banner
banner

नेपालमै परीक्षण थालियो

धर्मरत्न श्रेष्ठ---
  नेपालमै उत्पादित कोरोनाविरुद्धको औषधि ४ सय ६६ जनामा परीक्षण सुरु भएको छ । यसका लागि औषधि उत्पादकले ३६ लाख बराबरको औषधि निशुल्क उपलव्ध गराएको जनाएको छ ।
कोभिड १९ ले मृत्यु हुनेहरुको संख्या हजार नाघिसकेको छ । कोरोना झण्डै झण्डै घरघरमै फैलिन थालिसकेको स्थितिमा देउराली जनता फर्मास्यूटकल्सले फाबिर २०० नामक औषधि उत्पादन गरेर क्लिनिकल परीक्षण गराउन थालेको हो । कोरोनाले संसारलाई नै महाआपतमा पारिसकेको र मानव सभ्यता नै नरहने हो कि भन्नेजस्तो स्थिति सिर्जना गराइसकेका बेलामा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदिप ज्ञवालीका अनुसार यो औषधि कोरोना बिरामीमा काठमाडौं भित्र र बाहिर समेत क्लिनिकल परीक्षण सुरु भएको छ । नतिजा उत्साहबर्धक आउनेमा हामी बढी आशाबादी रहेका छौं ।
देउराली जनता फर्मास्यूटिकल्सका प्रबन्ध निर्देशक हरिभक्त शर्माका अनुसार कोरोना विरुद्ध प्रयोग हुने यो औषधि पहिलो पटक नेपालमै उत्पादन गरेर क्लिनिकल परीक्षणका लागि पठाएको हो । उद्योगले मुल केमिकल आयात गरेर नेपालमै विकास गरी फाभिर २०० ट्याबलेट उत्पादन गरेको र हाल यो औषधि कोभिड–१९ को अत्यावश्यक उपचारमा प्रयोगको लागि स्वीकृति दिन कानुनी व्यवस्था नभएको भनि अनुसन्धान गर्नको लागि मात्र स्वीकृति प्राप्त भएको छ । नतिजा उत्साहबर्धक आयो भने यो औषधिले स्वीकृति पाउन सक्ने कानुनी व्यवस्था पनि हुनसक्नेछ ।
“यो ओखती एन्टी फाइभर ड्रप हो । पहिलोपल्ट नेपालमै उत्पादित यो ओखतीको कोरोनाविरुद्धको प्रभावकारिता हेर्नको लागि प्रयोग भएको छ ।
यो औषधि इन्फ्लुएन्जाको लागि स्वीकृती भएको औषधि हो, यो औषधि जापान, रुस, भारत, चीनमा प्रयोग भइरहेको छ । नेपालमा पनि फ्ल्युको लागि प्रयोग गर्न औषधि व्यवस्था विभागले स्वीकृत दिइसकेको छ । नेपालमा कोरोनाविरुद्ध प्रयोग गर्नको लागि परीक्षण गर्न मिल्ने भनेर नै परीक्षण सुरु गरिएको हो । परीक्षण नतिजाका आधारमा बढ्नेछ ।
यो औषधि कोरोना विरामीमा परीक्षण गर्न औषधि व्यवस्था विभागले अनुमती दिएको छ । क्लिनिकल परीक्षण गर्दा सफलता प्राप्त भयो भने कोरोना बिरामीलाई खान सस्तो, सजिलो हुनेछ । अरुको किन भर पर्ने, नेपालमै उत्पादन र परीक्षण किन नगर्ने ? यही प्रश्नको जवाफमा फाबिर २०० औषधि परीक्षण भइरहेको छ ।
यो औषधिको परीक्षणको अनुमति दिने स्वास्थ्य अनुसन्धान परिषद् र औषधि व्यवस्था विभागबाट समेत परीक्षणको निगरानी भइरहेको छ । परिषद्ले तयार गरेको प्रोटोकलमा उल्लेखित सबै मापदण्ड अपनाएर काम भइरहेको छ । यौ औषधि अनेक परीक्षण गरेर नै थुप्रै मुलुकहरुले कोभिड–१९ का बिरामीहरुमा प्रयोग भइरहेको छ । यो औषधिले काम ग¥यो भने सर्वसुलभ र सस्तो पनि पर्नेछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper