banner
banner

राष्ट्र बचाउने सवाल

स्वयम्भुनाथ कार्की - -
मुखले सत्ता चाहिएको छैन भनेर फलाक्दै जाने तर सत्ताको निमित्त हमेशा षडयन्त्र गर्ने चरित्रबाट नेपालका नेताहरू कहिल्यै मुक्त भएनन् । कुनै कालखण्डमा यस्तो मनोकांक्षा केही गोप्य राखे पनि हालसालका दिनमा यस्ता मनोकांक्षाहरू ढोल पिटेरै घोषणा गरिने गरिएको छ ।
साखुल्ले राष्ट्रवादी भएर छिमेकी मुलुकले सिमाना मिचेको भन्ने विवादलाई राष्ट्रवादसँग जोडने, कुनै कालखण्डमा भएका सन्धी सम्झौताको विरोध गर्ने यी नेताहरू र तिनीहरूसंग संंवन्धित दलहरूले छिमेकी मुलुकहरू मात्र हैन हरेक शक्तिशाली विदेशी मुलुकको चरण बन्दना गरेको नेपाली जनताले अहिले टुलुटुलु हेरेर बस्न परेको छ । आपैmलाई जनताको मुक्तिदाता भनाउनेहरूको यो चर्तिकला देखेर नेपाली युवा मुलुकको निमित्त काम गर्न छोडेर त्यस्तै विदेशी मुलुकहरूमा करिया हुन दैनिक हजारौंको संख्यामा लामबद्ध हुदैछन ।
सातसाल पछि भएका अनेकौं सत्तालोलुपताका घटनाहरूले नेपाललाई हमेशा पिछडिन बाध्य बनाएको छ । विपी र मातृकाको सत्तामोहजनित मतभेदबाट प्रारम्भ भएको यो प्रतिस्पर्धा किशुनजी र गिरिजासम्मले विकास गरे । नेपालका साम्यवादी दलहरूको त शक्ति र सत्तामोह यतिसम्म देखियो कि आज एउटै सिद्धान्त साम्यवाद अपनाउने दलहरूको गणना पनि दुष्कर छ ।
बलियो नेतृत्वको अभाव सातसालदेखि सत्रसालसम्म टड्कारो रूपमा देखा परेको थियो । राम्रा वा नराम्रोमा जतिसुकै मतमतान्तर भए पनि तीस बर्ष टिकेको पञ्चायत प्रणालीमा सुरूका एघार बर्ष बलियो नेतृत्व थियो । नेतृत्व बलियो थियो भनेर भन्नलाई त्यो लामो समय टिक्नुलाई नै प्रमाणको रूपमा लिन मिल्छ । तर राजा महेन्द्रको स्वर्गारोहण पछि नेतृत्व विस्तारै कमजोर भएर कर्मचारीतन्त्र हावी भएका कारणले नै त्यस व्यबस्थामा धमिरा लाग्न शुरू भएको थियो । जग बलियो भएको कारणले नै ४६ सालसम्म थेगियो । 
जनताको सर्वोच्चताको चर्को वकालत गर्नेहरू जनताले आङ्खनो अधिकार मतपत्र मार्पmत प्रयोग गर्नु पर्छ भन्ने गर्दछन् । तानाशाही भनेको पञ्चायतमा आवधिक निर्वाचन कहिल्यै रोकिएन तर पहिले प्रजातन्त्र र त्यस पछि लोकतन्त्र भनिएको जनताको सर्वोच्चताका व्यबस्थामा हमेशा निर्वाचन टार्ने काम भएको छ । बीसौ बर्ष आपैmले रोकेको निर्वाचन गराउदा आफ्नो पिठ्यूमा आपैm धाप मार्ने लज्जास्पद दृष्य देख्नु परेको छ । त्यो पनि निर्वाचन प्रक्रिया शुरू भएपछि बारम्बार निर्वाचनलाई असर गर्ने काम गर्ने निष्कृष्ट अभ्यास भएको छ । नेपालको इतिहासमा कहिल्यै नभएको अवस्था हुँदा शरमले पानीपानी हुनुपर्ने निर्वाचन आयोग गर्व गर्र्दैछ । 
स्थानीय साधन श्रोतमा स्थानीयको अधिकार स्थापना गर्ने र धेरै कामहरूको अधिकार गाउँ, वार्ड स्तर मै दिने विकेन्द्रिकरण पनि प्रजातन्त्रका ठेकेदार दावी गर्नेहरूको निशानामा प¥यो । विकेन्द्रिकरण आपैmमा असफल भएको नभई दलको अस्तित्वलाई चुनौती भएकाले यसलाई ४७ सालमा खारेज गरियो । विकेन्द्रिकरण असफल भएको थिएन तर यसको शैशव अबस्था मै मुन्टो निमोठ्ने काम भयो । तर यसले तल्लो तहबसम्म प्रत्यायोजन भएको शक्ति र त्यसको मिठो स्वाद चखाई सकेको थियो । अहिले उठेको संघीयता तथा राज्यपुर्नसंरचना हुनु पर्ने कारणको बारेमा त्यसका समर्थकहरूले पनि अधिकारको तल्लो स्तरसम्म प्रत्यायोजन तथा स्थानिय संंसाधनमा स्थानीयको अग्राधिकार नै हो भन्ने गरेका छन् ।
जनता सही अर्थमा अधिकार सम्पन्न हुन भन्ने कुरामा अपवादकोे वाहेक कसैको विरोध नहुनु पर्ने हो । कर्मचारीतन्त्रले मुलुक हाँकेको अवस्थामा यो कुरा कर्मचारीतन्त्र तथा दलका मठाधीशहरूलाई अपाच्य हुन्छ र भयो । अहिले त्यही खोसिएका मध्येका केही अधिकार पुनःर्वहाली गरेर सिहदरवार घर आँगनमा भन्ने नारा दिएको छ । यो कत्तिको सही छ भन्ने कुरा त जनताले भोगिरहेकै छन् ।
निर्वाचनको सामना गर्न आपैmलाई प्रमुख राजनैतिक शक्ति हुँ भन्नेहरू अक्षम भइरहेका छन् । एक अर्कामा बाझिने निर्णय सरकार संचालकहरूबाट भई रहेको छ । यसरी लक्ष विहिन कार्यक्रम आउनु नै कर्मचारीतन्त्र हावी भएको उदाहरण हो । निर्वाचन प्रक्रियाको बीचैमा सरकार छोड्ने वा मैले सत्ता पाउनुपर्छ छोड भन्नु कुनै न कुनै कुत्सित स्वाथ्र्य पुरा गर्न लालयितले देखाउने छुद्रता सरहको काम हो ।
यसले प्रमाणित गर्छ कि सत्ता र शक्तिको आकर्षणले सबैलाई तानेको छ । जो सत्तामा छ त्यो आफ्नो वर्चश्व कायम नै राख्न चाहन्छ, र जो सत्ता वाहिर छ त्यो सत्ता सुन्दरीको सहवास पाउन व्याकुल छ । यसको निमित्त एक अर्कालाई धम्क्याउने गर्दैछन् । कुनै न कुनै राजनैतिक शक्तिको नजिक भएर आफ्नो हलुवा माडा चलाएका समाजका प्रवुद्ध वर्ग भनाईनेहरू आआफ्नो पक्षको कुरा न्यायोचित हो भनेर सावित गर्ने होडमा लागेका छन् । यस्ताले मुलुकलाई निकास दिने कुरा सम्भव कसरी होला ? सत्र सालमा यस्तो अराजकता रोकेर राष्ट्र बचाउने काम भएको थियो । ४६ पछि त्यही मन्छाएको भूतले राष्ट्र नै विखण्डनको संघारमा पुगेको छ । यो कुरा परिवर्तनकारी शक्ति भनिएकाकै मुखबाट सुनिने गरेको छ । प्रतिगामी भनिएकाहरू त अभैmपनि मुलुक बचाउने ल्याकत, तागत र हौसला राख्छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper