banner
banner

छोरीहरूको मृत्युमा हाँस्नेहरू सँग

देवी काफ्ले - - 
आज पनि त्यही सेतो साडीलाई हाम्रा आमा काकीहरू संस्कारका रूपमा हेर्नुहुन्छ । पत्नी मरि सकेपछि दोस्रो बिहे गर्न पाइँदैन भनेर पुरूषलाई पत्नीको मलाम जान समेत नहुनेरनपर्ने र टाउको समेत खुर्कनु नपर्ने चलन चलाइयो । पत्नीको देहावसानको तेह्र दिनपछि नै बेहुली खोजिन्थ्यो तर त्यहि समाजमा पति वियोगमा महिलाले सौन्दर्यका सम्पूर्ण वस्तुहरू फालेर कुरूप बन्नुपर्ने वातावरणलाई निरन्तरता दिएर रंगहीन बन्नु पर्ने बाध्यता थियो ।
हामी यही समाजको त्यही संस्कारलाई पुस्तान्तरण, हस्तान्तरण गर्दै ल्याइएका एउटा पुस्ता हौं । जुन महिलाको जिउने आधार नै नराखी हिंसाको शिखरमा पु¥याइन्थ्यो त्यो कुसंस्कारको विरोध गर्नु हाम्रो दायित्व हो भन्ने मलाई लाग्छ । पति मर्दा पत्नी सती जानपर्ने तर पत्नी मर्दा पति चाहिँ घाटसम्म पनि जान नहुने सम्मका अत्याचार सहेका हाम्रा हजुरआमाहरूको आत्माले आज श्री ३ चन्द्र समशेरलाई धन्यवाद दिइरहेको होला । हाम्रा लागि जिउने आधार दिने चन्द्र समशेरलाई मनैदेखि नमन । समय परिवर्तनशील छ । विभिन्न कालखण्डमा गरिएका विद्रोहका कारणले समाज परिवर्तन हुन सम्भव भएको हो फलस्वरूप आज महिलाले ती कुसंस्कारलाई अंगाल्नु परेको छैन । जे होस् महिला आज केही हदसम्म स्वतन्त्रतापूर्वक जिउन पाएका छन् । यद्यपि हाम्रो समाजमा विधवा महिलाप्रति आज पनि खासै  श्रद्धाभावरसद्भाव त छैन केही कस बाँकी नै छन् तर पनि पहिलेको तुलनामा महिलाहरू धेरै नै मर्यादित बन्न चाहिँ सकेका छन् ।
केहि महिना अगाडि एकजना भाईको विदेशमै मृत्यु भयो । अहिले उनकी श्रीमतीले सुन्दरताका वस्तुहरू पूर्णरूपमा त्यागिछन् क्यारे उनी बिचित्र कुरूप देखिएकी छन् । अचम्म त यो छ कि उनी जनयुद्धमा समेत सामेल भएको मैले जानकारी पाएकी थिएँ । दुई बर्ष अगाडि मेरी छोरीको बिहे थियो । नारायणगढको एउटा पार्टी प्यालेसमा बिहेको कार्यक्रम आयोजना गरेका थियौं । मेरा ससुरा बुवाको देहावसान भएको हुनाले  सासु आमाले राता लुगा लगाउनु भएको थिएन । छोरीको जल खाने बेला सासु आमा म भन्दा पछाडि हच्कनु भयो । मैले ‘आमा अगाडि आउनुस् न’ भनें । उहाँले ‘विधवाले शुभ कार्यमा साइतको काम गर्नु हुँदैन अरे’ भन्नुभयो म अवाक भएँ र तुरून्तै मैले ‘आमा हजुर नातिनीको लागि अशुभ होईन शुभ हो यस्तो शुभ कार्य हजुरबाटै शुरू गर्ने हो’ भनेपछि आमाका आँखा रसाए । त्यसपछि अगाडि बढेर उहाँले छोरीको गोडा धुनुभयो । त्यसपछि पण्डितले पनि मलाई स्यावासी दिनुभएको थियो । 
त्यस्तै स्याङ्जा पिंडीखोलामा मेरो भाञ्जाको बिहे थियो । मेरा छजना ससुराहरू मध्ये त्यो बेला एकजना मात्रै हुनुहुन्थ्यो । जन्ती निस्कने बेला भयो सासु आमाहरू कोही देखा पर्नु भएन । मलाई शंका लाग्यो र निस्केर बोलाउन गएँ । उहाँहरूले साइतको बेलामा हामी त्यहाँ जान्नौं भनेपछि मन उद्वेलित भयो । मैले उहाँहरूलाई जबरजस्ती त्यो ठाउँमा लगें । त्यो बेला मैले उहाँहरूसँग एउटै प्रश्न गरें ‘आमाहरू हजुरहरूका इच्छाले बुवाहरू स्वर्गे हुनुभएको हो त?’ उहाँहरूले मेरा मान्नु भयो अनि त्यसपछि उहाँहरूले भाञ्जालाई आशिर्वाद दिनुभयो ।
आज पनि हाम्रा आमाहरूका मनभित्रबाट यस्ता कुसंस्कारलाई बाहिर निकाल्न सकिएको छैन ।
अब म मुख्य मुद्दामा प्रवेश गर्न चाहन्छु । 
म कुनै पनि राजनीतिक दलको कुनै जिम्मेवार पदमा छैन । त्यसकारण म कसैको पक्ष या विपक्षमा हात उठाउँन्न । अँ आस्था राख्ने कुरा चाहिँ अवश्य फरक हो ? अहिले सामाजिक सञ्जाल भरी सेतो साडी र बालकोटको व्यापक चर्चा छ । विडम्बना नै मान्नुपर्छ यसलाई यसरी उछाल्ने काम महिला र उच्च राजनीतिक चेतनाले ओतप्रोत भएको भनिएकी नेतृबाट भएको छ । यसलाई म अलिक तल उल्लेख गर्नेछु । हो म राष्ट्रपतिका कैयौं काममा विमति अवश्य राख्छु । सबैभन्दा पहिले त जनताकी छोरी शितलनिवास पुगिन् भनेर झ्याली पनि पिट्ने अनि उनै जनताकी छोरीले महारानीले झैं बग्गी  सवारी गर्ने र २–४ घण्टा सवारी आवागमनमा अवरोध पु¥याएर सर्वसाधारण नागरिकलाई सास्ती दिने? महाराजा, महारानी शैली कहाँ हट्यो त? मेरो प्रश्न यो हो ।
निर्मला एउटी प्रतिनिधि पात्र हुन् जसले बलात्कृत भएपछि ज्यान गुमाईन् । यस्ता असंख्य बालिकाहरूले निर्मलाको हविगत बेहोर्दै पाशविक बलात्कारमा परेर ज्यान गुमाउनु परिरहेको छ । यसरी बलात्कार पछि निर्मम तरिकाले बालिका हत्या हुँदा पनि उहाँले कुनै आवाज उठाउनु भएन । ल ठिक छ उहाँले बोल्न मिल्दैनथ्यो रे तर गृहमन्त्री र प्रधानमन्त्रीलाई बोलाएर स्पष्टीकरण सोध्न त सक्नुहुन्थ्यो होला नि ? अनि मैले मदन भण्डारीको हत्यारा खोज्न खासै पहल नगरेकोमा झन् ठूलो गुनासो पोखेकी पनि छु । जनताकी छोरी हुन् भने जनताका माझ खुलेआम किन जान नसक्ने ? हुनसक्छ यो कुरा सम्भवतः राष्ट्रपतीय मर्यादा भित्र पर्छ होला त्यो म जान्दिन । अर्को कुरा प्रधानमन्त्रीले सिफारिस गरेको अध्यादेश चाहिँ प्रधानमन्त्री कार्यालयबाट आफूकहाँ पुगेको एकदुई घण्टा नहुँदै पास गर्न बिना अध्ययन हस्ताक्षर ठोकी हाल्ने ? बिना कानुनी परामर्श हस्ताक्षर गर्नुपर्छ भने कानुनी सल्लाहकारलाई राज्यकोषबाट तलबभत्ता ख्वाई सेतो हात्ती बनाएर पाल्नुको के औचित्य? यस्तै हो भने किन त्यो दानको पात्रामा बिराजमान हुने ? कि म कमजोर छु मेरा निर्णय गलत होलान् भनेर डराएको ? यस्ता विविध कुरामा संस्थाप्रति म जस्ता नजान्नेहरूको गुनासो छ । लोकतन्त्र हो यति बोल्न पक्कै पाईएला । अब कुरा युवा नेतृ रामकुमारी झांक्रीको । हिजो पार्टीका लागि संघर्ष ग¥यौ हौली, त्याग पनि ग¥यौ हौली साथसाथै महिला हक, अधिकार, हिंसाको विरोध पनि त पक्कै ग¥यौ हौली । मलाई तिम्रो विषयमा खासै जानकारी छैन । तिमी जस्ती उदीयमान नेतृले सिधै महिलाको सेतो साडीमाथि प्रश्न चिन्ह खडा गर्दा एक पल्ट आफूतिर फर्कनु पर्दैनथ्यो ? अनि विधवा हुनासाथ अर्को नाठो वा पोई टक्र्याउनु कुन हदसम्मको क्रुरता हो ? रामकुमारी ज्यू एकदुई महिला अपराधी होलान् तर महिलाले आफ्नो स्वेच्छाले लोग्ने मरोस् भन्ने चाहँदैनन् बुझ्यौ? मृत्यु र जीवन हामीहरूको हातमा छैन । मृत्यु निश्चित छ ।
त्यसैले मृत्युलाई हेरेर हामी नहाँसौं । मृत्युले हामी माथि पनि अट्टहास लगाइरहेको छ । आज पुरूषबाट हिंसा भयो भन्दै पुरूषलाई खेद्नेहरूले तिम्रो खेदाई कसरी सहने झाँक्री ज्यू ? तिमीहरूका राजनैतिक झगडा राजनैतिक रूपमा तय गर, पटाक्षेप गर वा अरू असरल्ल बनाउ मलाई सरोकार छैन तर व्यक्तिगत आक्षेप लगाउँदै तिमी जस्ती एउटी सबल महिलाले अर्की सबल महिलालाई पहिरनको विषय जोडेर भनेको सुन्दा मेरी सासु आमाले मलाई गिज्याउनु भयो । हेर त देख्यौ बुहारी ? सेतो साडीलाई त महिलाले पनि त घृणा गर्दा रहेछन् नि ! यो सुनेपछि मेरो मन भारी भयो । म आफ्नै सासुसँग लज्जित हुनुप¥यो । मैले यो लज्जावोध तिम्रो कारणले बेहोर्नु प¥यो । नेतृत्व गर्ने मान्छेले केही त सहनै पर्छ । आवेशमा आएर बोल्ने बोलीलाई लगाम लगाउ । म कुनै राजनैतिक धारबाट होईन महिला हिंसा जो कसैले पनि नगर भन्ने बिचारको नागरिक हुँ । कतै मानहानी भएको रहेछ भने माफी चाहन्छु ।  जय होस् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper