banner
banner

बिकृत राजनीतिक परिदृश्य

शाश्वत शर्मा- - 
कोभिड–१९ को महामारीले आक्रान्तलाई राहत, सहायता दिनुको साटो सुखी नेपाली, समृद्ध नेपालको नारा दिने वर्तमान सरकारले आफ्नो र आफूसँग सम्बन्धित एमाले नेतृत्वको प्रदशे सरकरालाई बचाउनु परेको छ । चाहे जुनसुकै हदसम्म गएर होस्, प्रादेशिक सरकारलार्य गिर्नबाट बचाउन प्रम ओली हदैसम्म गिरिरहेका छन् । गण्डकी, लुम्बिनी, प्रदेश १, ३ हरूमा भएका र भइरहेका आवांक्षित राजनीतिक गतिविधिलाई नियाल्दा यो सबै थाहा लाग्छ । आफ्नै पार्टी भित्रका विपक्षीहरू माधव समूह, माओवादी अनि कांग्रेस र जसपाको एउटा चोइटो बाबुराम र उपेन्द्र यादवको समूहलाई प्रतिकार गरी केन्द्र र प्रदेश सरकार जोगाउन प्रयत्न गरिरहेका देखिन्छन् । प्रम ओली फेरि पनि अर्ली इलेक्शनको राग अलापिरहेका छन् । भइरहेका शिलान्यास, उद्घाटन, आश्वासनका बाढी भनेको मध्यावधि चुनावकै लागि हो भनेर दावी गर्नेहरूको लर्को ठूलो छ ।
यसबाहेक बृद्धभत्ता बढाउनेदेखि आगामी वर्षदेखि मजद ूरको न्यूनतम ज्याला बढाउनेसम्मका आश्वासन आइनै सकेका छन् । जनताप्रति कुनै उत्तरदायित्व वोध नभएका ओलीमा आज कोरोनाका कारण मुलुक आक्रान्त छ, के गर्ने भन्नेसम्मको चिन्ता देखिदैन । यही सरकारले अस्पतालहरूले विरामी थेग्न नसक्ने भो भनेर गैरजिम्मेवारी देखाएको छ । ओली र उनको सरकार, समूहसँग न रोगसँग लड्ने आत्मवल छ, न भोक शान्त पार्ने कुनै उपाय । गण्डकी प्रदेशमा नाम चलेका डन दीपक मनाङ्ेलार्य मन्त्री बनाएर, आफ्नो जग हँसाइ गराएर भए पनि आफ्ना विपक्षीलाई ठेगान लगाउने र आफू आत्मरतीमा रम्ने खेलमा छन् ओली । सरकारे कडा किसिमको निषेधाज्ञा जारी ग¥यो, यतिमा आफ्नो दायित्व पूरा भएको ठानेर सत्ता राजनीतिको न्यूनतम धर्म निर्वाह गरिरहेको छैन । जनतालाई संवोधन गर्न नसक्ने सरकार सत्ताको फोहरी खेलमा चुर्लुम्म डुबेको छ । विज्ञहरू कोरोनाको बृद्धिदर विश्वमै उच्च रहेको बताइरहेका छन् । राजधानी काठमाडौं हटस्पट बनिसकेको तथ्य दिनहुँको तथ्याङ्कले देखाइरहेको छ । तर कोरोनालाई रोक्न सरकार उदासीन छ । निषेधाज्ञा र मास्क लगाउ, हात धोउ भनेरमात्र सरकारको जिम्मेवारी पूरा हुन्छ ? दिनहुँ संक्रमित बढेका छन्, उपचार पाएका छैनन्, मृत्युदर बढेको छ । महाविपतले राष्ट्रलाई गाँजीसक्यो । अक्सिजन र उपचार नपाएर जनतामा त्रासदी छ, हाहाकार बढेको छ । सरकारी निकायहरू सबै ठिक छ भनेर जिम्मेवारीबाट पन्छिरहेका देखिन्छन् । यस्तो निर्लज्ज बयानले समस्या समाधान हुन्न । भारतको भयावह अवस्थाबाट समयमै पाठ सिक्नुपर्ने सरकारले सत्तँको छिनाझप्टीमा समय बिताइरहेको छ । प्रतिपक्षी दलहरू, नागरिक समाज र नेताहरू पनि आफ्नो जिम्मेवारी पूरा गरिरहेका छैनन् । देशका कलाकार, बिग हाउस, धनाध्येहरूले पनि उपचार व्यवस्थामा सघाएको अवस्था छैन । समाज र सरकार, राजनीति र प्रशासन सबै संवेदनहीन बनेका छन् । न्यूनतम मानवीयता पनि मर्दे गएको हो देशमा ?
अस्पतालले बिरामी फर्काउने, उपचार नपाउने अवस्थाले संक्रमितहरू छटपटाएर मर्न बाध्य बनेका छन । अब त कोरोना संक्रमण भइहाले पनि अस्पताल नआउनु, घरेमा बसेर निको पार्नु भन्नेजस्तो सरकारी बयान आइरहेको छ । राज्य कति हेपाह, हामी जनता कति निरीह ? सरकार विरोधी एमाले, सरकारका प्रतिपक्षीहरू पनि सत्ताप्राप्तिमा केन्द्रीत देखिन्छन् । एमसीसी पास गराउन कांग्रेस उद्दत छ, प्रचण्ड मेरो पालामा पास गर्नुपर्छ भन्नेजस्ता भित्री खेलमा छन्, जसपा बिभाजित छ, जनताको छटपटी र राष्ट्रिय विपतसँग जुध्ने ठोस कार्यक्रम कसैसँग पनि छैन । हाम्रा जनप्रतिनिधिहरू यत्रो महाविपतमा पनि एक हुनसकेका छैनन् । हरेक ठूला साना नेता सत्ताका लागि दौडादौड गरिरहेका छन् । जनता कुन अवस्थामा छ, जनताको रूवावासी कुनै नेताले देखिरहेका छैनन् । हालै बाँकेमा एकजना कोरोनाका विरामीले स्वास्थ्य सुविधा नपाएर, अझै भनौं राज्यले नहेरेकै कारण आत्महत्या गरे । तर राज्य हुँदै नभएको रिापेर्ट बनाएर आफ्नो सत्रा बचाउन  सांसद खरिदविक्रीको नयाँ ढाँचा देखाउँदै थियो । गण्डकी प्रदेशमा जनमोर्चाका सांसदलाई कोरोनाको विरामी बनाएर आइसीयुमा भर्ना गरेको नाटक पनि देखियो । भनिन्छ मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङ नै यस्तो फोहोरी खेलमा लागेर सत्ता बचाउन पुगेका थिए । त्यो रोग काठमाडौं सिंहदरवारसम्म फैलिसकेको छ । भविष्यमा यस्तो राजनीतिले कस्तो कस्तो चर्तिकला देखाउने हो भन्न सकिदैन । संघीयता र लोकतन्त्र नेपालका लागि कतिसम्म अफापशिद्ध, जनविरोधी देखियो भन्ने कुरा जनताकै प्रतिनिधिहरूले तमासा देखाइरहेका छन् । त्यसो त स्वास्थ्य मनत्री हृदयस त्रिपाठीले कोरोना महामारी निर्मूल गर्न र जनतालाई बचाउन कुनै कसर बाँकी नराख्ने भनेर खोकिरहेका छन् । खोप कहाँबाट कसरी ल्याउने, कुनै निश्चितता छैन । पहिलो डोज पाएका र नपाएकाले कसरी खोप पाउने ? भन्ने विषयतिर सरकारको र विपक्षीको समेत ध्यान जान सकेन । जनस्वास्थ्यमा खेलबाड गर्ने यो कस्तो गणतन्त्र हो ? कस्तो सरकार, कस्ता जनप्रतिनिधि हुन् ?
राजनीति छ । खाली सत्ताका लागि छ । जनता र देशका लागि लाजनीतिमात्र देखिन्छ । यस्तो लाजनीतिलाई जनताले कहिलेसम्म काँध थापिरहने ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper