banner
banner

मत्स्य न्याय आफ्नाको ठिक अरूको बेठिक

स्वयम्भुनाथ कार्की- - - 
संवैधानिक इजलासमा एक पक्षका वकिलहरूले केही न्यायधीशहरूको पहिलेको पैmसलाको आधारमा निष्पक्षता माथी प्रश्न खडा गरे । त्यो प्रश्नमा अरू केही न्यायधीशले समर्थन जनाए । न्यायधिशहरूले कुनै कुराको पैmसला लिनुभन्दा पहिला त्यो कुराको हरेक कोण, तर्क, प्रमाण सबै केलाउनु पर्छ । त्यसो नगर्नु आङ्खनो निष्पक्षतालाई प्रश्न उठाउने मौका दिनु सरह हुन्छ । अर्को गठित संवैधानिक इजलासमा पहिलेका विपक्षका वकिलहरूले यो प्रश्न उठाए । अव अदालतले नै वकिलहरूलाई न्यायधिश रोज्नेअधिकार दिने पहिलो पैmसला नजिर बन्नेछ भन्ने कुरा सोचेको थिएन भन्नु सरासर अदालतको अवमानना हुन्छ । यस्तो अवमानना गर्न हुन्न र गर्न खोजिएको पनि हैन । यस पटक यो कुरा समाधान भए पनि यो नजिरले नेपालको न्यायिक भविष्य के कस्तो होला भन्ने कुरा कानुन क्षेत्रका दिग्गजहरूले सोच्ने नै छन भन्ने आश लिन सकिन्छ ।
यसै गरेर अहिले मात्र बोल्न पाएको भन्ने गरिन्छ । अहिले बोल्न पाएको र विगतमा बोल्न नपाइने कुरा सयकडामा कति ठिक हो भन्ने विवेचना हुन नै बाँकी छ । प्रश्न गरेपछि उत्तर नै दिन नपाउने गरेर प्रश्नकर्ता आपैm बोल्ने परिपाटी स्वभाव हैन कुतालिम हो । बहसमा आफ्नो कुरा भनेपछि अर्कालाई कुरै गर्न नदिएर एकोहोरो कराएर जित्ने बानी वाक स्वतन्त्रताको सम्मान हैन । तीन दशक भन्दा पहिल्यै हटाइएको पञ्चायतमा वाक स्वतन्त्रता थियो वा थिएन अलग वहस हुन सक्छ । संसारमा वाक स्वतन्त्रताको अधिकतम उपभोगको मात्रा के ? प्रजातन्त्रको आदर्श उदाहरण देखाईने गरिएको संयुक्त राष्ट्र अमेरिकामा हिलारी डोनाल्ड बहस पच्न सकेन । राष्ट्रपतिको कुर्सीबाटै ओवामाले ट्रम्पले बोल्ने सिमा नाघेको भनेर बहसको बीउ रोपे । यत्रो शताब्दिसम्म चुनावी प्रतिस्पर्धा निर्वाचन परिणाम नआउन्जेलसम्म भन्ने अमेरिकी धैर्यता समेत टुटेको छ । 
हिजो आङ्खनो छाडा सरह लाग्ने भनाईलाई वाक स्वतन्त्रता भन्नेहरू आज त्यस्तै भनाई आफ्ना विरोधमा आउदा वाक स्वतन्त्रता प्रयोग गर्न पनि हैसियत वा लाइसेन्स चाहिने अवधारणा राख्छन । यदि अप्रिय कुराहरू आयो भने कुनै पनि वेला गर्धन समात्न सकिन्छ र समात्न पर्छ भन्ने सोच ठालुहरूमा भेटिन थालेको छ । यहाँ ठालु शब्द होच्याउने अर्थमा हैन समाजका गन्यमान्यलाई जनाउन प्रयोग गरिएको हो । पञ्चायतमा त कारण बताएर नै वाक स्वतन्त्रताको सिमा तोकिएको थियो । यस्ता धेरै सिमा वर्तमान संविधानले पनि तोकेकै छ । अनि बोल्न पाएको भनेर देखाउने कुरा नै के बाँकी रहेको छ र ? घटनाहरूको उदाहरण लिने हो भने पनि अभिव्यक्ति स्वतन्त्रता प्रयोगकोे कारणले प्रताडितहरू अहिले त्यो भन्दा धेरै छन् । 
यो मात्र हैन फलाना पार्टीले आङ्खना पत्रकारहरूलाई यस्तो निर्देशन दियो भने जस्ता पत्रकारहरूको स्वतन्त्रता अपहरण भएका समाचारहरू पनि बाक्लै पाईन्छ । आङ्खना भजने, झोलेहरूलाई पत्रकारको रूपमा पेश गरेर सञ्चार जगत माथि गरेको तानाशाही नपच्नेहरूले बोल्ने कुन स्थान पाएका छन र ? अव त पत्रकारहरू मात्र हैन बुद्धिजीविहरूलाई पनि दलहरू आदेश दिन थालीसके । दलहरूका शिर्ष नेता हैन स्थानीय नेताबाट निर्देशित हुन पनि सौभाग्य ठान्ने बुद्धिजीविका छाप लागेका केहीका कारणले सबैले अपमानको घुँट पिउन परेको छ । राजनीतिकर्मीहरूको सनकमा गरिएको कामले केही हानी गर्ने जस्तो देखिएमा यस्ता पत्रकार तथा बुद्धिजीविहरूलाई आदेश आउने गर्दछ ।
यसरी भक्तशिरोमणीको उपाधी योग्य पत्रकार तथा बुद्धिजीविहरू नेताको सेवामा हाजिर हुन्छन । अनि जनधारण त्यो अनुकुल बनाउन मेहेनत गर्दछन् । यो लामो विगतदेखिको अभ्यास हो जो पञ्चायत कालमा पनि त्यसको विरूद्ध प्रयोग गरिएको थियो । यस्तो हालीमुहाली गर्न पाएको अवस्थामा सामाजिक सञ्जाल प्रयोगकर्ताले यो अनैतिक एकाधिकार तोडिदिएका छन । त्यसैले सवै राजनीतिकर्मीहरू उद्वेलित हुनु स्वभाविक नै हो । 
कुरा फेर्ने र आपैmले गरेको कुरा होईन भन्ने कलालाई प्रचण्ड शैली नाम दिनु अतिशयोक्ति नहोला । अरू भन्दा उनै यस कलामा सिपालु छन । यो प्रचण्ड कै क्षमता हो कि उनी एकै स्थानबाट दाहिने तर्पmकालाई एउटा, सामुन्नेकालाई दोश्रो र बायाँकालाई तेश्रो परस्पर विरोधी कुरा गर्न सक्छन । यति हुँदा पनि काम भने चौथो हुने गरेको हुन्छ । हैसियत सोधेको कुरा निकट भविष्य मै ठाडै अस्विकार गर्ने छन । यसले आफुलाई भावुक बनाएको राग अलाप्ने छन, यो राग सुनेर उनका पृतनाका पत्रकार, बुद्धिजीविहरू अन्य माथि जाई लाग्नेछन । उनीहरूसँग तर्क हुने छैन अनि सामुन्नेकोलाई पनि आफु जस्तै कुनै नेताको पृतनाको सम्झेर ‘तिम्राले पनि यसो ग¥यो’ भनेर जित्न खोज्ने छन । 
यो कला वा क्षमता वर्तमानमा सबैले प्रयोग गर्दैछन् । हरेकका पृतना छन्, को भन्दा को कम शैलीमा । साइवर सेना, साईवर श्याल अनेकौ नाम विपक्षीका पृतनालाई दिने गरिएको छ । अर्थात वर्तमानमा मत्स्य न्याय स्थापित हँुदैछ । जोरजवरजस्तीले वा साम दान दण्ड भेदले सबै पृतनाहरू सबै कुरा आफ्नाको ठिक र अरूको वेठिक भन्ने नजीर स्थापना गर्न लागेका छन् । यिनीहरू यस्तै पृतनाहरूमा अभ्यस्त र आश्वस्त देखिन्छन् । यस्ता प्रचार पृतनाका कुरा पत्याउन जनता तैयार भने छैनन् । अर्थात जति नै परिश्रम गरेपनि पहिले जस्तो कुरा सुनेर मात्र धारणा बदल्न छोडेका छन् जनताले ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper