banner
banner

राजालाई विश्वास दिलाएर छुरी धसियो

दीर्घराज प्रसाई--
राजालाई विश्वास दिलाएर गिरिजाले पडाडिबाट छुरी हाने ! त्यसलाई धोका दिएर विदेशीको इशारामा आफै  राष्ट्रप्रमुख बनेर संवैधानिक मर्यादा तोडे । त्यसैको परिणम आज देश  अन्योलग्रस्त बनेको छ । 
२०६३  सालको जनआन्दोलन सफल भएपछि जनआन्दोलनको नेताको हैसियतबाट प्रधानमन्त्री  बनेर, २०४७ सालको संविधान अनुसार गिरिजाप्रसादले राजदरबारमा राजा  ज्ञानेन्द्रबाट सपथग्रशण गरे । तर त्यसलाई धोका दिएर विदेशीको इशारामा आफै  राष्ट्रप्रमुख बनेर संवैधानिक मर्यादा तोडे । त्यसैको परिणम आज देश  अन्योलग्रस्त बनेको छ । तर गिरिजाले राजालाई विश्वास दिलाएर पडाडिबाट छुरी  हान्ने कुकर्म गरे । 
क्रिस्चियनले पैसाको बलमा अफ्रिका र अरबभित्र पसेर कैयौं देशको विखण्डन र लुट मच्चाए । दक्षिण सुडानमा क्रिस्चियनकरण गराएरु सुडान फुटाएर छाडे । जहाँ क्रिस्चियनकरण गर्न खोजिएको छ त्यहाँ कही शान्ति छैन । पश्चिमी देशका मानिसहरु मानब अधिकारको नारा दिन्छन् तर क्रिस्चियन धर्मको समर्थन नगर्नेहरु मारिन्छन् काटिन्छन् । क्रिस्चियनहरु र त्यस्ता मानव अधिकारवादीहरुको हामी घृणा गछौं भ्रत्सना गर्छौं । राज्यले यस्ता अपराधीहरु पत्ता लगाएर कारवाही गर्नसक्नु पर्छ । अव यो पूण्यभूमि वरवाद गर्ने कामको पछि हामी कोही नलागौं । 
भारतीय  कांग्रेस (आई) ले नेपाललाई आफ्नो प्रभावक्षेत्र बनाउन माओवादी, कांग्रेस,  एमाले र थपनाकारुपमा अन्य केही पार्टीका नेताहरु समेतलाई २०६२ साल मंसिरमा  १२ बुँदे सहमतिमा हस्ताक्षर गराएर २०६३ सालको जनआन्दोलनमा अथाहा आर्थिक  सहयोग गरेको थियो । कांग्रेसमा  गिरिजा, एमालेका माधव नेपाल, माओवादीका बाबुराम भट्टराईहरु कपुत गद्दारहरु  हुन्–यो देशका जस्ले यो देशलाई वरवाद गर्दैआए । यिनीहरुकै कारणले अहिले  नेपाल खतरनाक अवस्थामा छ । 
इन्दिरा गान्धीले सिक्किम खाएपछि भनेकी थिइन्–‘सिक्किमलाई बुलेट (हतियार) प्रयोग गरेर कब्जा गरियो, अब नेपाललाई ब्यालेटबाट कब्जा गर्ने भनेकी थिइन् ! रअ’ भनेको इन्दीरा गाँधीले आफ्रना छिमेकी देशहरुलाई कब्जा गर्ने, दुःख दिन खोलिएको वदनाम गुप्तचर संस्था हो । 
कांग्रेस, एमालेका टाउके नेताहरुलाई सत्ता दिलाउने लोभ देखाएर २०६२ साल मंसिरमा भारतीय गुप्तचर संस्थाको सक्रियतामा १२ बुँदे सहमति गराइयो । यसैबाट नेपाललाई फसाउने यो भारतको रणनीति थियो । १२ बुँदे सहमति अत्यन्त खतरनाक खेल थियो । तर भारतीय कांग्रेस (आई) र उसको गुप्तचर संस्था ‘रअ’ ले अनेकौं षडयन्त्र गर्न सफल भयो । उसले छानी–छानी त्यस्तै खुंखार फटाहाहरु राजदूत र ‘रअ’ का हाकिमहरु छानी छानी नेपालमा पठाउँथ्यो । तर २०७१ सालको प्रारम्भदेखि भारतमा हिन्दु राष्ट्रवादी पार्टी सत्तामा आएकाले २०६२ सालदेखि ‘रअ’ ले प्रयोग गरेका गद्दार नेताहरु अताल्लिएको छन् । कांग्रेस, एमाले र माओवादीका नेताहरुको देशद्रोही अनुहार पनि सबैले देखिसकेका छन् । यिनीहरु कहिले पनि जनताको सामू सत्य कुरा बाल्दैनन् । तर भारतमा नरेन्द्र मोदीको सत्ता आएपछि भारतको रणनीतिमा हेरफेर भएको छ । नेपाल खाने कुरा भारतीयहरुले खुलुमखुल्ला सार्वजनिक गरिसकेपछि पनि यो देश बचाउन अव राज्यका सबै शक्ति–स्रोत, प्रमुख राज्यका अङ्गहरु– अदालत, नेपाली सेना, प्रहरी, प्रशासकीय व्यवस्था, देशभक्तहरु पार्टीभित्र र बाहिर जो जहाँ छौं पूर्वराजा ज्ञानेन्द्रसँग सहमति कायम गरेर देश डुब्नबाट बचाऔं ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper