banner
banner

मुलुक द्वन्द्वतर्फ

शाश्वत शर्मा- - - 
संसद विघटनको समर्थन र विरुद्वमा अहिले सिंगो मुलुक तातेको छ । नेपालको गणतान्त्रिक संविधान अन्तर्गतमा भएको संसद विघटनको अभ्यासलाई लिएर एकथरि संविधानसम्मत नै भएको जिकीर गरिरहेका छन् भने यसका विपक्षीहरु चाहिं यो गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको खारेजीका लाग गरिएको हो भनेर दावी गरिरहेका छन्  अथाृत मुलुक दुईभागमा विभक्त भएको छ । अझ अचम्मको कुरो, सरकारका प्रभावशाली मन्त्रीहरु नै संसद पुनस्र्थापना भयो भने राजसंस्था फर्किन्छ भन्ने अनौठो कुरा गर्दैछन् भचने विपक्षीहरु चाहिं यो संसद पुनस्र्थापना नभएमा वर्तमान गणतन्त्रको खारेजी हुन्छ भनेर जनताल्ई भड्काउन खोजिरहेका छन् । अब यो चर्चामा एकथरि बुद्धिजीवीहरुको अर्कैथरि विचार पनि आएको छ । तिनका अनुसार नेकपाभित्रका दुई विपक्षीहरु आआफ्नो दलील लिएर देश दौडाहमा निस्कनु वास्तवमा आआफ्नो तर्फको चुनावी प्रचारमात्र हो । विभिन्न मञ्चबाट प्रचण्ड, माधव ओलीको धज्जी उडाउन र केपी ओली प्रचण्ड माधवको खिसीट्यूरी गर्नु त्यो फगत देखावटी मात्र हो िअसलमा यो चुनावी खेलोमात्र हो । यसबाहेक संउसद बिघटन अघि सम्म पनि प्रमुख प्रतिपक्षी दलमा दरिएको कांग्रेसले आफ्नो केसको बैठकबाट संसद विघटनको विरोध वडातहसम्म गर्ने भनेर एकप्रकारको चुनावी प्रचार नै सुरु गरिसकेको हो । सिधै चुनावी प्रचारमा जाँदा प्रचण्ड माधव समूहको नेकपाले संसद विघटन विरुद्धमा गरिरहेको तथाकथित आन्दोलनको रापबाट आफू पनि पिरोलि ने हो कि ? भन्ने त्रास कांग्रेसमा छ । भन्नु नै पर्दा असमयमा र नितान्त पार्टीभित्रको झगडाका कारण गरिएको संसद बिघटन सम्बन्धी मुद्दालाई कांग्रेसले वामपन्थीहरुको कमजोरीका रुपमा उठाउन खोजेको देखिन्छ । तर यी सबैको ठीक विपरित ओलीको नकेपा समूहले पार्टीभित्र र बाहिरका विपक्षीहरुले आफ्नो नेतृत्वको सरकारलाई काम गर्न नदिएको कारण ताजा जनादेश लिनुपरेको बताइरहेको छ । उता जनता समाजवादी पार्टी र अन्य साना पार्टीहरु नेकपा सरकारको असक्षमता, नालायकीपना र भ्रष्ट प्रवृत्तिका साथै पार्टी भित्रको झगडालाई लिएर संसद बिघटन गरिएको भन्ने आरोप लगाएर सडकमा उत्रिएका छन् । त्यसो त प्रचण्ड, माधव, बाबुरामहरुलाई संसद पुनस्र्थापना गर्नैपर्ने कारणहरुमध्ये पदमा हुँदा आफूहरुले गरेका गल्ती, भ्रष्टाचार अपराधका कारण प्रेम राई अख्तियारको प्रमुख भएर बहाली गरेपछि आइलाग्ने जेलयात्राको त्रासले पनि हो भन्ने तर्क दिन्छन् । विघटित संसदमा एक सिट लिएर बसेको राप्रपाचाहिं खुल्लमखुल भित्री मनसाय केही नराखी चुनाव नै हुनुपर्छ, चुनाव अलोकतान्त्रिक होइन भनिरहेको छ । जुनसुकै हदमा जान तैयार देखिएको ओली समूहले चुनावमा जसरी पनि आफूहरुलाई हराउने त्रास प्रचण्ड, माधवदेखि झलनाथ, भीम रावलहरु र बाबुारमदेखि अन्य धेरै विपक्षीलाई लागेको छ ।
अदालतको फैसला बिघटनको पक्ष वा विपक्षमा आउँछ, स्पष्ट आँकलन गर्न सकिन्न । तर फैसलालाई प्रभावित पार्ने गरी प्रम ओलीदेखि प्रचण्ड, माधवमात्र होइन, ४ पूर्व प्रधानन्यायाधीशसमेत मैदानमा उत्रिएका छन् । अझ प्रचण्ड पक्षकाले त न्यायाधीशलाई अदालतबाटै तान्नेसम्मका धम्की दिइरहेका छन् । अझ नागरिक समाज, अधिकारकर्मीलगायतले सरकार विरोधी खेमालाई सहयोग पुग्नेगरी गरेको आन्दोलनले धेरै प्रश्नहरु उठाएका छन् । 
मुलुक राष्ट्रिय मुद्दाहरुको द्वन्द्वमा थियो, सामाजिक द्वन्द्वतर्फ पनि आकर्षित भएको छ । डढेलो सल्कदै गएको छ । विदेशी लगानीका आइएनजीओ प्रेमीहरुसमेत ओलीविरुद्ध खनिएका छन् । यसबाट द्वन्द्व अझ चर्किएर गएको अनुभव गर्न सकिन्छ । यही मेसोमा नेपाली समाजमा फाटो ल्याउने विषय विषका रुपमा फैलिनु चिन्ताजनक स्थिति हो । नेपालीको मुद्दामा विदेशी अवांछित तत्व घुसिसकेका छन् । को संविधानका पक्षधर, को विरोधी, आरोप प्रत्यारोप जारी छ । डलरजीवीहरुका लागि यो कमाउने अवसर बनेको छ । २०६३ सालको परिवर्तनपछि सबै राजनीतिक मुद्दाहरु सकिए भनिएको थियो, आर्थिक विकासमा अग्रसर हुनुपर्छ भन्नेहरुले यो १४ वर्षमा केही गरेनन् । राजनीतिक द्वन्द्व कायमै देखियो, अस्थिरता घटेन । अराजकता बढेर जाँदो छ ।
राजनीतिक समस्याको आवरणमा संस्कृति, धर्म, परम्परामाथि प्रहार हुनथालेका छन् । इज्जत राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, जनप्रतिनिधि, नागरिक समाज, अधिकारकर्मी कसैको पनि रहेन । यो संघीय गणतान्त्रिक व्यवस्थाले मुलुकलाई तहसनहस पारिदियो । राजनीतिक दलहरु सडकमा उत्रिएका छन्, सरकार पनि सडकमा उत्रिनपुग्यो । गालीगलौज यति बढ्यो कि लज्जा पनि लज्जित भइसक्यो । देशलाई गूट गूटमा विभाजन गरियो । अब बुझ्नुपर्छ, मुलुक सिध्याउने खेल भइरहेको छ । यसै पनि मुलुक विवादमा थियो, संक्रमणमा थियो, संकट निम्त्याइयो । मुलुकमा विदेशी चलखेल बढाउने प्रपञ्चले केही टाठाबाटालाई आर्थिक लाभ होला, सिङ्गो मुलुक अभिभावकविहीन बनाएर समाप्त पार्ने जाल बुनिंदैछ, नेपालीले यो सत्य बुझ्न अबेर गर्नु आत्मघाती हुनजाने देखिन्छ । नेपाल र नेपाली बाँच्ने आधार भनेको नेपालीको जागरुकता र संचेतना मात्र हुनसक्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper