banner
banner

नेपालमा अमेरिकी प्रभाव बढ्दैछ

प्रेमसागर पौडेल- - 
नेपालमा बाह्य शक्तिको उपस्थिति राजनीतिक, आर्थिक, साँस्कृतिक, सैन्य, सामाजिक लगायतका क्षेत्रमा प्रचुरमात्रामा छ । राणा शासनदेखि नै वैदेशिक हस्तक्षेप बढ्न थालेको भए पनि पञ्चायतकालको उत्तरार्धमा निकै कसिलो भएको महशुस गरिएको हो । वैदेशिक हस्तक्षेपमा नै राजनीतिक परिवर्तनका लागि वातावरण बनाइएको सम्बन्धितहरूले बेलामौकामा स्विकारेका छन् । जो छर्लङ्ग छ ।
अमेरिकाको छातावाट भारत बाहिरीन खोजेको अवस्थामा अमेरिकाले इण्डो प्यासिफिक रणनीतिको केन्द्रिय भूमिका नेपाललाई दिन खोजेको थियो । अमेरिकाले आफुसँग बार्गेनिङ गरेको राम्रोसँग बुझेको भारतले रअ मार्फत प्रचण्डलाई एमसीसीको विरोध गर्न लगाएका थिए । नेकपा भित्रैवाट बिरोध भएकाले नेपालको संसदबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास हुन सकेको छैन । यसअघि अमेरिकाले अगाडि सारेको इण्डो प्यासिफिक रणनीतिको साझेदार हुन आनाकानी गर्दै आएको भारत आईपीएसको बिधिवत सदस्य हुन राजी भएको छ । यसैबीच भारत र अमेरिकाको बिचमा पछिल्लो पटक बीईसीए सम्झौता भएको छ । यता नेपालमा दाहाल–नेपाल समूह बाहिरिएपछि पुनर्गठन र बिस्तार भएको ओली सरकारका उर्जामन्त्री टोपबहादुर रायमाझीले पदभार ग्रहण गर्ने क्रममा एमसीसी अन्तर्गतको सहयोग स्विकार्नु पर्ने विचार ब्यक्त गरेका छन् । राजनीतिक क्षेत्रमा मात्रै वैदेशिक हस्तक्षेप सीमित रहेन । यसले नेपालको सैन्य क्षेत्रलाई समेत प्रभावित बनायो । खासगरी, अमेरिकी जासुसी संस्था सीआईएको प्रभाव नेपालको प्रशासन, सुरक्षा, रक्षा र जासुसी क्षेत्रमा बढ्न थालेको देखिन्छ । नेपालका लागि यो सतर्कताको बेला हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper