banner
banner

माफियाको छाया“मा नेपाल–चीन सम्बन्ध

प्रेम सागर पौडेल–
नेपाल–चीनबीच दौत्य सम्बन्ध स्थापनाको ६५औं बार्षिकोत्सवको अवसर पारेर त्रिभुवन विश्व विद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीति विभागले“Rising China and Nepal-China Relations Ahead zLif{sdf A Talk Program to Commemorate the 65 th Years of  Diplomatic Relations of Nepal-China” कार्यक्रम आयोजना गर्याे। परराष्ट्रमन्त्री मुख्य अतिथि रहेको यस कार्यक्रमको स्वरुपले यसको महत्वलाई मात्रै ओझेलमा पारेन यसले नेपालमा सरकारीस्तरमा नेपाल–चीन सम्बन्धलाई कसरी हेरिन्छ र कस्तो ब्यवहार गरिन्छ नङ्ग्याइदिएको छ ।
यस किसिमका कुटनैतिक महत्त्व र उद्देश्य बोकेका कार्यक्रम गर्नु र हुनुलाई निकै राम्रो मानिन्छ र उच्च स्थान दिईन्छ । झ्वाट्ट हेर्दा सरकारले निकै महत्व दिएर परराष्ट्रमन्त्रीले सहभागीता जनाएको जस्तो भए पनि कुन स्वार्थ र कसको लाभहानीमा आयोजना गरियो भन्ने विषयले यसको चर्चा बढेको छ । नेपाल–चीनबीच दौत्य सम्बन्ध स्थापनाको अवसरमा आयोजना गरिएको यस कार्यक्रमका प्रमुख अतिथि थिए परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली । कार्यक्रमको आयोजक त्रिभुवन विश्व विद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीति विभाग थियो। यस कार्यक्रमको अध्यक्षता गरेका थिए उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटाले गरेका थिए। अतिथिका रुपमा सहभागी थिए पूर्व परराष्ट्रमन्त्री तथा ईण्डियाका लागि नेपाली पूर्व राजदूत डा. भेषबहादुर थापा, पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा. रामशरण महत र ब्राजिलका लागि पूर्व नेपाली राजदूत प्रद्युम्न शाह ।
नेपाल–चीनबीच दौत्य सम्बन्ध स्थापनाका अवसरमा आयोजित कार्यक्रममा एकजना पनि चीनका लागि पूर्व राजदूत र नेपाल–चीन सम्बन्धमा भूमिका खेलेका वा सम्बन्धित ब्यक्ति अथवा परराष्ट्र मन्त्रालय चीन विभागका पदाधिकारी समेतलाई सहभागी नगराइनुबाट कार्यक्रम आयोजक र मुख्य अतिथिका रुपमा सहभागी परराष्ट्रमन्त्री समेतप्रति आशंका बढाएको छ । के नेपालमा नेपाल–चीन सम्बन्धमा योगदान पु¥याउने, भूमिका खेल्ने र चीनका लागि पूर्व राजदूत अथवा चीन मामिलामा अध्ययन गरेका मानिसको अभावका कारणबाट यसरी अन्य क्षेत्र र देशसँग सम्बन्धित ब्यक्तिलाई सहभागी गराएर कार्यक्रम गर्नुपर्ने बाध्यता आईपरेको हो ? वा आयोजकले चीनका लागि पूर्व नेपाली राजदूत वा अन्य सम्बन्धित ब्यक्ति वा निकायलाई अयोग्य ठानेर यस्तो गरेको हो ? के त्रिभुवन विश्व विद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीति विभागले सम्बन्धित देशसँगको विषयमा सम्बन्धित विज्ञ विषयब्यक्तिलाई सहभागी गराईनुपर्ने सामान्य ज्ञानको अभाव भएर हो ? आयोजकले जानाजान वा अनजानमा यस्तो रुपरेखा बनाएको भए पनि मुख्य अतिथिको रुपमा सहभागीता जनाएका परराष्ट्रमन्त्रीले किन चासो राखेनन् ? कि परराष्ट्रमन्त्री नै एक चीन नीतिकोे विरोधी वा चीनसँग सम्बन्ध राख्न चाहने वा नेपालमा रहेका चीनका मित्रहरूका विरोधी हुन् ? यस्तो जघन्य गल्ती कसको स्वार्थ र ईशारामा गरियो ? यसबाट छर्लङ्ग हुन्छ कि ईण्डो–पश्चिमाको ईशारा र स्वार्थमा सरकार तथा त्रिभुवन विश्व विद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीति विभागले यस्तो गरेका हुन ?
नेपाल–चीन सम्बन्ध ईण्डो–पश्चिमा माफियाको छायाँमा पारेर चीन विरोधीको स्वार्थमा यो र यस्ता थुप्रै कामहरू भइरहेको स्पष्ट हुन्छ । यसले के पनि पुष्टि गरेको छ भने यो सरकार एक चीन नीति विरोधी हो, नेपालमा रहेका चीनमैत्री नागरिक विरोधी हो र यो सरकार र ईण्डो–पश्चिमा दलालले पश्चिमाको कलो खाएर यहाँबाट चीनलाई चुनौती दिइरहेका छन्, यस्तो आरोप जनस्तरबाट लाग्ने गरेको छ। स्मरणीय छ, चीनका महामहिम राष्ट्रपतिले नेपालको राजकीय भ्रमण गरेर फर्किएको सात दिनमा छ वटा कथित स्वतन्त्र तिब्बत गतिविधि खुलारुपमा काठमाडौंमा गर्न यहीँ सरकारले छुट दिएको थियो र त्यस सम्बन्धमा काठमाडौंबाट प्रकाशित हुने गोरखा एक्सप्रेस साप्ताहिकले फोटो सहित समाचार छापेको अर्थात प्रकाशन गरेको थियो । एक चीन नीति मान्ने नेपाली नागरिकलाई (जो यो सरकारको चीन विरोधी ब्यवहारको विरोध गर्दैछन् लाई) हतोत्साहित गर्ने, सत्ताको आडमा उनीहरूको विचार दमन गर्ने र ईण्डो–पश्चिमाको दानापानीमा पालिएका वा परिचालितलाई नक्कली मित्र बनाएर स्थापित गरेर नेपाललाई चीनको विरुद्ध जासुसी गर्ने र दक्षिण तिब्बत टुक्र्याउने योजनालाई मलजल गर्ने उद्देश्यबाट यस प्रकारका काम ब्यवहार भइरहेका घाम जत्तिकै छर्लङ्ग छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper