banner
banner

सत्ता स्वार्थको नालीमा डुबे नेताहरू

राजन कार्की - - 
मवादको पनि सीमा हुन्छ । सीमाभित्रको हरेक सवाल उचित मान्न सकिन्छ । जब मवादले सीमा नाघ्छ, त्यो अपराध हुन्छ । नेपालमा राजनीतिक दल र दलका नेताहरूको मवाद अपराध बनिरहेको छ ।
सत्तामा पुग्ने र शासन गर्ने राजनीतिक दलले नै हो । दलका नेताले नै हो । जब दल दलदल बन्छ, नेता नैतिकहीन बन्छन्, तव मवादले सीमा नाघ्घ, सीमा नाघेको मवाद अपराध हुनजान्छ । नेपालको वर्तमान यस्तै अपराधबाट हरेक क्षण प्रताडित भइरहेको छ । दल र दलका नेतालाई सीमावद्ध पार्ने सार्वभौम जनताले हो । जनता यति सोझा र यति विभाजित बनाइएका छन् कि दलहरूको अपराधिक साम्राज्य देशैभरि फैलिएको छ । यसैले त कानुनलाई तर्साइन्छ, न्यायको झाँको झारिन्छ र मवाद बुर्कुसी मारेर अपराधमा रमाउन पुग्छ । नेपालमा मवाद आसुरी शक्ति बनेर जनता र देशमाथि अपराधको वर्षा गरिरहेको छ ।
ॐ । ॐ के हो ? ॐभित्र के छ ? के छैन ? यो रहस्य आजसम्म कुनै ज्ञानीले पत्ता लगाउन सकेनन् । ब्रह्माण्ड समाहित म सारमा सम्पूर्ण छ ।
ॐभित्र मानव कल्याण पनि महत्वपूर्ण पाटो मानिन्छ । तर नेपालका सन्दर्भमा मूल प्रदूषित भएकाले बहाव प्रदूषित छ । मानव कल्याणका नाममा स्वार्थपूर्तिमात्र पन्पिएको छ । कारण कुनै शासक, प्रशासक, नागरिक समाज, अभियन्ता अथवा बुद्धिजीवीले ‘हामी’ भन्नै जानेनन् । नेपालमा धर्म छ, मर्म छ, कर्म छ । यी कुनै पनि मार्गमा ‘हामी’ छैन । जता हेरे पनि म छ र मवाद, आफन्तवादमात्र छ ।
कारण यही हो अविश्वास बढ्नुको । राष्ट्रका हरेक अङ्ग असन्तुष्ट छन् । सडकमा छन् । आस्था र विश्वासमा केही पनि बाँकी छैन । हामी हरेक पल टकटकिरहेका छौं । नाङ्गो छौं र एकले अर्कोलाई नङ्ग्याइरहेका छौं । यसकारण हामी दुःखी छौं । न शासकमा सुख छ, न प्रशासकमा । न शासितमा सुख छ, न ज्ञानीहरूमा । जबसम्म हामीले ‘हामी’ भन्न सक्दैनौं र ‘म’मा सिमित हुन्छौं, कणमा रहन्छौंं, परिवर्तनको परमाणु बन्न सक्दैनौं  ।
ॐ । जन्म, जगत, जीवन र मृत्यु– ॐ अर्थात् सीमाहीन अनन्त...‘म’ को सीमित जीवनलीला त्यो अनन्तसम्म पुग्न सामथ्र्य राख्दैन । तर त्यो मार्ग मान्छेभित्रको ‘म’ को बिकल्पहीन मार्ग पनि हो । पृथ्वीमा अवतरण गर्दा च्याूहाू गर्नु ॐ हो, आूखा चिम्लने स्थितिमा पुग्नु पनि ॐ हो । ॐ को गहिराई ‘ममित्रको म’ ले कहिले नाप्न सक्यो र ? त्यो सिद्धि प्राप्त गर्न नसके पनि मर्ममार्ग पवित्र छ, त्यो पवित्रतामा प्रवेश गर्नु नै प्रेमीले भनेजस्तो मानवीय मर्म मार्गको महात्म्य हो शायद । ॐभन्दा पर केही छ र...? तैपनि प्रत्येक जीव कुनै न कुनै रूपको ‘मभित्रको मु को प्रताडनाबाट मर्माहत छ ।
‘म’ आदि हो कि अन्त, सुरू हो कि मध्य, शान्ति हो कि अशान्ति, सिर्जना हो कि विध्वंश, पाण्डव हो कि कौरव, देवत्व हो कि आशुरी, धर्म हो कि पाप, उज्यालो हो कि अन्धकार, जीवन हो कि मृत्यु, हावा हो कि धुलो ? मैले खुट्याउन सकिरहेको छैन । ‘म’ हाँस्छ, ‘म’ रून्छ । ‘मान्छे’ वाल, प्रौढ, बृद्ध हुन्छ र सकिन्छ तर ‘म’को दबदबा, साम्राज्य समाजमा कायमै रहन्छ । आूखा खोल्दा छ, आूखा चिम्लदा छैन । तैपनि ‘मु लाई ‘म’ नै प्यारो छ । के यही ‘छ र छैनुको झिमिक–झिमिक संसार हो ? यति सुन्दर, यति कुरूप संसारको सिर्जना कसले, कहिले, कुन उद्देश्यका लागि ग¥यो ? त्यो को हो, जो ‘म’भित्र बिराजमान छ र ‘म’ मा जन्मिरहेछ,  ‘म’ मा मरिरहेछ ? ‘म’ को अन्त्य र ‘म’ को आरम्भ, बुझिनसक्नु द्वन्द्वमय छ । भगवान र भक्तरूपी यो भवचक्करमा ‘म’ भौंतारिन्छ र पानीमा चिनी घोलिएझैं घोलिन्छ ।
तैपनि मान्छेभित्र ‘मुमा अहंकारको वास छ । ‘म’ को बास भएकाले मान्छे नासवान छ । ‘म’ र अहंको नालीबेलीको अत्तोपत्तो पाउन सकिन्न । कतै ‘म’ मैमत्ता बनिरहेको छ, कतै ‘म’ अध्यात्मको ज्योतिर्पुञ्ज बनेर धपक्क बलेको पनि देखिन्छ । मानवीयता, करूणता, कोमलता, लगनताका साथ ढुङ्गाको कापबाट रसाएको देख्दा  ‘म’ स्वर्गीय रहेछ जस्तो लाग्छ । जब सुरवीरतामा ‘म’ बहुलाउँछ, बर्बराउूछ, मान्छेलाई कमिला देख्छ र मान्छेको टाउकोमा टेक्छ, ऊभित्रको आवेग, उवाल उर्लेर मानवीयता छेक्छ, त्यतिबेला लाग्छ ‘म’ महिषासुर हो । हावाको एक झोक्का हो, हुण्डरी हो, आउँछ र जान्छ । जीवन जगतमा ‘म’ सबैथोक हो तैपनि ‘मु शून्य हो, केही पनि होइन । ‘म’ केही हो जस्तो, केही पनि होइन जस्तो । मान्छे पुरूषार्थ, अहंकार, जीत र हाररूपी ‘म’ अन्तर्निहित भएर नाङ्गै आउूछ र नाङ्गै जान्छ । ‘म’ भित्र सिर्जना सन्सारको सबैथोक छ, अन्तमा केही पनि छैन ।
मान्छेका रूपमा ‘म’ बीज हो, बीज फुट्छ । एउटै बीजबाट युधीष्ठिरजस्ता धर्मात्मा, धृतराष्ट्रजस्ता विवेकहीन, दुर्योधन र दुशासनजस्ता पापी र विदुरजस्ता ज्ञानी जन्मन्छन् । एउटै बीजमा यति ठूलो अन्तर कसरी सम्भव छ । आत्मा र परमात्मावीचको चमत्कारिक प्रसङ्ग, के यो प्रारव्ध हो ? अदृश्य शक्तिको खटनपटन नभए के हो ? हो भने ‘मभित्रको म’ आत्मा हो, परमात्मा हो र उसैले प्रत्येक ‘म’ लाई सांसारिक जीवनमा चलायमान गरिरहेको छ । ‘मु रनभुल्लमा छ ।
पञ्चतत्वबाट बनेको मान्छे ढुंगामा भगवान, माटोमा मातृत्व देख्छौं । हामी नास्तिक पनि छौं, आस्तिक पनि छौं । नास्तिकहरू समेत कतै शरीर वा मन दुख्दा भगवान पुकार्छन् । अन्तिम आश्रय, अन्तिम अभिष्ठ द्यौराली भञ्ज्याङ्ग हो भगवान । मन्दिर वा गुरूद्वारा, मस्जिद वा चर्च जहा’ टाउको बजार्न पुगे पनि त्यो आस्था हो, मान्छेभित्रको ‘मु मा प्रचूर आस्था देखिन्छ । शायद ‘म’ मान्छेमा विश्वास मर्न दिदैन र त्यो विश्वास हो भगवान । मान्छे प्रकृतिको अति सुन्दरतम् सिर्जना भए पनि ऊभित्र मन परे चाट्ने, मन नपरे थुक्ने चरित्र पनि विद्यमान हुन्छ । ‘म’भित्र समताभाव हुन्न ? फेरि ‘म’ र ‘मान्छे’ किन एकाकार छ ? ‘म’ छ र ‘मान्छेु छ । यति दोहोरो चरित्र भएको मान्छे किन ‘म’ च्यापेर जन्मन्छ ? यसको कारणको रहस्य जान्नु भनेको तारणहार चिन्नु हो, चिन्न ‘म’ अझै असक्षम छ । बैकुण्ठ देख्नु र ‘म’ चिन्नु उस्तै हो कि ? त्यसैले ‘मभित्रको मु– मान्छे काँचो छ, कटमिरो छ, गुलियो–गुलियो, टर्रो, अमीलो छ । स्वाद छ, बेस्वादको पनि छ । रङ्ग छ, बेढङ्गको छ । ‘म’ शिष्ट छ, विशिष्ट छ, क्लिष्ट पनि छ । ‘म’ जति बुझ्यो, बुझ्न झन कठिन छ । मान्छे लौकिक संसार र अलौकिक स्वर्ग बुझ्न खोज्दाखोज्दै सकिन्छ । ‘ मभित्रको म’ मैनवत्तीजस्तो छ, बाल्यो बल्छ, अूध्यारो चिर्दै जान्छ, अव त छ्याङ्ग उज्यालो हुनलाग्यो भन्ने बेलामा मैन सकिएर झ्याप्प निभ्छ, समाप्त ।
प्रकृति घण्टाघरको सुई हो, यही सम ‘म’ हो । समय र प्रकृतिको गतिलाई कसले, कहिले, कहाँ रोक्न सक्यो ? न यी कहिले उल्टो चले । शक्तिपुञ्ज, समय र प्रकृतिमा अदृश्य शक्ति बिराजमान छन् शायद । त्यो शक्तिले ‘म मान्छेुलाई आप्mनै गतिमा निरन्तर परिक्रमा गराइरहेको छ । चौरासी योनी यही हो कि ? समयसँगै ‘मान्छे’ र ‘म’ फुट्छ, उठ्छ, हिड्छ र लक्ष्य नपुग्दै मध्यमार्गमै छुट्छ । ‘भित्रको मु प्रकृति र समयलाई फनफनी फन्को मारेर सकिन्छ । ‘मभित्रको म’ कहिल्यै समयको महिमामय साध्य आरोहण गर्न सक्दैन । मान्छेभित्रको ‘मँमा वाल हठबल, जवानी बाहु बल, प्रौढ परिपक्वता बल, बृद्ध बुद्धि बल त हुन्छ तर त्यसभन्दा पर परमार्थ, परमात्मा बल ऊ आर्जित गर्न कहिल्यै भ्याउँदैन किनकि ‘म’ अपूर्ण छ । त्यसभन्दा अगाडि ‘म’ निर्बल, निस्तेज बन्छ । पञ्चतत्वमा बिलीन हुनपुग्छ । ‘मभित्रको मु को दिशा र दशा यही हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper