banner
banner

हामी प्रो नेपाली बनौं

नेपाल देश र नेपालीको स्वार्थ रक्षाका लागि म जस्तोसुकै बलिदानी दिन तयार छु । आज प्रत्येक नेपालीमा यस्तै कसिलो भाव र भावना आवश्यक छ ।
प्रो.इन्डियन, प्रो.चाइनिज वा प्रो.अमेरिकन होइनौं, हामी नेपाली हौं ।
हामी पहिले नेपाली नै हौं, पहिला नेपाली नै हुनुपर्छ, यसैमा हाम्रो भलो छ । नेपाली हुनुमै सुखद भविष्य छ ।
जुनसुकै परिवर्तन अथवा जुनसुकै व्यक्तिको नेतृत्वको सरकार गठन भए पनि भ्रष्टाचारमा अडेको हाम्रो राज्यब्यवस्था दक्षिण–पश्चिमी वायुबाट प्रभावित छ । यसबाट मुक्ति नभएसम्म समृद्धि सपनामात्र हुनेछ । प्रत्येक नेपालीमा विवेकको विकास हुनुपर्छ ।
जुनसुकै ब्यवस्था आएपनि ईण्डो–वेष्टर्नका भनेर चिनिने अनुहारले मात्र प्राथमिकता पाउनु र नेपालीले अवसर नपाउने किन ? सबै पार्टीका प्रत्येक नेताले बुझ्नै पर्ने, भुल्नै नहुने सत्य के हो भने राजनीतिक सिद्धान्त र जनईच्छा विपरीत दलीय प्रतिषोध लक्षित राजनीति राम्रो भविष्यको संकेत होइन ।
   – प्रेमसागर पौडेल 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper