banner
banner

भारतले प्रधानमन्त्री रअका भनेर देखाइदियो

प्रेमसागर पौडेल---
प्रधानमन्त्री केपी ओलीले यसअघिको चुनावी सभाहरुलाई सम्बोधन गर्दै चटके शैलीमा भन्नुभएको थियो– हाम्रा राष्ट्रियहितको रक्षा गर्ने अभियानमा छौं । नेकपाले जितेपछि चिल्ला सडकहरू बन्नेछन् । ती सडकका ठाउँठाउँमा प्लेनसमेत ल्याण्ड गर्नसक्ने चौंडा हुनेछन् । देशभरि उद्योग, स्कुल, कलेज खुल्नेछन् । यतिधेरै विकास निर्माणका लागि पैसा कहाँबाट आउँछ भन्लान् । पैसा अमेरिकाबाट आउँछ । अब नेपालीका दुःखका दिन गए । नेकपाले जितेपछि नेपालीले सुतिसुति खान पाउँछन् । 
अहिले ईण्डियाले प्रम ओलीसमेत ‘रअ’ मातहतका हुन् भनेर देखाइदियो । हाम्रा प्रमले आफ्नो र देशको गरिमा बचाउन सकेनन् । हाम्रा नेतालाई ईण्डियन खुफिया एजेन्सीको मान्छे भनेर लाग्ने गरेको आरोपलाई सरकारले जबर्जस्ती पुष्टि गर्न खोज्दैछ । भारतसँग मैत्रीपूर्ण सम्बन्ध सुधार गर्ने नाममा राजनीतिक र कूटनीतिक क्षेत्रलाई उपेक्षा गरेर खुफिया र सेनालाई माध्यम बनाइनुले देश बलियो हुनसक्दैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper