banner
banner

भारतीय पत्रकार भन्छन्

वरिष्ठ भारतीय पत्रकार आनन्द स्वरुप बर्मा भन्छन ः ‘कालापानी नेपालकै हिस्सा हो, राजा महेन्द्रले भारतीय सेना बस्नमात्र दिएका थिए ।
नेपालविरुद्ध विष बमन गरिरहेको चर्चित टीभी आजतकर्कै रेडियोसँग गत शुक्रवार पत्रकार बर्माले यसरी सही सत्य बोलेका हुन् । तथापि भारतका मिडिया र केही नेताहरु नेपालमाथि खनिएकै छन् ।
भारतका स्थलसेनाध्यक्षदेखि भारतीय सत्ताले समेत कसैको इसारामा नेपालले कालापानी, लिम्पियाधुरा, लिपुलेक नेपालको नक्सामा हालेको आरोप लगाएका थिए । यसो भन्नु भनेको नेपालले चीनको बहकाउमा यस्तो गरेको भन्ने आरोप हो । यथार्थमा १८१६ को सुगौलीसन्धि देखिका तमाम नक्सा, प्रमाण भनिरहेका छन्– ती भूभाग नेपालका हुन् । जुन सत्यलाई बरिष्ठ पत्रकार बर्माले पनि सत्य नै भनेका हुन् ।
भारतले आफ्नो राजनीतिक नक्सामा हाले पनि र नेपाली भूभागमा भारतले अतिक्रमण गरे पनि भारतमा पनि बुद्धिजीवी छन्, सत्य बोल्छन् र ती भूभाग नेपालका हुन् भनेर वरिष्ठ पत्रकार आनन्द स्वरुप बर्माले बताइदिएका छन् । पत्रकार बर्माले यो विषयलाई दुवै देशले वार्ताका माध्यमबाट समधान गर्न सकिने पनि सुझाव दिएका छन् । ‘कालापानी नेपालको हिस्सा हो, सन् १९६२ मा चीनसँग युद्ध हुँदा कालापानीमा राजा महेन्द्र सरकारसँग अनुरोध गरेर भारतले केही समयका लागि सेना राखेको थियो, तर त्यहाँ भारतीय सेनाले स्थायी अखडा बनाउँदा अहिले अवस्था जटिल भएको हो ।’ यही जटिलताका बारेमा विश्व जनमतले पनि भारतीय हेपाह र अतिक्रमणकारी व्यवहारको मूल्याङ्कन गरिरहेका छन् । भारतले नेपाललाई सानो भनेर हेप्न सक्छ तर विश्वलाई अन्धकारमा राख्न सक्नेछैन ।
कालापानी क्षेत्रबको विषयमा लामो समयदेखि नेपाल र भारतवीच बिबाद रहेको र बारम्बार चर्चामा आउने गरेको पत्रबकार बर्माको दावी रहेको छ । दुवै देशका सरकारले यसको समाधानका लागि विलम्ब गरेका छन, वार्तामा बसेर यसको समाधान गर्नुपर्छ । नेपालको जमिन भारतले लिन चाहँदैन । भारत एउटा ठूलो राष्ट्र हो । भारतले हेपाहा व्यवहार गरिरहे नेपाल कतै ढल्किन सक्नेछ । नेपाल चीनतर्फ ढल्किरहेको भारतले सोचेको छ ।दुवै छिमेकी राष्ट्र हुन्, चीन र भारत । भारतले सधैँ यस्तो व्यवहार गरेमा नेपालले सहयोगको लागि कतै न कतै हात फैलाउनु पर्ने अवस्था आउन पनि सक्छ ।
नेपाली भूमिमा भारतीय सेना बसेको छ, नेपाली भूमि भारतले नक्सामा पारेको छ, जुन गलत छ । भारतले समयमै वार्ताद्वारा आफ्नो हस्तक्षेप सच्याउनुपर्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper