banner
banner

चीनले किन भारत परस्त भन्यो ?

हुम्लामा चीनले ११ वर १२ नम्बर पिलर सा¥यो, सीमा मिच्यो भनेपछि ग्लोबल टाइम्सले कांग्रेसले नभएको सीमा विवादलाई उचालेको आरोप लगाउँदै भारत र पश्चिमा देश परस्त दलका रुपमा चित्रित गरेपछि कांग्रेसले नोभेम्बर १० मा प्रकाशित समाचारको खण्डन गरेको छ । कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ग्लोबल टाइम्सको आधारहीन र आपत्तिजनक टिप्पणीको नेपाली कांग्रेस निन्दा गर्दछ । नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र सुरक्षा हाम्रो सर्वोच्च स्वार्थ हो । नेपाली कांग्रेस छिमेकी देशहरु लगायत सबै मित्रराष्ट्रहरुसँग सार्वभौम बराबरीको आधारमा सम्बन्ध राख्ने कुरामा विश्वास गर्दछ । नेपाली कांग्रेस नेपाल बाहेक कुनै पनि देशको परस्त पार्टी हुन सक्दैन ।’

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper