banner
banner

दाइजोको नाममा महिलाहिंसा अन्त्य गर

देवी काफ्ले---
दाईजोरदाईजो प्रथा विवाह पश्चात केटीको माता –पिताले माइती पक्षले) केटीलाई वा छोरीलाई दिएको धन(सम्पति, रूपियाँ–पैसा अथवा सामान (नगद र जिन्सी) दाईजो हो भने दाईजो दिने प्रचलन दाईजो प्रथा हो । दाइजो दिने र लिने चलन नेपाली समाजमा पहिलेदेखिनै प्रचलनमा पाइन्छ । नेपालको तराई क्षेत्रमा आज भोलि यसको प्रयोग दिन प्रति दिन नकारात्मक रूपमा बढिेरहेको छ । यहि प्रथाका कारण समाजमा अन्य थुप्रै सामाजिक कूरितिहरू निम्तिएकाछन् । दाइजो पाइने आशामा कति पुरूषहरूले दोस्रो, तेस्रो विवाह गर्ने गरेकाछन् । कतिपय पुरूषले त दाइजो नल्याएको भन्दै आफ्नी श्रीमतीलाई तथानाम गाली गर्ने, कुटपिट गर्ने र घरबाटै निकाल्ने पनि गर्छन् । आजभोली शिक्षा र चेतनाका कारण दाइजो प्रथा केहि मात्रामा घट्दै छ,यसलाई पूर्ण रूपले निर्मूल गर्न सबै मानिसलाई शिक्षा प्रदान गर्नुपर्छ र समय–समयमा दाइजो प्रथाको विरुद्धमा छलफल कार्यक्रमको आयोजना गर्नुपर्छ । ।
आजकल पहाडी समाजमा देखावटी दाइजो नलिने तर नेपथ्यबाट दाईजोको माग गर्ने अर्थात् सुधारिएको तरिकाले दाइजो माग गरिन्छ ।भन्दा सहज रुपमा हामीलाई दाइजो चाहिंदैन भनिन्छ । जब केटी मन पर्छ ।दुबैतर्फबाट बिवाहलाई राजी जब हुन्छन् अनि शुरु हुन्छ दाइजो माग्ने प्रकृया ।
मधेशी समुदायमा दाइजो तोकेरै मागिन्छ भने पहाडी समाजमा दाइजो तोकिंदैन नेपथ्यबाट मागिन्छ । दाइजो माग्दा बडो भूमिका मिलाईन्छ ताकी बेहुली पक्षको खर्च नसोचेको लाग्छ तर पनि राजी हुन्छ ।
पहाडी समाजमा दाइजो माग्ने तरिका–
– हामी त ठूलो खानदानका एकदिनको इज्जत त राखदिनुहोला । 
– हामीलाई सुन दिनु पर्दैन तर पाहुनाको अगाडि बेइजत नगरिदिनु होला ।
– बिहे भनेको एकपल्ट गर्ने घरमा भन्दा पार्टी प्यालेसमा गर्नु पर्ला एक दिन त हो नी ।
– जन्तीमा ठुलठुला मान्छे आउँछन् खाममा बिचार पु¥याउनुहोला अरु केही गर्नु पर्दैन ।
– सोफा दराज टिभि हाम्रै  छन् चाहिन्न आफ्नी छोरीले सुत्ने,सामान राख्ने ब्याबस्था मिलाउनुहुन्छ भने हाम्लाई हैन क्यारे ।
यसरी सर्प पनि मर्ने लाठी पनि नभांचिने तरिकाले  दाइजोको माग राख्छन् ।यहाँनेर एकदिनको इज्जत भन्नासाथ कुरा दाईजोकै बार्गेनिङमा जोडिन्छ ।एकदिनको इज्जत राख्ने खर्च त सय देखि करोड सम्मै हुन्छ । सासुका छड्के तिलहरी देखि ससुराका औंठी सिक्री, कोठाको सामान सजावट, खाना अनि दक्षिणा सबै एकदिनको ईज्जतमा पर्छन् । भोलि पल्ट कोही सोध्न आउँदैन त्यसैले पहाडी समाजको दाइजो माग्ने तरिका पृथक छ ।
हामीले देखेका धेरै घटना तराईका छन् । तर पहाडी समाजमा पनि यो बिकृति जिउँदो छ । बिडम्वना त के छ भने दाइजोको बिषयमा ज्वाला उठाउने अधिकांश महिला हुन्छन् पहाडी समाजमा भने मधेशमा पुरुष ।
 छोरो पाल्दा पढाउंदा समेतको खर्च हिसाब किताब जोड्छन् तर कसैले छोरी पाल्दा पढाउँदाको हिसाब जोड्दैनन् । स्वस्थ्य, शिक्षित बनाएर एउटा कुशल ब्यक्तित्व निर्माण गरेर पठाउँदा पनि छोरी बाउआमा सधैं झुक्नु पर्छ हाम्रो समाजमा । आफु जन्मेको घर, बाआमा, भाईबैनीसँगको लगाव टुटाउंदै एउटा अपरिचित परिवारमा पुगेर उनिीरुको ईच्छा अनुसार चल्नु पर्छ कहिलेकाहीँ सानो गल्ती गरे भने पनि उसको त्याग हैन सिधै बाआमा माथि लान्छना लाउन शुरु हुन्छ के दियको छ र तेरो बाउले मनपरि गर्छेस् जस्ता कटुवचन परिस्कृत हुन्छन् ।समय समयमा झस्काइन्छ फलानाको बुहारीले बिहेमा यति ल्याइ तेरा माइतीले के दिए भनेर कटाक्ष गरिन्छ अनि यो दाईजोको माग नभए के हो त ?
जति शिक्षित उति माँगका नयाँ शिलशिला छन् ।तराईमा मात्रै हैन पहाडमा पनि दाईजोका कारण कैयौं महिलाले हिंसा बेहोरेका छन् ।
तराईमा माग प्रष्टै हुन्छ । सायद भारतको बिहारको प्रभाव पनि होला ।तराई मधेशका छोरीबेटी भारतको बिहारसम्म लेनदेन हुन्छन् सायद उतैको प्रभाव होला । दैनिक जसो तराईका महिला दाईजोका कारण जलेका छन्, झुण्ड्याइएका छन्,घाँटी थिचिएका छन् । बिरोध हुन्छ केही दिन अनि साम्य हुन्छ फेरि अर्को सोही प्रकृयाको घटना घट्छ यसले २० को १९ भएको छैन । बरु घटनाहरु बढ्दो क्रममा छ । दाइजो दिनै पर्ने होईन उपहारको रुपमा दिने कुरा हो ।तर आज यश क्रियालाई प्रथा बनाएर समाजमा बिकृति बढाईएको छ ।यसका कारण समाजमा घरेलु हिंसा बढेको छ ।
शास्त्रमा समेत दाइजो लिन वर्जित गरिएको छ तर यहाँ  इज्जत र मानप्रतिष्ठाको हवाला दिंदै दाइजो तोकिन्छ ।नेपाल सरकारले दाईजो बढीमा १० हजार भन्दा दिन नपाईने कानून त बनायो तर लागू गर्ने कोहि छैनन् सायद त्यसैले प्रथा रोकिएन् । आजको समयमा छोराछोरी बराबर भनेर समान शिक्षादिक्षा, समान अवसर दिएर छोरी पनि छोरा सरह अर्थोपार्जन गर्न सक्ने बनाईएका छन् । अझै पनि दाइजो र छोरी बिबाहको तराजमा जोखिनु पर्छ भनेअस्विकार गरौं त्यस्तो परिवारलाई । गाउ–गाउँमा अभियान चलाऔं ।दाइजो रुपी भौतिक साधनसंग छोरी नसाटौं ।
जति पीडा छोरा जन्माउदा हुन्छ त्यति नै पीडा छोरी जन्माउदा हुन्छ ।जति परिश्रम छोरा हुर्काउंदा पढाउदा लाग्छ त्यति नै छोरीका लागि लाग्छ ।अनि एउटी बुहारी, श्रीमती पाल्न पनि उसको माईतीबाटै दाईजोको रुपमा रुपैया,सुन,साधन ल्याउनु पर्छ भने बिहे नै नगर । दाईजोको बहानामा बुहारी मार्ने,हिंसा गर्नेहरु एकपल्ट फर्केर त्यो छोरीको बाउलाई हेर जसले आफ्नो बिल्लीबांठ लाएर आफ्नो मुटुको टुक्रा तिमीलाई सुम्पेको छ ।
      दाईजोको नाममा महिला हिंसा अन्त्य गर ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper