banner
banner

कोरोना, व्यक्ति, सभ्यता र समाज

स्वयम्भुनाथ कार्की--
देखापरेको ११२ दिनमा संसारभरी १ लाखमा देखिन पुगेको यो कोरोना भाइसरसंग संसार भयभित भयो । डरले जति चनाखो भयो त्यति यसको पैmलने गति तिव्र हुँदै गएको छ । सामजिक दुरी कायम गर्न गरिएको आव्हान मानेर कार्यरुपमा उतार्न थालेको १२ दिनमा अर्को १ लाख थपिए । १५ दिनको कडी हुन्छ भनेर त्यो तोड्ने नाममा ‘लकडाउन’ गर्न थालेपछि त यो दिनमै लाख भन्दा ज्यादामा पैmलिन थालेको छ । अर्थात जति मानव भयभित भएको छ त्यति नै यसको पैmलिने दर तिव्र भएका छ ।
यो भाइरस देखापरेको यो सेप्टेम्वर महिनामा ११ महिना हुँदैछ । यो ११ महिनामा पनि यसको वारेमा विश्व स्वास्थ्यको जिम्मेवार निकाय अभैm कुहिराको काग भएको छ । गैर जिम्मेवारपनको परकाष्टा नै भन्नुपर्छ विश्व स्वास्थ्य सगठन यो भाईरसको वारेमा आफु र आफुले काखी च्यापेकाहरुले बाहेक अरुले बोल्न नै हुन्न भनेको जस्तो व्यवहार गर्न लागेको छ । यो स्वास्थ्य समस्या हो तर विश्व स्वास्थ्य संगठनले यति पनि हेरेको छैन कि सवैजसो मुलुकमा यससंग लड्न बनाइएका समिति, प्राधिकरण आदिमा स्वास्थ्य क्षेत्रका व्यक्तिहरु निर्णायक अवस्थामा हैन आज्ञापालक अवस्थामा छन । कयौ यस्ता उदाहरण छन कि ती आज्ञापालक स्वास्थक्षेत्रकाले आङ्खनो ज्ञानको आधारमा कुनै कुरा बोलेको अवस्थामा निकालिएका छन । अर्थात स्वास्थ विज्ञानसंग साइनो नभएका तर केही समाजिक राजनैतिक  परिचय कमाएकाहरुको अनुमानको भरमा निर्णय लिइन्छ ।
अनौठो कुरा छ, कोरोनासँग लड्न कसरी रणनीति तैयार गरिन्छ त्यसको क्रम । पहिले राजनैतिक, समाजिक र यस्तै समाजसेवीहरु कोरोनाको भयवाह अवस्थाको कल्पना गर्दछन् । किन कल्पना भनिएको भने यसमा फलाना सक्षम देशमा त यस्तो छ भन्ने हाम्रो जस्तो लाछी मुलुकमा पैmलियो भने कुन अवस्था होला भन्ने कल्पनामा आधारित हुन्छ यस्ता कुरा । जो ज्यादा जसो तथ्यमा भन्दा भयमा आधारित हुन्छ । त्यसमाथी यस्ता कुराहरुको ज्यादाजसो कुनै आधार हुन्न । फलाना देश जस्तो भयवाह होला भनेका उदाहरणमा उल्लेख भएको मुलुकमा त्यस्तो भयावह अवस्था भएकै हुन्न । त्यो काल्पनिक भयलाई पुष्टि गर्न पुरानो सिनेमाको फोटो, फुटेज प्रयोग गरेको पनि पाईएको छ । जिम्मेवार व्यक्तिले पनि यस्ता कुराको भरमा विदेशमा लास गाड्ने ठाउ नपाएर लास खप्टेर गाडेको कुरा गरेको सुनिएको छ । तर कुनै पनि यस्तो मुलुक देखिएको छैन यसरी लास गाडिएको होस ।
दोश्रोमा अति उत्साही पत्रकारहरु छन जो यस्ता कुरालाई प्रमाणिक भनेर प्रचार गर्छन दवाव पैदा गर्छन । यहा पत्रकारले आफुलाई पत्रकार भन्दा वकिल ठान्छन जसको काम आङ्खनो पक्षमा सहायता हुने कुरा बडाईचडाई गरेर र विपरित कुरा भरसक दवाएर पेश गर्नु हुन्छ । कुनै कुराको निमित्त भरसक वास्तविकता नभए पनि सबै पक्षको कुराको सुचना दिनुपर्ने पत्रकारको मुलभुत कर्तव्यवाट च्युत भएर मानवताको सेवा गरेको भ्रममा मानवता र मानव सभ्यतालाई नै चोट पु¥याएका हुन्छन । समाजमा कोरोना संक्रमित भनेको अछुत हो भन्नेसम्मको धारणा निर्माण गर्न अनजानमा नै यस्ता पत्रकारहरुको प्रमुख भुमिका रहेको हुन्छ । 
तेश्रोमा अव यो दुईथरीको दवाव थेग्न नसकेर र आङ्खनो पनि आधारभुमी त्यही भएर राजनीतिकर्मीहरु सवै तहका सरकारलाई कडा कदम चाल्न दवाव दिन्छन । निर्वाचितहरु पनि यसको प्रभावमा नपर्ने कुरै भएन त्यसैले हचुवाको तालमा कडा कदम चाल्ने निर्णय गर्दछन । आङ्खनो अवचेतनमा भएको तानाशाह हुने ललकको तुष्टिको निमित्त उनिहरु कसैको कुरा सुन्न पनि तैयार हुदैनन । भनिएको सुरक्षा सावधानी सबै अपनाउनेहरु पनि किन संक्रमित भए र आदेशको विपरित हजारौको भिड गर्नेहरुमा किन फाट्टफुट्ट वाहेक संक्रमण देखिएन भन्ने प्रश्न गर्नेलाई भरसक ताडना दिने मनसाय हुन्छ । 
चौथोमा यो निर्णय पालन गर्ने गराउने प्रसानिक तथा सुरक्षा निकायहरुको पालो आउछ । सरकारबाट उत्तम काम गरेको जस र पुरस्कार पाउने ललक उनिहरुमा पनि हुन्छ । त्यसैले कसैको ज्यान बचाउन भनेर चालिने कदममा लाठी चल्छ, पानीको फोहरा चल्छ, अश्रुग्यास चल्छ र गोलीसम्म पनि चल्न सक्छ । अव यो भन्दा अनौठो कुरा के हुन्छ जसमा आफ्नो र आफ्नो परिवारको ज्यान पाल्न, ज्यान वचाउन निस्केको जनता त्यही आफुलाई बचाउन गरिएको भनिएको निर्णयको शिकार बन्छन । केही दिन काम नगरे पनि हुन्छ भन्ने कुराको जवाफमा त्यसो भए तपाइहरुले पनि केही दिन नखाए पनि हुन्छ भन्न पनि सक्दैनन जनता ।
पाँचौमा स्वास्थ्यकर्मीहरु पर्दछन्, जो प्रसाशन, सुरक्षा निकायले बिना पीपीइ ल्याएको विमारीको परिक्षण नमुना निकाल्छन । उनिहरुको पुरा शरिर पीपीइले वेष्टित हुन्छ । तर सबैभन्दा धेरै यस्तै स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण भेटिन्छ । कुनै रोगीलाई कोरोनाको शंकामा एम्वुलेन्सबाट नै उतार्न नदिएर त्यही मर्न बाध्य गराउने स्वास्थ्यकर्मीहरु पनि छन्, जो चुनौती दिन्छन् विना पीपीइ कोरोना संक्रमितको सेवा गरेर हेर । भदौ २१ गतेको सरकारी तथ्यांकमा झण्डै ८ हजार घरमै आइसोलेशनमा छन् । यिनीहरुलाई हेरचार गर्ने परिवार कसैले पनि पीपीइ प्रयोग गरेको छैन । तर पीपीइ प्रयोग गर्ने स्वास्थ्यकर्मी किन अनुपातमा ज्यादा संक्रमित छन ।
आज यी प्रश्नहरुको जवाफ हरेक व्यक्तिले खोजेन भने मानव सभ्यता र समाजको विनाश हुन्छ  । जिम्दाको जन्ती र मर्दाको मलामी नभए मानव सभ्यता, मानव समाज अस्तित्व विहिन हुन्छ । अव ११ महिनासम्म डर बाहेक समाधान दिन नसक्ने विश्व स्वास्थ्य संगठनको औचित्य खोज्ने वेला भएको छ । यो समयावधीमा मानव सभ्यतामा परेको कुप्रभावको जिम्मेवार को हो भनेर सोध्ने वेला भएको छ । हिम्मतले र सहजवृत्तिले कोरोना हराउने र कोरोनाको भयबाट मानव सभ्यता बचाउने काममा हातेमालो चाहिएको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper