banner
banner

यो पिढीले क्षमतावान नेता पाएन

स्वयम्भुनाथ कार्की-----
सनातन सामजमा प्रचलित वर्ण व्यवस्था आपैmभित्र सुधारको र बाहिर आलोचकहरुको चोट खाएर समाप्तीतर्पm लम्कदैछ । यो परम्परागत वर्ण व्यवस्थाको स्थानमा त्यो भन्दा कयौ गुणा हानीकारक राजनैतिक वर्ण व्यवस्थाको विकास हुँदै छ । यो पिढीले क्षमतावान नेता नपाउनाको कारण यही राजनैतिक वर्ण व्यवस्था हो भन्न हिचकिचाउन पर्देन । यो कुरा यसरी अमुर्तरुपमा मात्र भनिने हो भने हावा खुस्केकाको प्रलाप भैm लाग्न सक्छ । त्यसैले राजनीतिमा सकृयहरुको सनातनी वर्ण व्यवस्थाको मापदण्डमा विवेचन आवश्यक छ ।
वर्ण व्यवस्थामा सबै कुराको अन्तिम निर्णय गर्ने, नीति वनाउने, शिक्षा दिने र वौद्धिकरुपमा सबै समाजलाई नियन्त्रण गर्ने काम ब्राम्हणले गर्दथे । उनीहरुले गरेको निर्णय अपवाद वाहेक अन्य सबैले विना कुनै प्रश्न मान्नु पर्ने हुन्थ्यो । राजनीतिकर्मीहरुमा यो स्थान शिर्ष नेताहरु भनिने वर्गको छ । राजनैतिक ब्राम्हणको यो समुदायमा को आउने हो को आउन नपाउने हो त्यसको निर्णय पनि यिनीहरुले नै गर्ने गर्दछन् । तैपनि बाहुल्यता आफ्नै परिवार वा आफ्ना निकटका नै हुने गर्दछ । पहिलो पिंढीमा शिर्ष नेता हुन आफ्नो ल्याकत, बर्कत र मेहेनत चाहिएको थियो होला तर अव शिर्षको प्रियपात्र एकमात्र योग्यता भएको छ ।
दोश्रो सम्पूर्ण समाजलाई साम, दान, दण्ड, भेद आवश्यकता अनुसार प्रयोग गरेर नियन्त्रयामा राख्नु पनि क्षेत्रियहरुको कर्तव्य थियो । शक्तिको अभ्यास गर्ने क्षेत्रियहरुलाई अन्य वर्गको जस्तो व्यवहार गर्न सहज थिएन । त्यसैले केही कुरामा आफु सरहको मान्यता दिईएको थियो । शास्त्रको अध्ययन गर्न क्षेत्रीयहरुलाई रोकटोक गरिएको थिएन । यही शैलिमा केहि बाहुवली, केहि व्यवहार कुशल, केही असरदार राजनीतिकर्मीहरु छन् । शिर्ष नेताहरु यस्ताको मान राख्छन् । आवश्यकता पनि पुरा गर्छन तर आफ्नो वर्णमा आउन भने दिदैनन् ।
यस्ता राजनीतिकर्मीहरु असंतुष्ट भए अर्को दल खडा गर्दछन् । तर उनीहरुमा शिर्षनेताको आकर्षण र निरन्तरता हुँदैन । त्यसैले छिटै यी राजनैतिक क्षेत्रीयहरु कि त पुरानै दलमा घर फर्केको भनेर समाहित हुन्छन्, कि अर्को दलमा समाहित हुन्छन । कथं अलग अस्तित्व राखे भने पनि राजनैतिक ब्राम्हण भएका दलहरु मध्ये कहिले यसको वा कहिले उसको गोटी बन्न पुग्छन् । एक पटक विद्रोह गरिसके पछि जे गरे पनि पहिलेको गति र स्थानमा पुग्न हम्मे हम्मे पर्दछ ।
तेश्रो सम्पूर्ण समाजको उत्पादन तथा व्यापार वैश्यहरुको हातमा रहेकाले महत्व त थियो । तर यो वर्णले अन्य सबैसंग सुमधुर सम्वन्ध राखेर आफ्नो फाईदा हेर्नु पर्ने आवश्यकता थियो । वाहिर पैmलिएको कारोवारको रक्षा नै यही सुमधुर सम्वन्ध राख्नुमा रहेकोले यो वर्ग हमेशा शक्तिको पुुजारी रह्यो, शक्तिको आकांक्षी रहेन । तर शक्तिको आफ्नो हितमा उपयोग भने पुरा गर्दथ्यो ।  न शक्तिभन्दा टाढा न शक्तिको नजिक हुनुमा नै भविष्य सुरक्षित गर्ने उपाय थियो । 
बुद्धिजीवि, उच्चपदस्थ कर्मचारी, समाजिक अगुवा आदि राजनैतिक वैश्यको वर्णमा गर्ने गर्दछन् । पद, प्रतिष्ठा जो सत्तामा आए पनि त्यसवाट हासिल गर्दछन् । राजनैतिक नियुक्ति, समाजमा आफ्नो प्रभाव कायम आदिद्वारा आफ्नो भबिष्यको सुरक्षाको निमित्त शिर्षनेताहरुको नजिक रहन चाहन्छन् । शिर्ष नेताहरु पनि आफ्नो स्वाथ्र्य पुरा गर्न सक्नेहरुलाई काखी च्याप्ने गर्नछन् । यिनबाट राजर्नतिक ब्राम्हण वर्णलाई कुनै खतरा छैन किनभने यी त्यो स्थानमा पुग्ने चाहना नै राख्दैनन् । 
चौथो वर्ण शुद्र हुन्, जसको काम सेवा गर्नु भन्ने तोकिएको थियो । पछिल्लो समयमा आएर यिनीहरुलाई ज्ञान वर्जित गरियो । आफ्नो कामसँग सम्बन्धित शिप र ज्ञान वाहेक अरु ज्ञानको अधिकार खोसियो । सेवकमा ज्ञान भएमा विद्रोह गर्दछ भन्ने सोच हुनसक्छ । तर क्षमता, शिप कौशलमा शुद्र कुनै वर्ण भन्दा कम थिएन । त्यसैले यिनमा तुच्छ व्यवहारले हिन भावना भरिन्थ्यो । शान्तिकालमा सम्पुर्ण समाजको बोझ शुद्रहरु कै काँधमा हुन्थ्यो । वास्तविक मेहेनत गर्ने, सबैको तारो भएर काम गर्ने तर हमेशा अन्य तीन वर्णको उच्चताको सम्मान गर्ने वफादार कार्यकर्ता तहका राजनीतिकर्मीहरु राजनैतिक शुद्र सरह छन । दलको अनुशासनको डण्डाले तर्साइएका यो वर्ण आफुभन्दा माथिकाले जे भन्यो त्यसलाई नै अन्तिम सत्य मान्दछ । त्यसैले जहाँ टाउको गन्ती गर्नु पर्ने हुन्छ यस्तैको प्रतिनिधित्व गराईन्छ । अफ्नो अन्तरआत्माले गल्ती देखेको कुरामा पनि सही थाप्न यो वर्ण वाध्य छ । न कुनै निर्णय गर्न यो वर्णलाई सोधिन्छ न निर्णय गर्ने तहसम्म पहुँच नै छ । यो निर्णय किन भनेर सोध्ने यसको अधिकार छैन । भित्रभित्रै मुुर्मुरिन्छ तर नेताको आदेशमा गन्तिको निमित्त आफ्नो टाउको पेश गर्दछ । राजनैतिक शुद्र वर्णले आफ्नो यो नियति स्विकार गरिसकेको छ । दुवै तर्पmबाट चोट पाएर पनि श्रद्धाभक्तिले राजनैतिक ब्राम्हणको सेवामा समर्पित रहन्छ । जबसम्म यो वर्णले आफ्नो यो नियति स्विकार गरिरहन्छ तवसम्म राजनैतिक ब्राम्हणको वर्चश्व कायम रहन्छ र जनताले दुख पाई राख्छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper