banner
banner

अमेरिकाले ८५ लाख डलर किन दियो

काठमाडौं । अमेरिकाले नेपाललार्ई कोरोना भाइरस विरूद्ध लड्नका लागि थप ८५ लाख अमेरिकी डलर सहयोग गरेको छ । अमेरिकी दूतावासले गत शुक्रबार विज्ञप्ती जारी गर्दै सहयोग नियोगमार्फत रकम उपलब्ध गराउने घोषणा गरेको हो । यो रकम कोरोना परीक्षण, संक्रमित पहिचान, केसको अनुसन्धान, उपचार, संक्रमण रोकथाम र नियन्त्रण, सीमा नियन्त्रण र अन्य संघीय, प्रादेशिक र स्थानीय तहका लागि सहयोग गर्न लागेका हौं’ विज्ञप्तीमा भनिएको छ ।
अमेरिका स्वयम् कोरोनाबाट पीडित मुलुक हो । अहिले बिस्तारै कोरोनालाई जितेर अघि बढिरहेको अमेरिकाले नेपाललाई दिनुपर्ने सहयोग कोरोना विरूद्धको खोप थियो, तर दियो नगद । किन ?
पत्रकारसँग अमेरिकी दूतावासकी प्रवक्ता अन्ना रिचे एलेनले भनेकी छिन्– राष्ट्रसंघको खोप आपूर्ति कार्यक्रम कोभ्याक्समा अमेरिकाले २ बिलियन डलरको प्रतिबद्धता जनाएको र थप २ बिलियन डलर सहयोग हुन लागेको छ । हामी नेपालसँग सहानुभूति राख्छौं । उपलब्ध हुने वित्तिकै अमेरिकाले अस्टाजेनेका खोप वितरण सुरू गर्ने समेत उनले जनाएकी छिन् । तर अमेरिकामा यो खोप भण्डारण भएको थाहा पाएपछि नेपालले खोप उपलब्ध गराउन पत्र लेखेको बताइन्छ । तर अमेरिकाले नगदैका ठाउँमा नेपाललाई खोपको प्रवन्ध गरौं भने सक्छ, नेपाल सरकार नगद सहयोगमा किन रमायो ? यो आश्चर्यको घटना हो । यद्यपि अमेरिकाको सबै सहयोगको स्वागत छ । यतिबेला नेपालीलाई बचाउने बेला हो भन्ने कुरा महामहिम राजदूत ¥याण्डीबेरीलाई थाहा छ, उहाँले नेपाललाई खोप दिलाउनेतिर अग्रसरता लिएर मित्रता र मानवीयताको धर्म निर्वाहको अपेक्षा बढी छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper