banner
banner

व्यवस्था नै परिवर्तन गर्नुपर्छ

शाश्वत शर्मा - - 
पुस ५ देखि संसद विघटनको पक्ष र विपक्षमा उल्झिएको मुलुक गत २ हप्ताअघि बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्याको मामिलामा समेत अल्झिन पुगेको छ । निर्मला पन्त, सम्झना विकहरु त प्काशमा आएका अपराध हुन् । अहिले भागीरथी भट्टको काण्ड भएको छ । यस्तै प्रकृतिका कति घटनाहरु त प्रकाशमै आएका छैनन् । पििडत पक्षहरुलाई ठूलो रकम दिएर गुपचूप मिलाइएको, खासगरी बलात्कारको मुद्दामा, घटनामा यदाकदा समाचारहरुमा आएकै छन् । एकथरि भन्छन्, हल्ला बाहेकका अन्य काण्डहरुमा उजुरी दिएर पनि के गर्नु ? न्यायालयबाट न्याय पाइन्छ भन्ने के ग्यारेण्टी ? समाचारअनुसार भर्खरै सुनसरी जिल्ला अदालतको पूर्ण फैसलाअनुसार चतरा निवासी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको बलात्कार काण्डको फैसलाको पूर्ण पाठ हेर्दा र पडेदा सरम लागेर आउँछ । पूर्ण पाठको सारांश भनेको पीडिताले मलाई बलात्कार गरियो भनेर चिच्याउँदा पनि अदालतले सिद्धबाबा र पीडिता, जो सिद्धबाबाकी अनुयायी हुन्, ले शरीर सुम्पेकी हुन् रे । बलात्कार गरेको होइन । यसरी सफाइ दिने फैसला गरेपछि यो मुलुकमा न्यायका लागि घचघच्याउन जाँदा पनि न्याय नपाइने भएपछि केका लागि बदनामी सहदै उजुरु िदिइरहनु भन्ने मानसिकता विकसित भएको छ । सम्पूर्ण परीक्षणबाट बलात्कारको पुष्टी भइसकेपछि पनि सहमतिमा नै सहबास भउको भनेर न्यायकर्ताले भन्दिएपछि कसको के लाग्छ ? कानुनमा भर लाग्छ ? उता बैतडीकी भागिरथी भट्ट पनि निर्मला पन्तको नियतिमा पुगेकी छिन् । भट्टलाई न्याय चाहियो भन्दै यहाँ काठमाडौंमा आन्दोलन चलेको छ । भागिरथी भट्टको घटनालाई प्रम ओलीको पद मुक्त अभियान सँगसँगै जोडेर लान खोजेको देखिन्छ । बुझौं यी डलरवालाहरुलाई आफ्ना दाताहरुको आदेशसँगमात्र सरोकार हुनेगर्छ । न त यिनलाई हिजो निर्मला पन्तसँग सहानुभूति थियो, न आज भागिरथी भट्टको हालत देखेर कुनै आक्रोश छ । छोराको हत्यारालाई फाँसी होस् भनेर गंगामाया अधिकारी आज पनि अनशनरत छिन् । यो मामिलामा राष्ट्रपतिले समेत चासो लिएजस्तो गरेको देखिएको थियो । अब केही होला कि भनेर ठान्नेहरुले कृष्णप्रसाद अधिकारीको हत्या मामिला माओवादी द्वन्द्वकालमा भएको तर त्यो कालसँग कुनै साइनो नभएर नितान्त व्यत्तिगत रिसराग, इबी साध्न ज्यान लिइयो । यसमा माओवाद्यकिा नेताहरु प्रचण्ड, डा.बाबुराम भट्टराई संलग्न भएको हुँदातिनलाई ठेगानमा ल्याउन कै लागि मात्र पनि राष्ट्रपति महोदयाले चासो राखेको हुनुपर्छ । स्मरणरहोस्,प्रचण्ड र डा.बाबुराम दुबै अहिले संसद बिघटनमा प्रम ओलीलाई साथ दिएकोमा राष्ट्रपतिसँग रुष्ट छन् र संसद पुनस्र्थापना गरेर प्रम ओलीविरुद्ध अविश्वासको प्रस्ताव अनि राष्ट्रपति भण्डारीविरुद्ध महाभियोग लगाएर निकाल्ने महाभियानमा जुटेका छन् । तिनलाई साइजमा ल्याउका लागि पनि राष्ट्रपति महोदया स्वयम् तातेको हुनुपर्छ भन्ने लख धेरैको छ । फेरि उहाँमाथि नै अशोभनीय कटाक्ष गरेकै हुनाले तत्कलीन एमालेकी युवा नेता र हाल नेकपाकी सांसद रामकुमारी झाँक्रीले करी आठ घण्टा प्रहरी हिरासतमा बस्नु परेको थियो । भन्नुको अर्थ यो मुलुकमा न्याय निसाफ हुँदै हुँदैन । हुँदा पनि आफ्नो अनुकूलमात्र हुन्छ । अनि त्यसलाई विरोधी मास्ने कडीको रुपमा लिइने गरिन्छ ।
यता भ्रष्ट, उता भ्रष्ट, विश्वास कोहीमाथि छैन । कस्तो मुलुक भयो । अपराधीलाई कारवाही गर भनेर जुलुस निकाल्नु पर्ने ? जघन्य अपराधी पत्तै लाग्दैनन् । अहिले भागीरथी भट्टको हत्यारा पत्ता लगाउन स्वयम् डीआइजीले कमाण्ड सम्हालेका छन् । उनी अपराधीको नजिक पुगिसक्यौं पनि भन्दैछन् । तर डलरे समाजलाई यो कुरा पचेन । सडकमा अनेक नाटक मञ्चन भइरहेको छ । यत्रा मुद्दाहरु छन्, चेलीको हरिबिजोगमाथि डलरको खेती, अचम्म छ । 
कसैलाई मतलव छैन । अपराधी पत्ता लगाउनु साटो अपराधमाथि राजनीति गरिरहेका छन् । भोलि चुनाव भयो भने निर्मला पन्त, सम्झना बिक र यिनै भागिरथी भट्टहरु ओली विरोधीका मुद्दा बन्छन् । जनता स्वयम् अहिलेजस्तै पार्टी पार्टीमा बाँडिन्छन् । पीडितले न्याय कहिले पाउनेवाला छैनन् । अपराधी भेटिदैनन् । न्यायालयबाट अचम्मको इन्साफ आउँछ, घटनामाथि राजनीति हुन्छ । पार्टीमय बनेका आमनागरिकलाई बिझ्दैन । एउटा अर्ध पागलले तीसको दशकमा पोखरामा घटेको नमिता सुमिता हत्याकाण्डमा त्यतिबेला नावालक नै रहेका पारस शाहको नाम जोडिदिए । केही सिल्लडहरुले पत्याए । उपल्लो दर्जाका नेताहरु आफ्ना विपक्षीमाथि दोषारोपण गर्न व्यस्त छन् । आइएनजीओहरुको हाल यस्तो छ । जिम्मेवारी र जवाफदेहीता कसैमा पनि छैन । काठमाडौंमा प्रचण्ड र ओली गुटले शक्ति प्रदर्शन गरे । प्रचण्डले जनयुद्ध दिवस मनाए, ओलीले बुटवल पुगेर माओवादी पीडित लडाकालाई ढाडस दिए । विपक्षी कांग्रेस चुनावका लागि लचकदार छ, अर्का नेता रामचन्द्र पौडेल ओलीलाई निरंकूश भनिरहेका छन् ।
यसैबीच पूर्वराजा फागुन अन्तमा भारत तीर्थाटनमा जाने खबर छ । राजामा राजनीति देख्नेहरु हर्षित छन् । ओलीले तीनवर्षे कार्यकालको जतिसुकै फुइँकी लगाए पनि आत्मरतीमात्र हो । सरकार छ, कता छ ? विपक्षी छन्, कता छन् ? जनताको अपेक्षामा, देशको आवश्यकतामा, लोकतन्त्रको लोकाचारमा कहीँ कोही पनि छैनन् । जो छन्, सत्ताका भोका बाबाहरुमात्र छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper