banner
banner

लुटैलूट छुटैछूट भएको देश नेपालमात्रै हो

प्रा. जनार्दन सुवेदी--
घोडगधा एउटा अचम्म को जन्तु होः चढ्न पनि नमिल्ने, काटेर खान पनि नमिल्ने । 
जुन देशका मन्त्री दलालहरु र कमिसन एजेन्टसँग दिनदहाडै आफ्नै कार्यकक्षमा अर्बौंको बार्गेनिङ गर्छन् र त्यसको अडियो सार्वजनिक हुन्छ । लोकलाजले पदबाट बिदा भए पनि पशुपतिको साँढे जसरी निर्धक्क समाजमा टाउको उठाएर जो चोर उसैको ठूलो स्वरको शैलीमा टेलिभिजनका पर्दामा वायु फ्याँकिरहेका देखिन्छन् । सरकारी निवास नजिकैको सरकारी जग्गा सत्तारुढ पार्टीकै ठूल्ठूला नेताको मिलेमतो र सहभागितामा रातारात गायब पारिन्छ । ढिलै भए पनि छानबिनमा त्यसको रहस्य बाहिर आउँछ । तर छानीछानी आफ्ना नेता र मान्छेहरुलाई छुट दिइन्छ, हो त्यस्तो सरकार छ हाम्रो देशमा ।...नेपालमा संघीयदेखि स्थानीय सरकारसम्म वडा कार्यालयदेखि प्रधानमन्त्री कार्यालयसम्म जहाँतहीँ राज्यको ढुकुटी मिलिभगत र सेटिङमा लुट मच्चाउने काम भइरहेको छ ।
एउटा अधिकृतको सरकारी बेतन जेजति हुन्छ, त्यति त त्यो अधिकृतले एक दिनमा सुरापानमा सकिरहेको दृश्य काठमाडौँमा यत्रतत्र देखिन्छ । एउटा प्रहरी अधिकारी जागिर खाएको २ वर्षभित्र कसरी करोडौँको मालिक बनिरहेको हुन्छ । सुरक्षा गर्ने प्रहरी आफैँ पैसामा बिक्री हुन्छ, न्यायाधीशले मोलमोलाई गरेर नगदमा न्याय बेच्छ अनि अख्तियारको मुख्य कामै अख्तियारको दुरुपयोग हुन्छ भने कसबाट अनि कहाँबाट नेपाली जनता आश गर्ने ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper