banner
banner

वातावरण बिनष्ट नगरौं

अधिवक्ता गंगा दहाल–
स्वच्छ सुन्दर स्वस्थ वातावरणमा बस्न हामी सबै चाहान्छौ । सधै स्वस्थ रहन चाहान्छौ ऐस आरामको जीवन गुजार्न चाहान्छौ । बढी भन्दा बढी सुख भोग गर्न चाहान्छौ । जसरी भएपनि यथेष्ट सम्पत्ति कमाउन चाहान्छौ । यसै कारणका बाबजुद  हामि स्वयमनै प्रदुषण भोगीरहेका छौ वातावरण जानी नजानी दुषित बनाइरहेका हुन्छौ । वातावरणलाई  धमिल्याउने काम गरिरहेका हुन्छौं । अव्यवस्थित धुलो धुवाँ युक्त  कल खारखाना ब्यवसाया उधोग संचालन गरेर । होस या बन जंगल बिनास गरेर । अव्यवस्थित धुवा धुलोले हामी माथिको आकाश कति प्रदुषण भएको हुन्छ उदाहरण हामी बीच छ केही समय अगाडि धेरै समय सम्म हामीले हामी माथीको आकाश धमिलिएको पायौं कयौं दिन घाम देख्न नसकेको अवस्था थियो जसका  कारण हामी केहि मानिस अस्वस्थ रयौ कतिले त मृत्यु बरण गर्नु पर्यो । हामी माथिको आकाश अव्यवस्थित वातावरणीय सन्तुलन नभएर हो भन्नमा अत्युक्ति नहोला । सबैलाई थाहा छ वातावरण स्वस्थ भएन भने मानव समाजनै प्रभावित हुन्छ आस्वस्त  हुन्छ तसर्थ मानव  र प्रकृतिलाई सन्तुलन राख्न जरूरी छ । वातावरणलाई संरक्षण गर्दै  वातावरणिय  सन्तुलन कायम राख्नु हामी सबै मानव जातिको कर्तब्य र दाहित्व पनि हो ।  तसर्थ वातावरण स्वस्थ राख्ने प्रतिबद्धता  व्यक्त गर्नु पर्ने हुन्छ । अहिले  शहरी विकासका  क्रममा बढ्दो जन संख्याको चाप र अव्यवस्थित उधोग संन्चालन भैरहेका छन । ब्यवस्थित तरिलाले कसरी चलाउने मुख्य समस्या रहेको छ । बन जंगलको पडानी अनियंत्रित डडेलो अर्को  कारण बनेको छ  वातावरण अस्वस्थ पार्ने । यता तिर पनि राज्यको ध्यान जान जरूरी छ । जनता स्वस्थ राख्नु पर्ने  दाहित्व बोध गर्दै जहाँ जसरी सकिन्छ त्यस्ता कदम चाल्न जरूरी छ  प्राकृतिले दिएका उपहारहरूलाई संरक्षण गर्दै वातावरण स्वस्थ राख्न ।
हाम्रो देशको संबिधाननलेनै प्रत्येक नागरिकलाई स्वच्छ र  स्वस्थ वातावरणमा बाच्न पाउने हक प्रत्याभूत गरेको छ।यश अर्थमा पनि वातावरण स्वच्छ र जनजीवन स्वस्थ राख्ने दाहित्व राज्यको हो । पदूषण युक्त वातावरणले प्राकृतिक चक्रलाईलाई असर पारेको छ जसका कारण अति बृष्ट्टी अनाबृष्टी हुनुका साथै नयाँ नयाँ रोगको निर्माण भैरहेका छन्  नयाँ नयाँ भाइरसको जन्म भैरहेका छन । प्रकृति प्रकोप ब्यहोर्नु परिरहेको छ । वातावरको संरक्षण गर्नका लागि त्यसै अनुरूप लक्षित गरि योजनाहरू तय गर्नुपर्छ । र कार्यन्वयन गर्न कडा नीति ल्याउनु पर्छ । वातावरण दिवसलाई दिवस मात्र मनाएर हुदैन । त्यस दिन । नयाँ कुनै त्यस्तो कुराको थालनी होस  जसका कारण मानव जिवनमा स्वस्थताको अनुभुती होस। यसै पनि कानुनमा वातावरण प्रदुषण वा ह्रासबाट हुने क्षती बापत पीडितलाई प्रदुषणबाट कानुन बमोजिम हक हुनेछ भनेर स्वछ वातावरण हक प्रत्याभूत गरेकै छ । बिकासको गतिमा असर नपरोस् भन्ने हेतु  कतिपय वातावरण मैत्री निति पनि ल्याएको छ । तर निति मात्र ल्याएर हुँदैन कार्यान्वयनको पाटो अबको आबश्यक्ता हो । वातावरण दिवसको शुभकामना ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper