banner
banner

दल हैन देश, दलको हैन स्वतन्त्रता

स्वयम्भुनाथ कार्की- - - 
राणा शासन ढाल्न संगठित भएर खोलिएका दलहरु निरन्तर रुपमा वर्तमानसम्म अस्तित्वमा छन् । पञ्चायतको करिव तीसबर्ष नेपालमा कानुनतः दलहरु प्रतिवन्धित रहे । कुरो अनौठो लाग्न सक्छ तर सत्य हो कि त्यही तीसबर्ष दलहरुको विकासको निमित्त सबैभन्दा उर्वर रहे । अति नै सोझा र सरल स्वभावका राजा वीरेन्द्र र उनलाई प्रभावमा लिएर जे पनि गराउन सक्ने, रानी ऐश्वर्यालाई रिझाउन सफलहरुले बाबुको कीर्तिमा छोराबाटै प्रहार गराउन सफल भए । उनीहरु जनतामा असन्तोष जन्माउदै गए दलहरु शासनसँग भएको सानो भन्दा सानो असन्तोषको फाईदा लिदै गए ।
कुनै काम गरेर देखाउन सक्ने अवस्थामा प्रतिवन्धको कारण दलहरु थिएनन् । तर विरोध गर्ने ठाउँ पाउँदा विरोध भयो नै । यस्ता विरोधमा महापञ्चहरुले अन्धो प्रशासनिक दमन गराए । राजा महेन्द्रको व्यक्ति विरोध  गर्न पाईने र सबै नेपाली बराबर हुने व्यवस्था दरवारका वरिपरि चक्कर लगाउने र विदेशीका लागि काम गर्ने षडयन्त्रकारीहरुले मिलेर चक्रव्यूहको रचना गरेर राजाकैे हातबाट तहसनहस गराउन सफल भए । जसले हमेशा राष्ट्रको पक्षमा लागेर राजालाई परम्परा र संस्कृतिमा आधारित व्यवस्था विकास गर्न सघायो, सघाएको मात्र हैन आफ्नो बुताले भेटेसम्म योगदान दिए ती महान योगी नरहरिनाथ माथी पनि दमन गर्न चुकेनन् । यसले व्यवस्थाले अपजस र दलले जस पाउनु थियो पाए । 
जुन राजा महेन्द्रलाई स्वागत गर्न घन्टौ अमेरिकी राष्ट्रपति विमानस्थलमा पर्खन्थे तिनका छोरा काठमाण्डुका सडकमा हिडिरहेको देख्न थालियो । यसमा विभिन्नका अलग अलग मत हुनसक्छन् तर पञ्चकार्यकर्तालाई महापञ्च बनाउने, सामाजिक अभियानलाई पोलिटब्यूरो बनाउने र इतर र भितरको सोच ल्याउने बाटो राजा वीरेन्द्र कै पालामा आएको हो । यसका लागि महापञ्चहरुले खेल्नुसम्मको सकुनी भूमिका खेलेकै हुन् । राजाले आफ्नो काम कर्तव्य अरुलाई जिम्मा दिएको कसैलाई चित्त बुझेको थिएन । राष्ट्र नै आफ्नो सबै मानेर बसेका योगी नरहरीनाथले जनताको त्यही कुरा महशुस गरेर भने ‘छाता आपैm बोक्नु पर्छ, अरुलाई बोक्न दियो भने उसले नै प्रयोग गर्छ ’ । त्यस वापत योगी दमनको तारो हुँदा अन्धकार भविष्यको धेरैले अडकल काटेका थिए । नभन्दै अन्धकारयुग आयो ।
जव बहुदलीय व्यवस्था पुनस्र्थापन भयो धेरै दलका ठूला नेताहरुको देवत्वकरण हुन शुरु भयो । दलको भक्ति भनेको त्यसका नेताहरुको प्रशस्ती गाउने हो भन्ने संस्कार वस्यो । देश भन्दा दल प्रधान हो भन्ने कुरा नेपाली जनताको अवचेतनमा पस्दै गयो । पञ्चायतका तीस बर्षका डोवहरु मेटाउन सबै लागे ।  कुनै कुरा सही वा गलत के भएको छ भन्दा कसले गरेको छ भन्ने कुराले महत्व पायो । प्रतिवन्धित हुँदा दलहरुले जुन संस्कृति नेपालमा विकसित गरेका थिए अन्ततः त्यही नै उनीहरुलाई घाँडो भयो ।
वार्डवार्डमा व्यक्तिगत आधारमा निर्वाचनबाट गठन भएका स्थानीय निकाय दलहरुले थाम्न सकेनन् । जनताले विश्वास र भरोसा भएको व्यक्ति भन्दा आपूmले मानेको दलले उठाएको उम्मेद्वारलाई चुन्नै पर्ने अवस्था भयो । पहिले जनताले आफुले चाहेको साधारण व्यक्तिलाई जिताउन र विशिष्टलाई हराउन सक्थ्यो । अर्थात जनताले नेता पैदा गर्दथ्यो । दलको उच्च नेतृत्वले विश्वास नगरेमा ‘टिकट’ नै नपाउने अवस्था भई सकेपछि जनताले नेता बनाउन सक्ने कुरै भएन । जनताको यो प्राकृतिक अधिकार दलको नेतृत्वबाट अपहरणमा प¥यो । जनता सार्वभौम होइन, पार्टीले डो¥याउने अवस्थामा पुगे ।
झलक्क हेर्दा यो चानचुने कुरा जस्तो लागे पनि गम्भिर कुरा हो । यसले प्रतिनिधिहरुको जवावदेही आफुलाई चुन्ने जनताबाट हटाएर ‘टिकट’ दिने नेतृत्व तर्पm फर्कायो । यसले आङ्खनोे अधिकार खोसिएको महशुस हुनु स्वभाविक नै थियो । त्यसैले जनताले छोटो समयमा नै बहुदलीय संसदिय प्रणाली विरुद्ध हतियार उठाएको माओवादी विद्रोहलाई आंशिक समर्थन गर्न पुग्यो । त्यो विद्रोहको सुरक्षित अवतरण भएको भनिए पछि पनि जनताले आफुबाट खोसिएको अधिकार प्राप्त गर्न सकेन । 
दलीय सोचले नेपाली जनतालाई नेपाली भएर बाँच्न दिएन । विभिन्न दलका समर्थक बनाउँदै शुरु गरेको नेपाली नेपाली बीचको यो विभाजन विस्तारै जातीयता, क्षेत्रीयता आदिमा पनि बढदै गएको छ । आज राष्ट्रिय झण्डा भन्दा दलको झण्डा उठाउन फाईदा देख्नेहरुको जमात बढ्दो छ । देश भन्दा दल सोच्यो भने पद, प्रतिष्ठा र पैसा प्राप्त हुन्छ भन्ने सोच बलवान हुँदै गएको छ । तर यो भनेको हाँगा भाँचेर पानीमा डुवाएर ताजा राख्न खोजिए जस्तै हो । यस्तो विकृत मानसिकता बोकेका दल र दलपतिहरु भएसम्म नेपालको समृद्धि र शान्तिको कामना कल्पनामात्र हो ।
दलहरु जनतालाई दिईएको भनिएको अधिकार पनि जनताले प्रयोग गर्ने होईन भन्छन् । जनताले दलहरु मार्पmत आफ्नो अधिकार प्रयोग गर्ने हो भन्ने लाजमर्दोे कुरा गर्न उनीहरुलाई कुनै संकोच छैन । एक राष्ट्रको रुपमा त्यसका विभिन्न अवयवले प्रयोग गर्ने अधिकार एकलौटी बनाएर शक्ति सन्तुलनको कुरा गर्नु कतिसम्म उचित हो ? राज्यका सवै साधन श्रोतलाई दलीय भागबण्डाको विषय बनाउन लाज लाग्नु पर्ने होईन र ? जवसम्म मुलुकमा राजसंस्थाको उपस्थिति थियो दलहरुले यस्तो मनोमानी लुकाएर गर्नु पर्दथ्यो । अव यस्तो मनोमानीलाई वैधानिक बनाएका छन् । यसैको कारण हो, आमजनता यतिबेला सडक सडकमा निस्किएका छन् र राष्ट्रिय झण्डा बोकेर राजतन्त्रसहितको धार्मिक समभाव रहेको हिन्दुराष्ट्र जिन्दावाद भन्न थालेका छन् । अन्ततोगत्वा राजतन्त्रसहितको लोकतान्त्रिक व्यवस्था नै चाहिने रहेछ भन्ने निष्कर्षमा आमनागरिक पुगेका छन्, आजको नेपालको हरेक तह र तप्कामा बढ्दो द्वन्द्व र एकदोस्राप्रतिको अविश्वासको स्थितिको यथार्थ तस्वीर यही हो । अब पनि देश नभन्ने ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper