banner
banner

राजनीतिवाज र जनता एकै होइनन्

स्वयम्भुनाथ कार्की- - 
हुन त सबै नीतिहरूलाई नियन्त्रण गर्ने नीति भनेर राजनीतिलाई हमेशा सर्वोच्च स्थान दिईने गर्दछ । कर्तव्य र जिम्मेवारीले बाँधेको राजनीति वास्तव मै सबै नीति भन्दा सर्वोच्च हुन पनि सक्छ । तर जव राजनीति निरंकुश हुन्छ, अर्थात त्यसलाई सहि बाटोमा डो¥याउने कुनै शक्ति रहँदैन तव यो भन्दा छुद्र नीति अरू कुनै हुँदैन । राजनीतिमा लिप्त भएकाहरू अधोषितरूपमा आफुलाई इश्वर, परमेश्वर, परमात्मा नै ठान्न थाल्छन् । निरिह जनता चाहे असमर्थताले होस वा अज्ञानताले उनीहरूको यो दावीलाई सत्य मान्न थाल्दछन । अनि यसको परिणाम हमेशा जनताको दुर्भाग्यका रूपमा आउने गर्छ ।
अधिकांश विश्वका भयंकर नरसंहारहरू यहि राजनैतिक नेताहरूको छुद्र स्वाथ्र्यको परिपुर्ति गर्ने कामको निमित्त भएका छन् । जनसाधारणको सामान्य जनजीवन मृत्युजस्तो कष्टकर नेताहरूको कै सत्तामोहले भएका छन । गाँउलेहरू , आफन्तहरू अझ एकै परिवार भित्रकाहरू बीच काटाकाट मारामार नेताहरूको तुच्छ स्वाथ्र्यको निमित्त भएको छ । अलग अलग नेताहरूको स्वाथ्र्यको निमित्त एक अर्काको रगतको प्यासो बनेका जनताले माथी फर्केर हेर्ने हो भने देख्नेछन्– उनीहरू बीच त कुनै प्रकारको वैमनश्य नै छैन । केवल आफ्नो वल अर्कोलाई देखाउन हजारौ लाखौ जनताको सुख चैन, ज्यान समेत होम्न तैयार भएका हुन्छन् ।
महेन्द्र सरकारले मनसा, वाचा, कर्मणा नेपाली नेपाली एक हुन भन्ने स्थापित गराए । शोषण रहित समाजको श्रृजनातर्पmको यात्रा शुरूगरे । स्वभाविक शोषणको कारण जनतालाई जातिय तथा साम्प्रादायिक  रूपले बाँड्नु हो यसले एक नेपालीले अर्को नेपालीलाई पराई देख्छ । अनि शरू हुन्छ बलियाले निर्धोलाई गर्ने थिचोमिचो । धनी गरिव बीचको शोषक र शोषितको सम्वन्ध पनि यही साम्प्रदायिक सदभावको अभावले हुन्छ भनेर २०२० साल भाद्र १ गते जारी भएको मुलुकी ऐनमा कुनै किसिमको विभेद गर्ने कामलाई दण्डनिय बनाए । तर उनी पछि उनको पदचिन्ह पछ्याउने उत्तराधिकार नेपालले पाएन । त्यसैले आ–आफ्नो ‘भोट ब्यांक’ बनाउन नेपाली नेपाली बीच भेदभाव वर्तमान संविधानसम्मत बनेको छ ।
जव आफ्नो शक्ति अर्कालाई महशुस गराई सक्छन, आफ्नो वेअर्थी कुराको निमित्त केहीको रगत बगाई सक्छन  त्यसपछि हुन्छ वार्ताको नाटक । लचिलो बनेको बहानामा जे सपना देखाएर जनताको रगतको होली खेलिएको थियो त्यो बहाना नै हराउँछ । जनता फेरी अर्को पल्ट रगतको होली खेल्न आउन भनेर क्षतिपुर्ति रकम तोकिन्छ । अनि त्यसको परिवार आफ्नो प्रियजनको प्राणको मोल वापत त्यो रकम बुझेर आँसु पुछ्दै छेउ लाग्छ । यस्तो खेल खेल्दा ज्यान गुमाउने दुवै पक्षकाहरू जनता नै हुने गर्दछन् । नेताहरू त हमेशा सुरक्षित नै रहने गर्दछन्, सुरक्षित मात्र हैन एक अर्काको न्यानो माया पनि पाउने गर्दछन् ।
यदि कतै जनताको असन्तोष प्रकट हुन थाल्यो भने त्यसले कालान्तरमा नेताहरूको र जनताको अलग वर्ग रहेछ भन्ने चेत नपलाओस् भनेर कुनै नेता त्यसको नेतृत्व गर्ने र कुनै नेता त्यसको विरोध गर्ने अभिनय शुरू गर्छन् । जनता पनि हाम्रो असन्तोषलाई नेतृत्व गर्न कोहि त आयो भनेर मख्ख पर्छन् ।  विस्तारै त्यो असन्तोषलाई मोडेर नेता वर्गले आफ्नो हितमा प्रयोग गर्छन् । यो नेपालको मात्र हैन सम्पूर्ण तेश्रो विश्वको कटु वास्तविकता हो । यो हुनसक्ने दूरदर्शी महेन्द्रले आधाशताब्दी पहिले नै देखेर नेपाली नेपाली एकै हौ भन्ने अभियान शुरू गरेका थिए ।
दुखको कुरा यसलाई वीरेन्द्र सरकार अतिनै सरल भएकाले अगाडी बढाउन सकेनन अरूलाई नै जिम्मा दिए । यहि कुरा बुझाउन राष्ट्रयोगी नरहरीनाथले ‘छाता आपैm ओढ्नु पर्छ’ भनेकोलाई राजद्रोह जस्तो मानियो । राष्ट्रवादले ओतप्रोत साधनाले देदिप्त्यमान योगीको विकल्पमा नेपाली बाबा प्रस्तुत गर्ने दुष्प्रयासको फल राजा, मुलुक अनि जनताले भोग्नु परेको छ । संसारका तत्कालिन दिग्गजहरूलाई समेत आफ्नो महत्व जनाउन सफल महेन्द्रले मुलकलाई सक्षम उत्तारधिकारी दिन सकेको भए नेपाल अहिले साँच्चै नै बुद्धको मुलुक भएको जिम्मेवारी पुरा गरेर विश्व शान्तिको केन्द्र बनेको हुनसक्ने थियो । 
वर्तमानमा त जनतालाई आङ्खनो महत्वाकांक्षको यज्ञमा होम गर्ने राजनीतिवाज र निरिह जनताको रूपमा नेपाली विभाजित छन । स्वेच्छाचारी राजनीतिवाजहरू कतिसम्म हृदयहिन छन भने भुइचालो जाओस्, बाढी आओस्, पहिरो जाओस् वा आगोले खरानी नै पारोस् उनीहरूलाई असर गर्दैन । कैयौ टन खाद्यान्न पिडितको निमित्त आएको हुन्छ त्यसलाई सडाएर पुर्न सक्छन् पिडितसम्म पुग्न दिदैनन् । बाढीले सबै बगाएर, खाद्यान्न खान अयोग्य बनाएर भोकै बसेकालाई जनही ७० रूपैयाँ नगद दिने घोषणा गरेर कार्यकुशलताको प्रमाणपत्रको आशा गर्छन् । जनता अव जाग्नै पर्छ 
नेताको नाममा खोल ओडेकाहरूको उन्मूलन गर्न नत्र आपैm सखाप हुनेछन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper