banner
banner

बलात्कार कसरी रोक्ने ?

देवी काफ्ले - - 
दैनिक रूपमा घट्ने बलात्कारजन्य घटनाहरू कतिपय लुकाईन्छ समाजमा ईज्जतको डरले । कतिपय टोलछिमेकमै पन्चायती गरेर टुङ्गोमा पुर्याईन्छ ।
अनि केही घटना समाजबाट बाहिरिन्छ प्रहरीमा पुग्छ, प्रहरीले जाहेरी लिन एथेष्ट प्रमाण नपुगेको भनी फर्काईन्छ । केही जाहेरी लिईसकेपछि अनेक प्रश्नका वर्षा हुन्छ अनि पैसाबिटोमा मिलापत्र गराइन्छ र छोडिन्छ । थोरै मात्र घटना प्रहरी हुँदै अदालत पुग्छ । अदालतमा बहस हुन्छ समयमा फैसला हँुदैन । भएपनि कडा कारवाही भएको थाहा छैन ।
यी माथिका प्रकृयासम्म पुग्दा बलात्कार पिडिताले कतिपल्ट, कसरी बारम्बार बलात्कार भैरहनु पर्छ, हामीले कहिल्यै ख्याल गरेका छौं ? यो अमानवीय रोग कहिलेसम्म नारीले सहिरहनु पर्ने ?
छैन, ख्याल गर्नु पनि छैन । किनकी यहाँ बच्ची, युवती, बृद्धा जो भए पनि ईज्जतको साढे तीन अक्षरको जिम्मा तिनै महिलाले काँधमा बोकेर हिड्नुपर्छ । घरमा आफन्तबाटै बलात्कार हुँदा पनि इज्जत जान्छ घटना बाहिर निकाल्नु हुँदैन भनेर गुपचुप राख्ने प्रयास गरिन्छ । पीडक त केही नभए जसरी सामाजिक प्रतिष्ठा बोकेर हिड्छ तर पिडितको अवस्था कुण्ठाले भरिन्छ सम्भवतः आत्महत्या सम्म गर्नुपर्छ नारीले । यो भारी पुरूषले किन अनुभूति कहिल्यै गर्दैन ?
समाजले टुङ्गो लगाएका घटनाबाट बिक्षिप्त हुँदै आत्महत्या गरेका घटना पनि यथेष्ट छन् । समाजको अग्रगमन यसरी कहाँपुग्छ होला ?
मैले जोड्न खोजेको प्रसंग यहाँ के हो भने– बालका, युवती जब शारीरिक बलात्कृत हुन्छे अनि उसलाई पाईलापिच्छे शाब्दिक बलात्कार किन गरिन्छ ?
प्रहरी प्रशासनमा पुग्दा प्रहरीले नै पिडकलाई होईन पिडितलाई नै पटक पटक कहाँ, कसरी, किन, कतिबजे बलात्कार भयो भनेर जोरसँग सोधिदिन्छ । बलात्कार हुँदा घडिपला हेरेर बसेको भए घटना घट्ने थियो होला त ? अनि कतिपय घटना प्रहरीकहाँ पुग्दा प्रमाण नपुगेका भन्दै जाहेरी बुझ्दैनन् अनि बलात्कार पीडितले जाहेरी दिंदा बुझाउनु पर्ने यथेष्ट प्रमाण के हो ? राज्य किन असंवेदनशील छ ?
जब अदालतमा पुग्छ अनि शुरू हुन्छ फेरि शाब्दिक बलात्कारको श्रृंखला । जब आफन्तबाटै बलात्कार भएकी बालिका हुन्छे उसले कसरी बयान दिन सक्छे ? आफ्नो झड्केलो बाउले बलात्कार गरेको एउटा केश देखें । बालिका पूर्ण स्वस्थ्य पनि थिइनन् जब कठघरामा उभ्याइयो उनी डरले कापी रहेकी थिइन् । यस्तो अवस्थामा बिपक्षी वकिलहरूका प्रश्नका बर्षाले त्यो नानीको हालत कस्तो होला ? पैसाका लागि या पेशा धर्मका लागि लडेका वकिलहरू जब बलात्कार प्रमाणित नगराउने हेतुले बहस गर्छन् पिडितबाट कुनै  प्रमाण साबित नहुने देखे पछि उसको चरित्र अनि उसकी आमाको चरित्रमाथि धावा बोल्छन् । आखिर बालिका महिला कतिपल्ट बलात्कृत हुने ? शारीरिक बलात्कार त कुनै गोप्य ठाउँमा हुन्छ तर शाब्दिक बलात्कार भरि सभामा चिच्याइ चिच्याई हुन्छ । कहाँ, कहिले, कसरी, कति समय, कतिबजे, माथि तल ! लाग्छ त्यहा श्रब्यदृश्यका सारा प्रमाण पेश गर्नुपर्छ । एक त लज्जाको कारण बोल्न सक्दैनन् फेरि अर्को खुलेर बोल्यो भने आफ्नै चरित्र ठिक रहेनछ भनेर थप आरोप लाग्छ ।
समयमा फैसला हुँदैन । दोषीलाई न लाज, न शरम खुलेआम हिड्छ तर पीडितले समाजमा मुख देखाउन सक्दिन । तत्पश्चात आत्महत्याको बाटो रोज्छे ।
बिडम्वना त के छ भने यहाँ पिडकलाई बचाउन हरसम्भव प्रयास गरिन्छ । जसरी हुन्छ गाईको गहुँत छर्काउने कोसिस गरिन्छ । अझ राजनैतिक संरक्षण गरिन्छ । अनि एउटी अवलाको अस्मितालाई राजनीतिकरण गरिन्छ । दलीय बिचारधारा मिल्यो भने स्वयं पार्टीका महिलाले समेत पिडितलाई नै गलत ठह¥याउने प्रवृति हुन्छ । लोकतन्त्रमा यो जंगलीपन कहिलेसम्म सहिरहने ?
हामीमा किन मानवियता म¥यो ? संवेदना भन्ने चिज कता हरायो ? के पीडित सधैं पीडितै भएर बाँच्नु पर्ने हो ? कानून बन्यो, ंसबिधानमा लेखियो, महिलालाई पर्याप्त अधिकार दिइयो तर कार्यान्वयन अझ किन फितलो भइरहेछ ?
न्यायका लागि पिडितलाई बोकेर केही अधिकारवादीहरू सडकमा नारा त लाउँछन् तर सबैले गन्तब्यमा पुर्याइदिन्नन् । यहाँ पनि राजनीति नै हुन्छ ।
शारीरिक बलात्कार पुरूषले गर्छ अनि त्यो पीडकलाई साथ दिने महिला पनि अपराधी हैन र ? महिला अधिकारकर्मी पीडकलाई दण्ड दिन किन अघि सर्दैनन् ?
वास्तवमा यहाँ महिला मात्रै बलात्कार पिडित छैनन् । पुरूष पनि पीडामा छन् । जसको छोरीको बलात्कार हुन्छ, जसको दिदीबैनीको बलात्कार हुन्छ त्यो पुरूष पीडित हैन र ? भन्दा हामी समग्र पुरूषलाई चोट लाग्ने गरि भन्छौं तर त्यसो होईन, अपराधीले अपराध गर्छ अनि आफ्नो लालाबाला पिडित हुँदा त्यो पुरूषले यी दोष कसरी सहन्छ ? हामीले कहिल्यै बिचार पु¥याउदैनौ ।
अपराधी अपराधी हो, उसको न जात, न लिङ्ग, न धर्म, न भूगोल हुन्छ । अपराधीका लागि कडा भन्दा कडा सजायंको माग राखौं समग्र सबै मिलेर ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper