banner
banner

हाम्रो जिम्मेवारी के ?

अधिवक्ता गंगा दहाल– -
कोरोनाको महाभारी दिनदिनै बढ्दै गएको छ । संक्रमित र तिनको मृत्युको दर पनि बढेर गएको छ । यो स्थितिबाट बाँच्न र बचाउनका लागि राज्य, जनप्रतिनिधि, नागरिक समाज कति जिम्मेवार भइरहेका छन् ?
महामारीको समयमा एउटा पक्षमात्र जिम्मेवार भएर पुग्दैन । समाजका हरेक व्यक्ति, सरकारसहितको सामुहिक प्रयत्न हुनुपर्छ । सामुहिक प्रयत्नले मात्र महामारीलाई निस्तेज बनाउन सकिन्छ, महामारीबाट पार पाइनेछ ।
नेपालका सन्दर्भमा हामी कति जिम्मेवार ? यो प्रश्न हरेकका सामु खडा भएको यक्ष प्रश्न हो । सामुहिक जिम्मेवारीबाट हामी भागिरहेका छौं ।
बिश्वब्यापी रूपमा फैलिदै गरेको नयाँ भेरियन्टको कोभिड १९ दिन दुई गुणा रात चौगुणा बढ्दै गइरहेकोले उपचार पाउनका लागि आम मानिसले अत्यन्त सास्ती खेप्नुपरेको छ । हाम्रो राष्ट्रिय जनजीवन अस्तब्यस्त बनेको छ । 
कोभिड संक्रमित बिरामीको र मृत्युको संख्या कहालीलाग्दो रूपमा बढ्दै गइरहेको अवस्थामा को कतिबेला संक्रमित हुन्छन्, कसको कुनबेला ज्यान जान्छ भन्न सकिन्न । यो नयाँ भेरियन्टको कोरोना भाइरस अति तिब्र गतिमा फैलिने भएकोलसंक्रमित भैसके पछिको अवस्था झन जटिल देखिएको छ ।
कोरोना संक्रमित बिरामीले अस्पताल भरिभराउ भएको बुझिएको छ । नयाँ संक्रमित बिरामीलाई अस्पतालहरूले भर्ना लिन नमानिरहेकोले सबैको मनमा डरको आँधिहुरी चलेको छ । मनोबैज्ञानिक असर पर्न थालेको छ । 
एकातिर बिरामीहरूको अवस्था नाजुक हुँदै जानु अर्कोतिर अस्पतालहरूले बेड, अक्सिजन बेड र आइसियुको अभाव भएको भनेर बिरामी लिन नमान्नु अस्पतालले लिन नमाने पछि आँखा अगाडिनै बिरामीले मृत्युवरण गर्नु परेको कारूणिक दृश्य कस्तो होला ? त्यो दृश्यले परिवार जनमा परेको चोट झन कस्तो होला कल्पना गर्दा पनि मुटु ढुक्क फुलेर आउँछ ।
यस्तो बेलामा अस्पतालहरूले बिरामी लिन मानेन बेडको अभाव देखाए पछि मानिस बचाउने अर्को बैकल्पिक पाटो खोज्नुपर्ने हुन्छ । अर्को विकल्प भनेको संक्रमित भैसकेपछि घरमानै बसेर उपचारको बिधि अपनाउनु, यो बिधिमा स्वयम् बिरामीले सकुन्जेल आफ्नो उपचार आफै गर्नुपर्ने हुन्छ, कसरी गर्ने त घरमै बसेर उपचार ? यो विषय पनि झन जटिल बन्दै गएको छ ।
यसै सन्दर्भमा मैले वीपी प्रतिष्ठानका मुटु तथा मृगौला रोग विशेषज्ञ प्रा.डा. सन्जिव कुमारले सप्तरङ्ग पत्रिकामा गरेको  कुराकानी हेरेको थिए । यो कुराकानी अहिलेको कोभिड संक्रमित घरमै बसेर उपचार गर्नुपरेको अवस्थामा अत्यन्तै उपयोगी हुने लाग्यो उहाँले दिनुभएका सुझाव यस्ता छन्–
– अक्सिजनको मात्रा कम भए नभएको जानकारी दिने अक्सिपल अक्सो मिटर औलामा च्याप्ने मेसिन हुन्छ यसले अक्सिजनको मात्रा देखाउँछ । कोभिड संक्रमितमा ९५ भन्दा कम देखायो भने अक्सिजनको मात्रा कम भएको मानिन्छ । तर उपचार गर्नुपर्ने अवस्था भने ९२ भन्दा कम भएपछि मानिन्छ । अक्सिजनको मात्रा बढाउने औषधि डेन्सामिटासुन ६ एमजिको औषधि दिन सकिन्छ । ५ एम्जिको ट्याब्लेट दिनको एउटाको दरले १२ वटा ट्याब्लेट खान खुवाउन सकिन्छ ।यो औषधिले मधुमेहका बिरामीलाई असर गर्दछ । यस्ले शरीरमा सुगरको मात्रा बढाउँछ तर  सुगर कण्ट्रोल गर्न सकिन्छ ।
– औषधि प्रयोग नगर्ने हो भने आधा घन्टा घोप्टो परेर सुतेपछि अक्सिजनको मात्रा आफै बढाउन सकिन्छ । आधा घण्टा दाहिने तिर घोप्टो परेर सुत्ने, आधा घण्टा देब्रे तिर घोप्टो परेर सुत्दा अक्सिजनको मात्रा बढाउन सकिन्छ । यसलाई योगको भाषामा प्राउन पोजिसन भनिन्छ । यो सहजै गर्न सकिने विधि हो ।
– अक्सिजन बढाउन योग अभ्यासले ठूलो मद्दत गर्छ । लामो लामो श्वास लिएर छोड्ने अभ्यास गर्न सकिन्छ । यस्ले फोक्सोलाई तन्दुरूस्त राख्दछ । बिहान बेलुका कपालभाती योग अभ्यासले फोक्सोलाई स्वस्थ राख्न मद्दत गर्दछ । फोक्सोले राम्रो काम गर्ने बित्तिकै अक्सिजन कम हुँदैन ।
– शरीरलाई आवश्यक पानीका लागि झोलिलो खानेकुरा प्रशस्त खानुपर्छ । ज्वोरो आए पारासिटामोल औषधि सेवन गर्नुपर्छ । झाडा पखाला लागेमा जीवनजल पिउनु पर्छ । जीउ दुखेमा कोडोमोल भन्ने औषधि सेवन गर्नुपर्छ ।
यति हुँदा पनि एउटा प्रश्न छ– अक्सिजनको मात्रा घट्यो र श्वास फेर्न मुस्किल पर्दै गयो भने अस्पताल जानुपर्छ । यतिबेला अस्पताल जानु भनेको आफूले आफैलाई बाटैमा मार्नुजस्तो हुनपुगेको छ । कारण अस्पतालले भर्ना लिदैन, भर्ना लिए पनि अक्सिजनसहितको बेड पाइन्न । अस्पतालकै ढोकामा पसारो परेका र अक्सिजन नपाएर मान्छेहरू मरेका दृश्य कति छन् कति ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper