banner
banner

नेपाललाई अस्थिरताको आगोमा झोसियो

प्रेमसागर पौडेल– 

मैले बारम्बार भन्दै आएको छु, दुवैपक्ष मिल्नुको अर्को विकल्प छैन । मिल्दा तपाईंहरूलाई मात्रै होइन देश र जनतालाई पनि फाइदा हुन्छ । मेरो सुझावलाई कसैले पनि महत्वपूर्ण ठानेनन् ।
झण्डै दुई तिहाइको शक्ति भएको नेकपाका नेताहरुले परिपक्वता देखाउन सकेनन् । सत्ता र शक्तिको लडाइँमा आफू आफूमै भिड्न थालेपछि अन्ततोगत्वा नतिजा मध्यावधि चुनावसम्म पुगेरै छाड्यो ।
प्रधानमन्त्री तारन्तार राष्ट्रपतिलाई भेटिरहेका थिए । यसैवीच राष्ट्रपति र प्रधानसेनापतिबीचको भेट, त्यसपछि भएको राष्ट्रपति–प्रधानमन्त्री भेट, मन्त्रीपरिषद बैठक, संवैधानिक परिषदको बैठक र ओली प्रचण्डनिवास पुगेर भएको भेटघाटले कुनै न कुनै अकल्पनीय घटना घट्छ कि भन्ने भय सबैतिर बढेकै थियो । सत्ता र शक्तिको प्रतिस्पर्धा बेपत्ताले बढिरहेकै देखिन्थ्यो ।
यसैवीच पुस ५ गते आइतवार दिउँसो प्रचण्ड–माधव कित्ताले ओलीलाई पदबाट हटाउने निष्कर्षसहित राष्ट्रपतिलाई भेट्न जाने खबर राष्ट्रपति भवनबाटै थाहा पाएका प्रधानमन्त्री ओलीले त्यसअघि नै मध्यावधि चुनाव सिफारिस गरिदिए ।
सर्वोच्चले नयाँ जब पाउने भयो ।
फेरि अस्थिरताको अभ्यास सडकमा देखिने निश्चित छ ।
त्यसै पनि नेपालको राजनीति ईण्डो–वेष्टर्नको गोलचक्करमा थियो, अव झन कसिलो बन्नेभयो, गोलचक्करबाट बाट बाहिर ननिस्कने भयो ।
नेकपाभित्रका पक्ष–विपक्ष दुवैका मालिक एउटै रहेछन् भन्ने प्रष्ट भयो ।
एमसीसीका कारणले नेपाल अमेरिकी बेस बन्दै रहेको र यस कार्यमा उसले केही भ्रष्ट भारतीयलाई समेत उपयोग गरिरहेको एकपछि अर्को घटना सार्वजनिक भइरहेका छन् । यो समाचारले नेपाल चीन विरोधी खेमामा ध्रुवीकरण भइरहेको स्पष्ट गरेको छ । एमसीसीको बिरोध मत्थर पार्नसमेत षडयन्त्रको खेल खेलियो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper