banner
banner

जनउत्साह किन आएन ?

शाश्वत शर्मा- - 
सबैलाईथाहा छ कि गणतन्त्र भनेर चिनिने अहिलेको यो भाँडतन्त्र आफ्नो अन्तिम विनदुमा पुगेको छ । यसपछि के हुने त ? यस विषयमा अन्यौल कायमै छ । यो शासन पद्धति त टिक्दै टिक्दैन, यसमा कुनै शंका रहेन । तर यसपछि कस्तो शासन प्रणाली ल्याउने ? यसबारेमा प्रश्न जारी छ ।
त्यसो त ०४७ को संविधानको पुनस्र्थापना गराउनु पर्छ भन्ने माग बहुसंख्यकको भए पनि त्यो मार्गचित्रतिर सम्बन्धित सरोकारलाहरू नै हिडेको देखिदैन । होला, केही समय अघि देखि गरिदै आएको ¥याली, आमसभा, धर्ना आदि जस्ता कार्यक्रमहरूले केही दबाब त सिर्जना भएको हाला । त्यतिले केही नुहेन स्पष्ट भइसक्यो ।  गत शनिवार पनि काठमाडौंमा ०४७ सालकै संविधान लागू गर्नुपर्छ भनेर केही दिनदेखि प्रचार प्रसार गर्दै आएको एउटा समूह सडकमा आयो । अहिलेको कालमा राजतन्त्रका लागि त्यत्तिको मानिसहरू उपस्थिति हुनु ठूलै कुरो हो । व्यापक रुपमा आएका थिए मानिसहरू । त्यो भेला भयो, भाषण गरियो, सकियो । मानिसहरू आआफ्नो घर फर्किए । केही छापाहरू, केही टीभी अनलाइनले समाचार पनि दिए, हल्ला भयो सकियो ।
राजनीतिक विश्लेषकहरू भन्छन्– तिले परिवर्तन हुँदैन । ठूलै धक्का दिनुपर्छ । मक्किसकेको छ लोकतान्त्रिक नाममात्रको पद्धति, यसलाई धक्का दियो भने ढल्छ, सुधार आउनसक्छ । जसरी ०४६ र ०६२ को आन्दोलन विदेशीको चासो, लगानीमा भएको थियो, त्यसैले हिंसात्मक भयो र तर्साएरै राजतन्त्र किनारा लाग्यो, परिवर्तन आयो । अहिले जे भइरहेको छ, त्यस्तो आन्दोलनले परिवर्तन हुनसक्दैन । सडकमा राजा आउ देश बचाउ भनेर न राजा आउन सक्छन्, न देश बच्न सक्छ । सडकमा एकाध घण्टा नारा लगायो, घरतिर फक्र्यो, सत्तावादीले सुने, बिर्सिए । यस्तो नरम खालको आन्दोलन कहिलेसम्म गरिरहने ?
यतिबेला सामाजिक सञ्जालहरूमा एउटै प्रश्न छ– राजतन्त्रवादी, हिन्दुवादीहरू एउटै ठाउँमा एउटै स्वरमा किन आन्दोलित हुनसक्दैनन् ? आश्चर्य छ ।
प्रश्न जतिसुकै गम्भीर भए पनि झण्डै सयभन्दा बढी राजनीतिक दल र राजावादी, हिन्दुवादी संगठनहरू आ–आफ्नै डम्फु बजाइरहेका छन् । टुक्रा टुक्रामा विभाजित भएर केही हुन नसकेको हो । लक्ष्य एउटै छ, उकले अर्कोको अस्तित्वलाई स्वीकार्दैनन् किन ? त्योभन्दा म के कम ? भन्ने अहं छ राजतन्त्रवादीहरूमा । चाकरी र चाप्लुसीको प्रचलन अहिले पनि जारी छ यिनमा । यिनमा व्यक्तिगत लाभ लिने स्वार्थ अझै पनि हावी देखिन्छ । जो ठालू हो त्यसले अरूभन्दा बढी लाभ लिने जमर्को गरेकै छन् । लक्ष्य एउटै भए पनि समानताको अभाव छ । यस्ता संस्थाहरूका बीचमा यस्तो छ भने पूर्वराजाको स्वर कतै सुनिन छाडेको छ । यस्तो स्थितिले रनभुल्लता झन झन बढेर गएको छ । पर्व पर्वमा आउने सन्देशमा जनताले चाहेमा भन्ने शब्द देखिन्छ, त्यो भनेको के हो ? जनताले नचाहेको भए सडकमा राजा आउ देश बचाउ भन्ने नारा कसरी लाग्थ्यो ? हो, यही भएकाले यस्ता नारा लगाउनेहरू रनभुल्लमा छन् । राजतन्त्रवादीहरूको आन्दोलनलाई लूटवादीहरूले महत्व नदिएको पनि यही कारणले हो । जानकारहरू भन्छन्– जबसम्म पूर्वराजा जनतासामु स्पष्ट हुँदैनन्, तबसम्म राजावादीले जतिसुकै चिच्याए पनि कसैले सुन्नेवाला छैन । पूर्व, पश्चिम, उत्तर, दक्षिण सबैले साथ दिए रे, त्यतिबेला पनि पूर्वराजा स्पष्ट हुन जरूरी पर्छ नै । कोही पञ्चायती, कोही ०४७ को संविधान चाहियो भनिरहेका छन्, कोही सांस्कृतिक राजा भन्छन् त कोही टिटुलर हेड ? कस्तो राजतन्त्र चाहिएको हो, त्यो स्पष्ट छैन । अर्काथरि पहिलो हिन्दुराष्ट्र भन्ने पनि छन् । लक्ष्य त हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्र नै हो तर पुग्ने कसरी ? बाटो देखाउने, नेतृत्व लिने कसले ? स्पष्ट अवधारणा र एकत्रित शक्तिको अभाव छ ।
राष्ट्रिय मुद्दा यसरी असरल्ल परेकैले गणतन्त्र छाडा भइरहेको छ । लूटतन्त्र यसको विशेषता हो । दुई तिहाइको सरकारसमेत चलेन । संविधानले कामै गरेन । जनतामा नैराश्यता र उदासीनता बढेको छ । विश्वासको संकट बढेको छ । यस्तो सुवर्ण अवसरमा पनि राजतन्त्र र हिन्दुवादीहरूले डाँफेको बेग देखाउन सकेनन् । हातो तात्यो, पिंध तात्न सकेन । एउटै लक्ष्यकाहरू न एक ठाउँमा आए, न ल्याउन सकियो । गणतन्त्र नामका छाडा साँढेहरूलाई गतिलो धक्का दिन नसक्नु भनेकै यी छरिएर गरिएको आन्दोलन हो ।
मित्रराष्ट्रहरू, आमनेपाली राजतन्त्रसहितको लोकतन्त्रमा खोजिरहेका छन् । यो खोजमा सघाउ पु¥याउने वातावरण कसले बनाउने ? आमनागरिक राजतन्त्र स्थापनाका लागि तैयार छन् । यसको मुख्य कारण सम्बन्धित व्यक्ति स्पष्ट हुन नसक्नु हो । मुख्य व्यक्ति स्पष्ट भएको अवस्थामा सयौं संस्थाहरू रातारात एक हुनेछन् । यो जनतामारा, देशघातकहरूले चलाएको तन्त्र एकाएक कम्पित हुनपुग्नेछ । जबसम्म स्थिति स्पष्ट हुनेछैन, तबसम्म देशले यही अपराधिकरणलाई बेहोरिरहनु पर्ने छ । गत शनिवार माइतीघर मण्डलामा आयोजित संयुक्त राष्ट्रिय नागरिक आन्दोलनले वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र तथा राजतन्त्रको पुनस्र्थापनाका लागि फेरि एकपटक राम्रो सुरूआत गरको छ, यस्ता आन्दोलन देशका विभिन्न भागमा भएका छन् भइरहनेछन् तर पनि मुख्य सरोकारवालाको खुलस्त कुरा जनतामा नआएसम्म सम्पूर्ण पक्षधरहरू एक ठाउँमा आउने छैनन् । तबसम्म आमजनमा उत्साह आउने छैन, सत्य यही हो । 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper