयको भुँवरीमा फसाउने अग्रगामीहरुबाट राष्ट्रको रक्षा हुन्छ कि राष्ट्रको निमित्त जस्तो पनि लांक्षना, अपमानको घुँट पिएर राष्ट्रका गर्ने प्रतिगामी भनिएका राजाबाट रक्षा हुन्छ ? यहाँ राजाको प्रसङ्ग निकाल्न आवश्यक किन भयो भने अग्रगमन साथै मुलुक हाँकेका ५ महारथी पूर्व प्रधानमन्त्रीहरुले उपलब्धी गुम्ने भयो भनेर विज्ञप्ती निकालेका छन् । यदि गणतन्त्र गुम्ने हो भने त्यसको सट्टा राजतन्त्र हुन्छ । तानाशाही त लोकतन्त्र वा प्रजातन्त्र वा लोकतन्त्रमा पनि हुँदोरहेछ त ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper