banner
banner

काम हुन्जेल भाडो, काम सकियो ठाडो

स्वयम्भुनाथ कार्की– –
किम्बदन्ती छ ताजमहल बनिसके पछि बादशाहले त्यो ताजमहल बनाउने कारिगरको हात काट्न लगाएका थिएरे । आपूmले सफलता हासिल गरेपछि त्यो सफलताको बाटोबाट अरु कोही नआउन भनेर त्यसलाई बन्द गर्ने प्रवृत्ति तानाशाही हो भनेर भन्न हिचकिचाउन पर्दैन । सर्पले सर्पको खुट्टा देख्छ रे भन्ने भनाईमा वैज्ञानिक तथ्य नभए पनि लाक्षणिक रुपमा यो भनाई खूव चलेको छ । आपूmले सफलता हासिल गरेको बाटो बन्द गर्न खोज्नुले आत्मविश्वासको कमी त देखाउँछ, आफ्नो स्थान खोसिने डरले थर्कमान भएर देवराज  ईन्द्रले अरुको तपस्या जसरी भए पनि भंग गर्ने काम गरेको कुरा हरेक पूराण वाचकहरु सूनाउने गर्दछन् । सत्तामा टाँसिई रहन आपूmले प्रयोग गरेको भ¥याङ भाच्ने काम आजको नेपालका राजनैतिक ठालूहरुको प्रमुख काम भएको छ ।
राल्फाका गीतहरुले नेपालका सत्तास्वाद चाखिसकेका वामपन्थीहरुलाई तर्साउछन । छलफल, वहस आपैmलाई प्रजातन्त्रको पर्यायवाची घोषण गर्नेहरुलाई तर्साउने बस्तु भएका छन् । निर्वाचनको नामले त झन सातो नै जान्छ । पत्रकारहरुलाई आफ्नो हितको निमित्त मिसन पत्रिकारिता गर्न प्रेरित गर्नेहरु नै अहिले संचार जगत जिम्मेवार नभएका फलाको फलाक्दैछन । कलिला केटाकेटीलाई कखरादेखि नै आफ्नो राजनैतिक सिद्धान्तले ब्रेनवाश गर्नेहरु विद्यालय राजनीतिमूक्त हुनु पर्छ भनेर अर्ति दिन व्यस्त छन । शिक्षकहरुको काँधमा बन्दूक राखेर पुरानो सत्ताका सिकार गर्नेहरु, विध्यार्थीलाई शिक्षा दिने काममा नियुक्त भएर पढाउन भन्दा राजनीतिमा लागेर वर्तमानमा नेपालका चर्चित नेता भएकाहरु नै शिक्षकलाई शिक्षण वाहेक अरु काममा लाग्न नदिने कानँनको वकलत गर्दैछन् । यो आलेखको विषयवस्तु त्यसो गर्नु ठिक हो वा हैन भन्ने वारेमा विवेचना गर्नु होईन, केवल आपूmले गर्दा महान र अरुले गर्दा गर्न नहुने काम भन्ने अहंकारी प्रवृति औल्याउनु मात्र हो ।
गणेशमान सिंहको चाक्सी बारीमा भएको पञ्चायत विस्थापन गर्ने अघिवेशनमा भारतिय नेता चन्द्रशेखरले नेपालमा दुईसय भन्दा ज्यादा दल हुनु पर्ने कुरा गरेका थिए । कुरा सही वा गलत के थियो त्यो आफ्नै ठाउँमा होला । तर, त्यसै कुरालाई राजनैतिक स्वतन्त्रता हो भनेर आन्दोलन भयो । दल विहिनताको अन्त्य भयो । त्यसैको जगमा स्थापना भएको वहुदलिय व्यबस्थामा दलहरुको संख्याले नेपालमा दुईसय भन्दा धेरै दलको क्षमता छ र त्यो हुनुपर्छ भनेर आन्दोलन हाँक्नेहरुलाई प्रतिनिधि सभामा दलहरुको अधिकता र त्यसले पैदा गरेको त्रिशंकु सरकारहरुको अस्थिरताले पोल्न थाल्यो । आपसी झगडामा कहिले मुलुकमा सशस्त्र विद्रोह जन्म्यो त्यो पत्तै भएन । बहुलवादको आङ्खनो सिद्धान्त र त्यसलाई संस्थागत गर्ने विश्वको उत्कृष्ट भनेर आपैmले वारंवार भनेको संविधान पन्छाईयो । राजतन्त्रको वली चढाएर आफ्नो राजनैतिक सिद्धान्तको हारलाई बचाउने कोशिस समयले निरर्थक सबबित गरिदिएको छ । अव दलहरुको संख्या कम से कम गर्न चुनावमा थ्रेसहोल्ड चाहिएको छ । बहुलवाद उनीहरुलाई नै घाँडो भएको छ, जो हरहमेशा बहुलवादको जपना गर्दछ । 
संविधानसभाको चुनाव गर्दा हरेक समूह तथा वर्गको प्रतिनिधित्व गराउने नाममा सबैलाई अटाउन समानूपातिक निर्वाचन पनि थप गर्दा त्यस कामको खुवै प्रशस्ति गाईएको थियो । छ सय एक संख्यालाई अग्रगामी भनेर भन्न दिएको तर्कमा समावेशी अहिले पनि कर्णप्रिय र लोकप्रिय छ । संविधानसभाको दोश्रो निर्वाचन गर्ने ताका एकाएक छ सय एकको संविधानसभा ठूलो भयो । लाजै पचाएर संविधानसभामा दलहरुको संख्या कम गराउन पर्ने भन्न थालिएको थियो । धेरै दलहरु हुँदा आपूmले प्रभावमा पारेर मनोमानी गर्न पाईन्छ भन्ने आशामा ‘ककस’ ले तुषारापात गरेकाले आपूmले चढेको भ¥याङ भाँच्न आवश्यक भएको हुनुपर्छ । विभिन्न समूहहरुलाई उक्साएर आपूmले पाएको सफलतामा अर्काको त्यही भ¥याङको प्रयोगले ग्रहण लाग्न थाले पछि हिजोको भाँडो आज ठाँडो हुनै पर्ने थियो र भयो पनि ।
जुन कलिला बालवालिकामा संस्थापनाको विरुद्धको कूरा कोचाएको थियो तिनै आज वयस्क भएका छन् । शिशुकालमा थोपरिएका मान्यताबाट बाहिर निक्लन नसकेर निराशाको खाड्लमा जाकिदैछन् । उनीहरुले अर्को बाटो देखेका छैनन् । संस्थापनको विरोध संस्कार भएकोले गर्दा संस्थापनको विरोधलाई अग्रगामी काम नै सम्झन्छन् । आफ्ना नेताहरुले जे जे भन्यो त्यही मात्र ध्रुवसत्य हो अरु सवै असत्य हो भन्ने कुरा मस्तिष्कबाट निकाल्न नसक्नाले जहाँ मौका पायो त्यही आफ्नो असन्तुष्टि पोख्ने गर्दछन् । सकारात्मक सोच विकास नै हुन नपाएकाले कूहिराको काग भएका यस्ता वयस्कहरुको कुण्ठाले किशोरहरुमा आजका संस्थापनको विरुद्ध आक्रोस पैदा हुँदैछ । यो आक्रोस रोक्न आपूmले आक्रोस पैदा गराउन प्रयोग गरेको भाँडोलाई ठाँडो बनाएर आफल्नु पर्ने एक मात्र बाटो देखेका छन् ।
ताजमहल बनाउने कारिगरको हात काटे भैm त्यो बाटो बन्द गर्ने कामको सिलसिला शुरु भएको छ । सर्पले सर्पको खुट्टा देख्छ, त्यसैले आपूmले प्रयोग गरेको बाटो आपैm जानकार छन् । अहिलेका हास्यास्पद निर्णयहरु त्यही आपूmले चढेको भ¥याङ भाँच्ने अभियानको एक श्रृंखला हो । तर यिनको सर्वनाशले अरु बाटो पनि पक्रन्छ जो स्वाभिमानको रक्षा राष्ट्रवाद अनि नेपाली नेपाली विचको प्रेमको रुपमा आउँदै छ । यसलाई रोक्ने सामथ्र्य कसैको हुनेछैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper