banner
banner

राजनीति नै राष्ट्रघाती

दीर्घराज प्रसाई–
एकपटक रूसका शक्तिशाली राष्ट्रपति स्टालिनले आफ्नो सहायक खु्रस्चोबलाई छेउमा राखेर हजारौं मानिसहरूको उपस्थितिमा कडा भाषण गरिरहेका थिए । त्यो भाषणमा जनताको ठूलो उपस्थिति थियो । यसरी जनताको आकर्षक र समर्थन देखेर खु्रस्चोबले भनेछन्– ‘तपाईसँग जनताको कति ठूलो समर्थन छ, हेर्नुहोस्–जनताको कत्रो भीड ? तपाईलाई रूसका जनताको ठूलो समर्थन छ, यी जनताले कति मायाँ गर्दा हुन्’ भनेर स्टालिनलाई भन्दा स्टालिनले तुरून्तै जवाफ दिएछन्– ‘भोलि मलाई झुण्ड्याइयो भने यो भन्दा चौखण्ड ठूलो भीड लाग्छ’ । 
वास्तवमा स्टालीनको मृत्यू भएपछि तिनैं खु्रस्चोब थिए स्टालीनलाई अनेकौ कृत्रिम आरोप लगाएर जनताको सामू भित्रभित्रै वदनाम गर्ने । यी सबै कुराको यथार्थता बुझ्न पछि खु्रस्चोब सत्तामा आएपछि स्टालीनको लास चिहानबाट झिेकेर स्टालीन रूसको हत्यारा हो, भनेर शहर घुमाइएको थियो । २०६३ सालपछिको आन्दोलनले नेपालको राष्ट्रियता, प्रजातन्त्र र राष्ट्रका मूल्य र मान्यताहरूलाई सुदृढीकरण गराउँदै देश अगाडि बढ्छ भन्ने जुन विश्वास थियो त्यो सबै तुसारापात हुनगयो । नेपाल अहिले ठूलो संकटमा फसेको छ । २०६३ सालको आन्दोलनको कारक २०४७ साल पछिको कांग्रेस र एमालेको कुशासनकै परिणति थियो । कांग्रेस र एमालेको कुशासनबाटै माओवादी विद्रोह जन्मियो । २०५९ सालपछि माओवादीलाई भारतले आफ्रनो पक्षमा लियो । त्यसैबाट देश वरवाद हुन पुगेको हो ।
नेपालमा बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि २०४७ सालमा कृष्णप्रसाद भट्टराई अन्तरिम प्रधानमन्त्री बने । कृष्णप्रसाद भट्टराईको नेतृत्वको सरकारले लगभग सात महिनाभित्रमा राजा वीरेन्द्रबाट नेपाल अधिराज्यको संविधान घोषणा गराउन सकेकोको थियो । २०३३ सालपछि नेपाली कांग्रेसका संस्थागत नेता बीपी कोइराला नेपालको राष्ट्रियता र राजतन्त्रका समर्थक बनेपछि र २०६३ सालपछि नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रबीचमा समन्वय र संतुलन गर्ने बाटो अवलम्वन गरेकाले राष्ट्रियताको सवालमा विवादको घेरामा परेनन् । त्यहीकारण कृष्णप्रसाद भट्टराई सँधै स्मरणीय छन् । 
आमनिर्वाचन २०४८ पछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेर देशको प्रशासकीय व्यवस्थालाई भ्रष्ट बनाए र हरक्षेत्रलाई राजनीतिककरण गरेर लुट मच्चाए । २०५१ सम्ममा १२ वटा संस्थान र उद्योगहरू करोडौं कमिसन खाएर बेचे । बोइङ्गकाण्ड, धमिजाकाण्ड, लाउडाकाण्ड मच्चाएर छोरी सुजाता जोष्ठको नाममा देशको टाठ पल्टाए । कम्युनिष्टहरूलाई दबाउने नाममा माओवादी विद्रोह उठाए । पटक–पटक अनेकौं षडयन्त्र गरेर देशलाई बन्दकीमा राख्न सक्रिय भइरहे गिरिजादेखिका नेताहरू ।
नेपालमा माओवादी विद्रोहले आतंककारी बाटो लिन लागेपछि भारतीय गुप्तचर संस्थाले बाबुराम भट्टराई मार्फत प्रचण्ड लगायत माओवादीहरूलाई तालीम दिएर सुरक्षकासाथ भारतमा नैं राखियो । माओवादीको आक्रामक व्यवहारबाट त्रसित भएर वहुमतमा रहेको कांग्रेसका प्रधानमत्री शेरबहादुर दउवा आफैले २०४७ सालको संविधान अनुसार १२७ धारा प्रयोग गरेर राजालाई सत्ता बुझाएका थिए । राजाले देशको कार्यकारिणी अधिकार ग्रहण गरिसकेपछि कांग्रेसका गिरिजाप्रसाद र एमालेका माधव नेपालले राजाबाट प्रधानमन्त्री नपाएपछि माओवादीसँग मिलेर राजासँग प्रतिशोध राखेर मिल्न पुगे । 
भारतीय कांग्रेस (आई) ले नेपाललाई आफ्नो प्रभावक्षेत्र बनाउन माओवादी, कांग्रेस, एमाले र थपनाकारूपमा अन्य केही पार्टीका नेताहरू समेतलाई २०६२ साल मंसिर५ मा १२ बुँदे सहमतिमा हस्ताक्षर गराएर २०६३ सालको जन आन्दोलनमा अथाहा आर्थिक सहयोग गरेको थियो । २०६३ सालको जनआन्दोलन सफल भएपछि जनआन्दोलनको नेताको हैसियतबाट प्रधानमन्त्री बने  । गिरिजाप्रसादले राजा ज्ञानेन्द्रबाट शपथग्रहण गरे । तर त्यसलाई धोका दिएर विदेशीको इशारामा राष्ट्रप्रमुख बनेर संवैधानिक मर्यादा तोडे । त्यसैको परिणाम आज देश अन्योलग्रस्त बनेको छ । 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper