banner
banner

राजतन्त्र, गणतन्त्र, प्रजातन्त्र

स्वयम्भुनाथ कार्की--
सडकमा फेरी नारा जुलुस शुरु भएको छ । शुरु भन्नु त्यति उपयुक्त नहोला, किनभने अव भविष्यमा कहिले संघर्ष गर्नु नपर्ने अन्तिम आन्दोलन भनेको आन्दोलनले संघर्ष रोक्न सकेन । त्यसपछि त झन बन्द, हडताल, तोडफोड, हिंसा आदि बढेर गएको छ । जनआन्दोलन २ भनेर स्वनामाकरण गरिएको आन्दोलनले राजसंस्थाको चाह राख्नेलाई तितरवितर गरेको थियो । यो अवस्थामा उनिहरु प्रत्येकले आफुलाई एक्लो भएको ठाने । दमनको परकाष्टा भएकोे वेला पनि आस्थाको झिल्को कायम रहेको थियो । जसले निरन्तर उपस्थिति जनाई रहेको थियो । राजनैतिक रुपले यो धारको समर्थन गर्ने दलको वरिपरी जुट्न लागेको यो शक्ति पटकपटक सशंकित भयो । यो सशंकित हुने वातावरण अवसरवादी जस्तो चरित्र त्यो दलको नेताले देखाउनाले पैदा भएको छ । 
राजतन्त्र पाखा लगाएर अब फेरी कहिल्यै संघर्ष गर्नु नपर्ने भनेर गणतन्त्र ल्याईएको थियो । तर गणतन्त्रमा सबैभन्दा धेरै आन्दोलित हुनेहरु गणतन्त्र पक्षधर नै छन । नेकाले सत्ताधारीलाई सर्वसत्तावादी भयो भनेर सडक तताउन आव्हान गर्छ । नेकपाले पनि सडक संघर्ष भने छोडेको छैैन । अझ नेकपामा त आपैm भित्रको विवादमा पनि बन्द, हडतात, तोडफोड युक्त सडक संघर्ष मात्र हैन ज्यानैजाने प्रकृतिको संघर्ष देखिदैछ । यस्तो अवस्थामा राजसंस्थाको समर्थनमा सडकमा युवा देखिनुले धेरैको मुटुमा ढ्यांग्रो ठोकेको प्रष्ट महशुस गर्न सकिन्छ । त्यसैे राजतन्त्र गलत र गणतन्त्र सही भन्ने तर्क सकिएर डा.बाबुरामजस्ता विद्वानबाट ‘गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोवर खान नजाउ’ भन्ने जस्ता स्तरहिन तर्क आउन थालेका छन् ।
प्रजातन्त्रको विपरित राजतन्त्र हो भन्ने भ्रम भने बाक्लो छ । यसैले राप्रपा जस्तो राजतन्त्र समर्थक ठानिएको दलका नेताहरु पनि ‘राजा सहितको प्रजातन्त्र’ भन्छन् । अनि राजसंस्थाको माग गर्दै जुलुसमा निस्केका युवाहरु मध्ये पनि केही कयौ राजाले खानुभन्दा एक राजाले खाएको राम्रो भन्छन । तर राजतन्त्र र प्रजातन्त्र एक अर्काका विपरित हैनन्, गणतन्त्र र प्रजातन्त्र एक अर्काका पुरक हैनन । यो कुरा स्पष्टसँग बुभ्mन आवश्यक छ । चाउचेस्कु जस्ता तानाशाह राजपरिवारका थिएनन् । उनिहरु जनताको मतबाट नै राष्ट्र हाक्ने प्रमुख स्थानमा पुगेका थिए । पोलेण्डमा लेक वालेशाको संघर्ष कुनै राजा विरुद्ध थिएन त्यहाको जनसरकार विरुद्ध थियो । यति टाढा पनि जानु पर्दैन, नेकालाई सर्वसत्तावादको आरोप लगाउने नेकपा र नेकपालाई सर्वसत्तावादको आरोप लगाउने नेका दुवैको भनाइ प्रयाप्त छ । सर्वसत्तावाद भनेको तानाशाही हो र यो तानाशाही गणतन्त्रमा संभव रहेछ भन्ने कुरा उनीहरुकै भनाई हो ।
गाली शिरोमणी जस्ता लाग्ने लेखक, नेता मात्र हैनन् नागरिक समाजका अगुवा (?) पनि अहिले लचर तर्कको आधारमा नेपालमा राजतन्त्र भन्दा गणतन्त्र ठिक हो भन्न लागेका छन । रोचक कुरा के छ भने गणतन्त्रले ठिक काम गरेको छैन भन्ने कुरामा उनिहरु आफु नै विश्वस्त छन् । त्यसैले उनिहरु राजतन्त्रको माग अनुचित हो बरु गणतन्त्रलाई ठिक बाटोमा आउन समय दिन्ु पर्छ भन्छन् । गणतन्त्रलाई ठिक बाटोमा ल्याउन नागरिकहरुलाई आव्हान पनि गर्छन् । यसमा हास्यास्पद कुरा के छ भने उनिहरु जस्ता समर्थहरुको पनि बुताले नभ्याएको काम नागरिकहरुले कसरी गर्ने हो ? यसको उत्तर छैन । बरु यो प्रश्न गर्नेलाई केही थप गाली भने छन् ।
चुरो कुरा के हो भने राजतन्त्र र गणतन्त्र दुवै शासन प्रणाली हैनन यी राज्य व्यवस्था हुन । यी दुवै एक अर्काका विपरित हुन । हुनत कसैकसैे श्रीपेच सहितको गणतन्त्र भन्ने शव्दावली पनि प्रयोग गर्न थालेका छन् । यो गणतन्त्र र राजतन्त्र शासन प्रणाली ठान्नाले भएको हो । जसरी आगो र पानी एकै चुलो या गाग्रीमा रहन सक्दैैनन् त्यसै गरेर श्रीपेच र गणतन्त्र एकै साथ हुन सक्दैनन् । तर श्रीपेचसँग जस्तो शासन प्रणाली पनि रहन सक्छ, त्यस्तै गणतन्त्रसँग पनि जस्तो शासन प्रणाली पनि रहन सक्छ । तर वंशपरम्पराबाट आएको राजा भन्दा प्रत्यक्ष निर्वाचित भएर आएको शासक तानाशाह भएको उदाहरण प्रसस्त छन् । भारतमा मोदीको नामबाट जितेको भाजपालाई त्यहाँ सर्वसत्तावादीको आरोप लागेको छ र नेपालमा केपीको शाखबाट जितेको नेकपालाई सर्वसत्तावादको आरोप छ । 
राजसंस्था माग्ने र राजसंस्था नचहाने दुवैले यो कुरामा प्रष्ट्र हुन आवश्यक छ कि न राजतन्त्र न गणतन्त्र शासन प्रणाली होे । त्यसैले जे जे अवगुण राजतन्त्रमा देखाईन्छ त्यो अवगुण गणतन्त्रमा पनि रहेकोे छ । जे जे गुण गणतन्त्रमा देखाईन्छ त्यो गुण राजतन्त्रमा पनि छ । त्यसैले राजतन्त्र माग्ने युवाहरुले बुभ्mन आवश्यक छ कि उनीहरुको यो माग सर्वसत्तावाद र परिवारवादको निमित्त हैन । शासन व्यवस्था दुवैमा प्रजातान्त्रिक नै हुन सक्छ र हुनु पनि पर्छ । तर राजतन्त्र रहेका मुुलुकहरुमा औपचारिक नै सही राजाले अन्तिम र सर्वोच्च संरक्षकको भुमिका निर्वाह गरेको हुन्छ, जो राष्ट्रपतिबाट संभव छैन । नेपालको सन्दर्भमा राजतन्त्र रेफ्री हो जो अनुचित खेल्नेलाई रातो कार्ड देखाउन सक्छ भने राष्ट्रपतिलाई अनुचित खेल्नेले नै रातो कार्ड देखाउँछ । खेलाडी त दुवैमा जनता नै हुन चाहे दलमा आवद्ध हुन वा स्वतन्त्र रहुन । नेपालमा स्वतन्त्र जनता भएर बाँच्ने अवसर गणतन्त्रले भन्दा राजतन्त्रले दिएका उदाहरण धेरै छन् । इतिहास पढे हुन्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper