banner
banner

दोषी त वह्मा थिए, नारीमा किन दोष

कोसिका शर्मा– 
मान्छेलाई चेतनशील प्राणी भन्नुमा, मान्छे चिन्तनशिल हुनु हो, नत्र हेर्नू बोल्नु र सुन्न त जनावरले सक्छ तर जनावर चेतनशील नहुनुमा चिन्तन मननको कमी छ । जनावरले गर्ने गल्ती र मान्छेले गर्ने गल्तिमा फरक केही नभएरै किन जनावरलाई सजायको रुपमा शारीरिक कष्ट दिइन्छ अनि उसमा हुने मानसिक असरको किन कुनै ब्याख्या हुदैन किन कि हामी त्यहाँसम्म पुग्न चाहदैनौ । चेतनालाई ज्ञानात्मक, भावात्मक र क्रियात्मकमा वर्गीकरण गरेसङ्गै प्रतिक्रियात्मक बनेको मेरो बुझाईले चेतना मान्छेको हारबाट या मान्छेको कम्जोरिबाट उत्तर खोजीको बिषय हो जस्तो लाग्छ, अनि खोज्दा खोज्दै केही चेतना प्राप्तिमा फेरि आफुलाई उही रुपमा रोमल्न चाहन्छ अतः मान्छे कहिल्यै पुर्नरुपमा चेतनशिल प्राणी हुन सक्दैन र सकेन । हामीले सोच्ने कुरा र हामीले पाउने कुरा किन फरक हुन्छ, हामी फरक भएरै किन ठिकै छ भन्छौं ? उत्तरमाः केही कुरा बद्दिलयला र उस्तै होला भन्ने आसमा केही कुरा आफ्ना कम्जोरीलाई बलियो बनाउने अभिप्रायले । मान्छे आफैमा स्वार्थी छ अरुमा निस्वार्थ कसरी हुन सक्छ । मान्छे निस्वार्थ भाव ब्यक्त गर्न सक्छ भगवान श्रीकृष्णको गीता भन्दा नि महागीता उतार्न सक्छ तर ब्यवहारमा किन कुनै एक निस्वार्थपनलाई जिवन्त दिन सक्दैन ! किन कि मान्छे हुनुको अवगुण भन्नू नै आफुलाई मात्र हेर्नू हो, अरुमा देखिने पिडामा उसले पीडा हुन्छ भने मलाई यस्तो नहोस् भनेर एक कदम अघि राख्न खोज्छ । मन्दिर धेरै जानेको प्रगति देखेर उ लुकिलुकी हजारौं मन्दिर जान्छ । प्रगतिकै कुरामा यदि मान्छेले अनैतिक काम गरेर कमाएको छ भने त्यसमा पनि उ अग्रसर हुन्छ, समग्रमा मान्छे जिउँनलाई कर्म गर्दैन, कसरी जिएको छु हेर भनेर देखाउनलाई कर्म गर्न खोज्छ र त कर्म र कुकर्म या सुकर्म छुट्याउन चाहँदैन । हरेक गलत या सहीलाई कर्मको नाम दिएर आफूलाई धनाढ्य बनाउने मान्छे नै यो समाजको प्रतिष्ठित ब्यक्ती हो । यहाँ त्याग छ भने आफुभित्रको मानवीय सम्रचना नै भताभुङ्ग छ, दयाको रिक्तता सङ्गै उसले हेर्ने नजरिया नै फरक छ । उसले लगाउने बोल्ने र खाने पिउने सैलिनै, उसको लागि स्वर्गको ईन्द्र सम्मान मान लाएक सम्झेको हुन्छ । फेरि पनि मान्छे कहाँ खुसी छ कहाँ आनन्दी छ ? एक पुरुष नारी बिना पुर्ण छैन भन्नुमा नै
एक मागी विवाहले विवाहको रातलाई पहिलो रात भन्छ, तर एक भगाई या प्रेम पछि को विवाहलाई पहिलो रातको सङ्ख्या दिदैन तर पनि सुहाग रात भनिन्छ । के प्रेमको शुरु रातबाट नै हुन्छ या रात भन्दा अघिदेखि हुन्छ ? समग्रमा प्रेम कहाँ छ ? के मान्छेको शरीर बिना प्रेम सम्भव छ ? छैन भने मान्छेको प्रेम के शरीरसङ्ग मात्र संबंधित हो ? नारी जहाँ आफुलाई पुरुषसङ्ग जोडिनुको अर्थ खोज्दिन भने तबसम्म उसमा नारी हुनुको अर्थ पुरुष सङ्ग नारिनु नै सम्झनु हो। नारी पुतली भएर मौरीको भुमिका निर्वाह गरिरहेकी हुन्छे, मौरी त्याग र र सेवाको प्रतीक हो त्यहीँ प्रतिकलाई नारिले आफू पुतली हो भनेको खण्ड उ किन स्रापित हुन्छे ? के नारिको समबेदना पुरुषले बनाएको नियमले बधशाला जस्तै हो र ? नारीमा हुने हरेक गुणलाई उजागर गर्ने हो भने आयद पुरुष भएरै पुरुष बिहिन हुन सक्छ यो क्षमताको दृष्टान्त दिइ राख्नु पर्दैन फेरि पनि भन्न मन लाग्छ, एक नारिको नाग्गो नाचलाई हजारौं पुरुषका आँखाले हेरेर पुरुषको पुरुषत्वलाई गिज्याएको हैन र ?  एक बिधुवा नारीले आफ्नो चाहनालाई कुनै नजिकको पुरुषलाई ब्यक्त गर्नलाई आफू बेहोस हुनुको बहाना गर्नुले यहीँ भन्छ नारी संबेदनसिल नै हो भलै उसको चाहाना उसको दोष त हैन नि । यतिसम्म त्यागी हुने नारीलाई पुरुषले सधै गलत बुझ्नुमा कहिले काहीँ म त्यही श्लोकमा पुग्छु ।
घोरदंष्ट्रा करालास्या पीनोन्नतपयोधरा ।
महाकालेन च समं विपरीतरतातुरा ।
कच कुचचिबुकाग्रे पाणिषु व्यापितेषु ।
प्रथम जलाधि(पुत्री)संगमे नंग धाग्नि ।
ग्रथित निविडनीवी ग्रन्थिनिर्मोंचनार्थं चतुरधिक कराशः पातु न श्चक्रमाणि।
अथार्त्ः लक्ष्मीसङ्ग चतुर्भुज भगवानको प्रथम संयोग हुँदैछ । भगवानको चारै हात फसेको छ । दुई लक्ष्मीको स्तनमा, एक केशमा, एक ओठमा । अब साडीको गाँठो खोल्ने केले ? के अब यो कामको लागि अतिरिक्त हात चाहने भगवान् बिष्णुलाई कस्को सहायता हुनसक्ला ! के यहाँ पुरुष कति कम्जोर साबित भएको देखिन्छ, यसरी विश्लेषण गरिएको ‘काली महात्म्य’मा अरु पनि राम्रा कुरा दिएको पाइन्छ । पुरुषका हजारौं गल्तिमा नारी बोल्न सक्छे भने मुस्किलले तर उसलाई भावनात्मक बलात्कार हुन्छ । नहोस् पनि किन भगवान शिवलाई पार्वती दिदा पार्वतीकी आमा भन्नुहुन्छ ः
‘नाथ उमा मम प्रान सम गृह किंकरी करेहु ।
 छमेहु सकल अपराध अब होइ प्रसन्न बरु देहु ।
अथार्त्ः हे नाथ,उमा मेरो प्राण सम्मान हो । अब उसलाई तपाईको घरको दासी बनाउनु होस्, उसको हरेक गल्तीलाई क्षमा दिनु होला, मलाई यहीँ बर्दान दिनु । तब पार्वतीकी आमा उपदेश दिदै पार्वतीलाई भन्नुहुन्छः
करेहु सदा संकर पद पूजा ।
नारि धरम पति देव न दूजा ।
अर्थात्ः पार्वती तिमी सधै पतिको चरणको पूजा गर्नु, नारीको धर्म भनेकै पतिको पूजा गर्नु हो । यहाँ नारीको कर्मलाई जस्तै किन मनोवैज्ञानिक पक्षको अधिकार नदिएको होला ? जब नारीलाई गिराउन उसको गुणलाई यसरी पनि विश्लेषण गरिएको छ ।
मनुस्मृतिको सातौं अध्यायको १४ हौं  श्लोक भनिएको छः
‘स्त्री जन्मजात नै हवस्का भोका हुन्छन्, यिनीहरु पुरुषको परीक्षा गर्दैनन्, न कुनै अवस्थाको ख्याल राख्छन्, पुरुष सुन्दर होस् या कुरुप होस् पुरुष हुनु नै उसको लागि सबै हो, यसै अध्यायको १५ हौं श्लोकले भन्छः
‘पुंश्चल (पराया पुरुषसङ्ग संसर्गको इच्छ) दोषले, चंचलताले अनि स्वभावले स्वतन्त्रता भित्रको स्नेह र माया नहुनुको कारण घरमा बाधेर राख्नाले स्त्री पतिको विरुद्ध काम गर्छिन् । १६ श्लोक स्त्रीको यो स्वभावको लागि ब्रह्मालाई दोष दिइन्छ अनि तर्कमा भनिन्छ पुरुषले हरहमेसा नारीको रक्षा गर्नुपर्दछ । यहाँ नारीको चरित्र हत्यामात्रै हैन उसको हरेक चाहनामा बन्देज दिनुको साथै यदि यो चरित्र स्त्री हो भने यसलाई बुझ्नेले किन नारीमा दोष लगाइन्छ जबकी यसको दोषित स्वयं ब्रह्म हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper