banner
banner

के तुलना गर्ने ०४६ अघि पछिका ३० वर्षको

ध्रुवहरि अधिकारी--
सबैभन्दा ठूलो खडेरी भनेकै ‘विश्वसनीयताको खडेरी’ हुन पुगेको छ । तपाईं–हामी समाचारका उपभोक्ता आफूले उपभोग गर्ने वस्तुको शुद्धता र ताजापनमा ढुक्क हुने अवस्थामा छौं त ?  जति पनि बोल्न लेख्न पाइन्छ तर सुनवाइ कहीं कतै हुँदैन । पहिले यसको ठीक उल्टो अवस्था थियो । लेखिहाल्न सावधानी अपनाउनुपर्ने तर लेखेको, छापेको कुरामा शासकहरूको दृष्टि पुग्ने ।
२०७७ सालको भदौमा शुरू एक घटना हेरौं न । समाजसेवी, सत्याग्रही डा.गोविन्द केसीबारे मिडिया बोलेको बोल्यै छ, तर खोई तीन साता बित्दासम्म ‘जन–निर्वाचित’ सरकारबाट सुनवाइ भएको थिएन, देखिएन । कोरोनाको महामारीलाई समेत गम्भीर समस्याको रूपमा हेरिएन । के तुलना गर्ने खोई ४६ साल अघिका ३० वर्षको र पछिका ३० वर्षका कालखण्डको ! 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper