banner
banner

गठबन्धन गर्न पारीकै लाइनको प्रतिक्षा

नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार बनाउने कसरत जारी छ । यता जसपा टुक्य्राएर एमाले र जसपावीच पनि गठबन्धनको प्रयास भइरहेका छन् । सकस छ, सकसको निकास निस्केको छैन ।
जनयुद्ध र जनआन्दोलन, मधेश आन्दोलन गरेका ठूला दलहरू र नेपाली राजनीतिलाई हत्केलामा नचाउन सक्ने र नचाइरहेकाहरूले निकास निकाल्न किन सकेनन्, किन यिनलाई यति सारो माखेसाङ्गलो र सकस भइरहेछ ?
समीकरणको, गठबन्धनको सूत्र नेपालमा भेट्टाउन सकेनन् यिनले ।
यिनीहरू लाइनमा चल्ने रहेछन्, लाइन आइसकेको छैन । पारीबाट लाइन नपठाएसम्म यिनले समीकरणको सुत्र भेट्टाउने लक्ष्यण देखिएन ।
०४६ सालको परिवर्तनपछि जे भयो, ०६३ सालको परिवर्तनपछि पनि त्यही भइरहेको छ । नेपाली राजनीति विचार, एजेण्डा, नीति, नैतिक आधारमा चलेकै थिएन । गुटवाजी भइरहेको थियो । जब पार्टी गुटबाजी र पारीको गायत्री मन्त्रमा चल्छ, यस्तै माखेसाङ्ग्लो पर्छ । यसपाली त दुई तिहाइको बहुमत पनि गाँठो प¥यो, अरूले फुकाउनु पर्नेभयो ।
कहाँ छन् विचारका कुरा गर्ने युवाहरू ? तिनीहरू किन मौन छन् ?
विधि र नीति देखिने कहिले हो ? कार्यकर्ता नेतामुखी, नेताहरू विदेशमुखी । युवाहरूले आमूल परिवर्तन गर्न किन अग्रसर हुँदैनन् ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper