banner
banner

समस्याका जड १२ बुँदेका पात्रहरु

युवराज घिमिरे---
नेपाली राजनीतिका प्रखर विश्लेषक युवराज घिमिरेको दृष्टिमा अस्थिर राजनीतिक  समस्याको जरो के हो ? घिमिरे भन्नुहुन्छ– १२ बुँदेपछि संघीयता, गणतन्त्र तथा धर्म निरपेक्षता जस्ता महत्वपूर्ण विषयलाई ‘प्रगातिशीलता’ र ‘अग्रगमन’ को जामा ओढाएर नेपालका राजनीतिक नेतृत्व, नागरिक सामाज र मिडियाकर्मी त्यसको पछि त लागे नै, त्यसमा आम जनताको संलग्नता र प्रजातान्त्रिक शैलीको प्रयोग खोज्ने ठूलो तर असंगठित जमातलाई ‘प्रगतिशील’ र ‘पुरातनवादी’ भनेर पूर्ण रुपमा निषेध गरियो। कथित प्रगतिशील तथा अग्रगामी राष्ट्रिय र अन्तर्राष्ट्रिय समीकरण चीनलाई घेर्ने सामरिक चाल भएको विश्लेषणका साथ नेपालमा आफ्नो उपस्थिति, सहकार्य र निवेश बढाएको चीन अब नेपालको आन्तरिक राजनीतिमा पनि एउटा झन्डै निर्णायक शक्ति बनेको छ । राजदूत याङ्छीले त्यो शक्ति पटकपटक प्रदर्शित गरेकी छन्, सफलताका साथ । यो शैलीले केही समयमै चीनलाई भारतजस्तै अलोकप्रिय र अविश्वसनीय बनाउने छ नेपालमा भनी चीनले जति चाँडो महसुस र तदअनुसारको व्यवहार प्रस्तुत गर्नेछ नेपालमा, त्यत्ति नै छिटो नेपाली जनता आन्तरिक राजनीतिमा आफ्नो अपनत्व र निर्णायक हैसियत स्थापित गर्न सफल हुने छन् । तर त्यसका लागि १२–बुँदेका बाह्य र आन्तरिक पात्रहरु पछि हट्नैपर्ने हुन्छ । अहिले विदेशीलाई गुहार्नुको साटो नेपालमा सेनाको हस्तक्षेप खोज्नेहरुको संख्या बढ्नुलाई देशभित्रको बढ्दो
 छटपटी, वर्तमान सत्ता र बाह्य शक्तिप्रतिको समर्पण र राजनीतिक निर्भरता अनि सत्ताप्रतिको चरम असन्तुष्टिका रुपमा लिनु आवश्यक छ । राजसंस्थाको विवादास्पद शैलीमा अन्त्य घोषणा गरिएपछि राष्ट्र प्रमुखको संस्था तथा कार्यालयमा देखिएका दलिय चरित्र, मर्यादा र सम्मानमा पूर्ण क्षयले राजनीति थप अराजक, अमर्यादित र अविश्वसनीय बन्ने पक्का देखिन्छ । त्यस्तो अवस्थामा सत्ताका लागि जनताप्रतिको जवाफदेहिता शून्य हुने र विदेशीको मुख ताक्ने प्रवृत्ति सत्ता, प्रतिपक्ष र सत्ताकांक्षी नेताहरुमा झन् बढ्दै जाने छ । आन्तरिक राजनीतिका यस्ता प्रवृत्तिले सार्वभौमसत्ताको क्षयीकरण निम्त्याउने छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper