banner
banner

सपना नै विचारको चावी हो

सागर पाण्डेय, काठमाडौं-- - 
सांसारिक प्रगतिको कुरा होस् या अध्यात्मिक जागरणको सपनाले ठूलो योगदान पुर्याएको देखिन्छ । हामी मुर्छित हुँदा पनि सपना देख्न सकिने अस्तित्वको कस्तो ब्यवस्था होला ?
सपना चलचित्र सरह हुन्छ तर सुत्ने बितिकै सपना देख्ने पनि होलान् । सपना देखाउने र देख्ने हो ? तपाईं त आँखा चिम्लेर, कान थुनेर आफुलाई बिस्तरामा समर्पित गरिदिनु भएको थियो । शरीरको प्रणालीलाई स्वचालित बनाउने चाबी भने प्राण वायुको नै हुनुपर्छ भन्ने मेरो दिनचर्या कस्तो छ ? मन कहाँ कहाँ आकर्षित हुन्छ, चाहना के राखिन्छ अथवा अति नै घृणा गर्ने बस्तु के हुन् वा को सङ्ग अति वैमनस्य छ । सायद तिनैलाइ अचेतन मनद्वारा मान्छेलाई अप्रत्यक्ष सन्तुष्टि दिन, प्रेरणा दिन वा सुचित गर्न सायद सपना देखाइएको हुनुपर्छ भन्ने मेरो ठम्याइ छ ।
छिटो निदाउन सक्ने कला भएकालाई निद नलाग्नेहरुको नजरमा ठूलो सम्मान जान्छ, दिनभरिको थकानको बोझलाई रित्याइदिई ज्यान मन हल्का गरिदिने पनि निद नै हो । त्यसैले डाक्टर र मनोचिकित्सक पनि बिरामीको प्रकृति हेरि निदाउने औषधि लेखिदिन्छन् र मनमा कुरा नखेलाउन सुझाउँछन् ।
के मन उडिरहनु नराम्रो कुरा होला त ? अहँ कदापि नराम्रो होइन । त्यो मनले शैतानको रुप धारण गर्न नसकोस् । यसरी भन्दा के बुझिएला ? मान्छेले सुख सुबिधा प्राप्ति प्रती आफ्नो धारणा निर्माण गरेको हुन्छ र कसरी प्राप्त गर्न सकिन्छ भनेर हर हमेशा सोचिरहन्छ । उस्ले कस्तो प्रकृतिको काम गरिरहेको छ त ? ती काम गर्दा कति सोच्नु पर्छ ? यदि शारीरिक श्रम संबेदनशील छ भने उस्को मन ध्यान त्यतै जान्छ । छैन भने उस्ले मन सोचेर आनन्द लिनतिर दौडाउँछ ।  
धर्मशास्त्रले पनि सपनाका फल र अवगुण सम्बन्धमा प्रष्टयाएको छ । फल कस्ले पाउछ ? कसैले नराम्रा परिणाम मात्रै, किन हुन्छ यस्तो ? त्यो आत्मिक कुरामा जोडिएको हुनुपर्छ । सपना देख्न छाडियो भने के हुन्छ ? कसैले भन्छन्– मैले सपनै देख्दिन, के यो सम्भव छ ? या देखेको सपनालाई प्राथमिकता पनि दिदैनन् वा बिउझिने बित्तिकै भुल्ने गर्छन्, त्यस्को भित्री सपनाको थियटर स्वयमकै कारण बन्द गराइएको हुनसक्छ ।
सपनामा मान्छे आकासमा उडिरहेको देखिन्छ, सुन्दरीहरु सङ्ग जवानीको उर्जा उत्साह साटिरहेको देखिन्छ, नदेखेका, नपुगेका ठाँउमा पुगिरहेको हुन्छ । कतिपय सपना अर्कोलाइ सुनाउन नसकिने खालका पनि देख्छ, के सपना नै सोचको परिणाम हुन् ? सोधियो भने मैले त यसबारेमा बिल्कुल सोचेको थिएन भन्छ । सपना आयो कहाँबाट ? भनिन्छ यो अचेतन मनकै काम हो, हामी निदाउँदा पनि त्यो जागृत हुन्छ रे । त्यो अचेतन मनको प्रभाव जान्न खोज्ने र त्यसैलाइ बिचार द्वारा निर्देशित गर्न सकिन्छ वा सकिँदैन ? यस सम्बन्धमा कमैले सोच्दछन् वा यसो भनौ मिठो र सुपाच्य सपना मात्रै देख्न विधि बिकास गर्न सकिँदैन ? जस्ले हाम्रो उर्जालाई अनावश्यक खर्च गरिदिन्छ । सायद यो पनि बिचारकै कुरा हो । सपनालाई साच्चिकै बिपनामा प्राप्त गर्न सकिन्छ त ? लाग्छ हामीले सपनामै देवी देउताको दर्शन पनि बडो हार्दिकतापूर्बक गरिरहेका हुन्छौ र त्यसपछि राम्रो दिनको शुभ लाभको अपेक्षा गर्छौ, यी चहाना मनमा किन पैदा हुन्छन् होला ? 
मलाई लाग्छ मान्छेको जीवनको रहस्य सारा सपना भित्रै छ जस्ले स्वभावको निर्माण गर्न मद्दत गर्छ, सपनाको एक्सरे गरियो भने मानिसका धेरै रोग निको हुन्छन् होला । सपना देखेरै सूत्र पत्ता लागेको पनि पढ्न पाइन्छ । जस्ले दिन रात नभनेर काम गर्छ र समाधानको लागि सोचिरहन्छ, त्यस्तालाइ अप्रत्यक्ष सङ्केत प्राप्त हुन्छ र त्यही आधारमा उस्ले प्राथमिक तरिकाले त्यसलाई ब्यबहारिक रूपमा उतार्छ र सफलता प्राप्त गर्छ ।
कहिलेकाही सपना पनि एकै रातमा भिन्न भिन्न देखिन्छन् तर तिनीहरुलाई जोडी अर्थ निकाल्न गाह्रो हुन्छ, किस्ताबन्दीमा देखिने सपनाले स्मरणमा झ्याप्प आउन पनि अफ्ट्यारो मान्छन् तर सपना निशुल्क देख्न सकिने गरिबको औजार हो भन्छु म, अतृप्तहरुको खाँचो टार्ने माध्यम हो, जिज्ञासासुको लागि भण्डार हो । तर सपनाको सदुपयोग सम्बन्धमा भने हाम्रो शिक्षा मौन छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper