banner
banner

परमेश्वरका बारे पा“च कुरा

डा.शास्त्रदत्त पन्त--
१. हरेक बर्ष देशले झेलेको जटिल समस्यमा एउटा बिशेष पुस्तक लेख्ने क्रममा यो पुस्तक ‘परमेश्वर’ पनि लेखिएको हो । ‘यथा राजा तथा प्रजा’, ‘बडाले जे ग¥यो काम हुन्छ त्यो सर्ब सम्मतः’ भन्ने जनबोली प्राच्य संस्कारको यथार्थ हो । प्रसंग के हो भने एक जना दानव संस्कारका व्यकितले प्रमको सपथ ग्रहण गर्ने समारोहमा ‘परमेश्वर’ शब्द उच्चारण गर्न इन्कार गरे । सपथनै पुरा नगरी उनलाई पदबाहली गर्न दिइएपछि मलाई दुइटा कुराले चसक्क छोयो । एउटा, मलाई लाग्यो, अब सबैले ईश्वर छैनन्, हुँदैनन् भन्न थाल्नेछन् । दोश्रो, कानुनी अथवा सिद्धान्तको राजनीति छोडेर व्यक्तिको शासन चल्ने छ । त्यसो भयो भने नेपाल नास्तिकको देश हुने छ, र याहाँको शासन हिरण्यकश्यपुले चलाउनेछन् । देबता र मानव दुबैको बेहाल हुनेछ ।
२. यस प्रसंगमा राक्षस समुहको छोटो चर्चा गर्न‘ उचित हुनेछ । राक्षस एक प्रबृत्ति हो । हरेक युगमा बिभिन्न रुपका राक्षश  हुन्छन् । यिनीहरु धेरै प्रकारका हुन्छन् । तीमध्ये प्रमुख चारप्रकारका हुन्छन्; दानव, दैत्य, राक्षश र अशुर । तिनको आचरण र कृयाकलाप अनुसार फरक मानिन्छन् । सबै प्रकारका दानव भौतिक उपभोक्ताबादी हुन्छन् । खाने र मस्ती गर्ने बाहेक अरु कुरालाई ध्यान दिदैनन् । दानव सबैभन्दा नरम हो, यिनले त्रीदेबलाई यस तहका हुन् । राक्षशले गाइगोरु लगायत अभक्ष खान्छन् । मानव अधिकारको उलंघन गर्छन् । ससाना कुरामा पनि झुक्याएर हत्याहिंशा गर्दछन् । अशुरले पनि हत्यामा विश्वास गर्छन तर राक्षशभन्दा नरम हुन्छन् । अहिले राक्षश र अशुर संयुक्त भएको शासन संचालनमा छ । अबसरको फाइदा उठाउने भौतिक उपभोक्ताबादी अशुरले याहाँ छलकपट गर्न थालेका छन् । पन्द्रशय शिर्षस्थ नेतालाई होली वाइन खुवाएर नेपालनै इशाईमय बनाउने अर्को दानवी सोचको प्रभाव जम्दै गएको छ ।
दैत्य ती हुन जस्ले विश्वलाई धनबलबाट हत्याउन चाहन्छन् । तिनले विनाशकारी बस्तु उत्पादन गर्दछन् । हतियार बारुद गोलाको ब्यापार गर्दछन् । बेश्यालय र शरावालय प्राथमिकतामा संचालन गर्दछन् । ती जनतालाई कमजोर बनाइराख्ने विषय बन्दछन् । स्वास्थ्यलाई हानी गर्ने खाद्यवस्तुको बिगबिगी हुन्छ । तिनको शिक्षा पद्धति पनि बिनियागिरी नै हुन्छ । शिक्षा र स्वास्थ्य जस्ता सेवा पनि ब्यापारका बिषय हुन्छन् ।  नैतिकता, आचरण, सत्चरित्रता, सत्य–न्याय, इमान्दारीता र कर्मयोगलाई वास्ता गर्दैनन् । पुनरजन्म, स्वर्ग–नर्क र पाप–पुण्यमा भरोशा गर्दैनन् । भौतिक धनलाई नै सबैभन्दा ठूलो मान्दछन् ।
३. आजको इण्डियामा १३१८ बर्षसम्म भारतभरिका ५६२ वटा राज्यमा इशाइ र मुसाइले उग्रतानाशाही र उपनिबेसिक शासन गरे । त्यस शासन कालमा वैदिक संस्कार, धर्म र संस्कृति भत्काउने काम भयो । बल प्रयोग गरेर मुसलमान र इशाईमा परिबर्तन गरियो । आज इण्यिामा भएका प्राय मुसाई इशाई हिँजको धर्म अनुयायी हुन् । मजहबान्तरण गर्न नमान्नेलाई उग्र ताडना दिइयो । त्यहीबाट बलात्कार, अपहरण, प्राणदण्ड, लुटी, ठगी बेइमानी, चोरी, मिसावटी ब्यापारको सुरु भयो । जनचाहना बिपरित कर उठाउन थालियो । समाजमा ठुलोसानोको भावना बढ्दै गयो । जातिपाती छुवाछुतले उग्र रुप लियो । सास्वत सत्य धर्मलाई मजहब सरह व्यवहार गरियो । फलतः आज पनि वैदिक संस्कारका अनुयायीले धर्मलाई हिन्दु, अझ कैयौंले त हिन्दू भनिरहेका छन् । अपौरुषीय र पौरुषीयलाई एकछत्त पारिएको छ । धर्म र मजहबलाई एउटै मानिएको छ । बिदेशी मुसाई–इशाईले नालन्द, तक्षशिला, बिक्रमशिला लगायत १५,८०० वटा विश्व विद्यालयहरु, गुरुकुलहरुलाई ध्वस्त पारेपछि घरघरमा पनि धर्मसंस्कार जोगिन सकेन । यसरी धर्ममा बिचलन आएका इण्डियाका नागरिकको ५२–५३ पुस्ता बितिसकेको छ । तिनले धर्मको मर्म बिर्सिसकेका छन् । तर यी सबै कालखण्डमा नेपालले निरन्तर धर्म संस्कार आजसम्म जोगाई राखेको छ, नत्र त वैदिक सभ्यताको अन्त्य भैसक्ने थियो । सृष्टि कालदेखि आजसम्म नेपालमा वैदिक संस्कार संस्कृति, सभ्यता र शासनव्यवस्था निरन्तर कायम छ । प्राच्यको राजसंस्था वैदिक संस्कारको अभिन्न अंग हो, पश्चिमाको जस्तो भोतिकबादी सामन्त होइन । भारतका जनताले वैदिक सभ्यतानै बिर्सिसकेका छन्, फलत तिनले नेपालमा रहेको विश्वको एक मात्र धर्मराजालाई उखेल्न सघाए । १९४७ मा जन्मेको इण्डियाले  सत्ययुगदेखिको निरन्तरता कायम रहेको हिमबतखण्ड नेपाललाई भाई भन्दछ, दाज्यू र भाईको अर्थ पनि थाहा छैन । नेपाल कहिल्यै कसैको दास भएन । तर अब इण्डियाको कारण दाश हुन थालेको छ । इण्डियाको कारण नेपालले आजसम्म जोगाई राखेको वैदिक सभ्यताको अन्त्य हुनेजस्तो देखिएको छ । त्यस्तो देखिए पनि यो कहिल्यै ननाशिने सत्य हो । विश्वब्रहमाण्डको नाश हुँदा पनि देववाण्ी र वेद (धर्म)को कहिल्यै नाश हुँदैन भन्ने धर्म विज्ञानसंगत तथ्य छ । 
नेपाल हिमबत खण्ड हो, तपोभूमि हो, शयौं ऋषिमुनिको तपोभूमि हो, ज्ञानबिज्ञान, आत्मा परमात्माको खोज भूमि हो । धर्मको उद्गमस्ल हो । वेद, पुराण, उपनिषदहरु तथा रामायण महाभारत, आयुर्बेद जस्ता उत्कृष्ट महाग्रन्थको उद्गम स्थल हो । यही थलोबाट मानवजातीको पहिलो उद्भव भयो । याहींनै धर्मको उद्बोध भयो । त्यो धर्म सास्वत सत्य हुन्छ, एउटामात्र हुन्छ, प्राणीमात्रको साझा हुन्छ । बसुधैबम् कुटुम्कम् यस्को दर्शन हो । प्रजातन्त्रको अर्थ पनि त्यही हो । विश्वका मानिस मात्र हैन सृष्टिका सबै प्राणी कुटुम्ब हुन् । सहनाभवन्तु, सहबैभ करवाभवै, शान्तिबाचन र प्रजातन्त्र यस्को दर्शन हुन्छ । यो दर्शन मानबको सृष्टिदेखि नै निरन्तर हुन्छ र महाप्रलय नभएसम्म यही लोकमा हुन्छ । प्रलयपछि पनि परमेश्वरका साथमा रहन्छ ।  
नेपाल ब्रह्माण्ड सृष्टिको सुरुदेखि निरन्तरता पाएको मुलुक हो ।पुराणभन्दा पहिले लेखिएको देवीभागबतमा नेपाल शब्दको उल्लेख छ ।  सृष्टिकालदेखि नेपालले हिमबतखण्डको स्वतन्त्रता र सार्बभौमिकता पनि जोगाएको थियो, छ । औपनिबेशिक शासनमा विश्वमा केबल ११ वटा स्वतन्त्र राष्ट्रहुँदा पनि  नेपाल ती मद्धे एक थियो, छ । 
४. यो पुस्तक वैदिक सभ्यता र संस्कृतिका महर्षिहरुले गरेको जस्तो आत्मा परमात्मा, जन्ममृत्यु, पुनर्जन्म आदि बारेमा गरिएको चिन्तनको रुपमा बिद्वत्ता छाँट्न लेखेको होइन । थोरै ज्ञान भएका सर्ब साधारण मानिसलाई अशुर र राक्षेशले भड्काएको भरमा परमेश्वरका बारेमा भ्रम नहोस भन्नकालागि मात्र लखेको हुँ । यस पुस्तकमा परमेश्वर छ, आत्मापरमात्मा छ भन्ने बारेमा केही तर्क र बिज्ञान संगत कुराको उल्लेख गरिएको छ । त्यस्को महत्ता जानेपछि हिमबत र भरतखण्डमा हिजो भएका नालन्द बिक्रमशिला, तक्षशिला जस्ता विश्वस्तरका विश्वविद्यालय तथा १८ बिबिध बिधाका वैशिष्ठयता प्राप्त विश्वविद्यालय संचालन गर्ने नेतृत्वदायी भूमिका खेल्नु तपोभूमि नेपालका प्रजातन्त्रपे्रमी नेपाली जनताको अवको आवस्यकता हो भन्ने बोध गरुन भन्ने आशय हो । 
५. छालाको जुत्तालगाएर, पिताको दागबत्ती दिने, कृयापुत्रीको हत्या गराउने, मन्दिरिभित्र दिशापिशाब गर्न लगाउने, गाईगोरु काटेर भोजन गर्न सिकाउने, पुख्यौली पेशा छोडन लगाएर लाखौंलाई रोजगारहिन बनाएर बिदेशिन बाध्य पार्ने, अरुको धन अपहरण गर्ने, सगोत्र बिबाह गराउने जस्ता आततायी काममा प्रोत्साहन गर्नेहरु यो देशको कार्यकारी प्रमुख हुनु लगभग हिरण्यकश्यपुले इन्द्रलोक कब्जागरेजस्तै क्षणिक कुरा हो । हिरण्याक्षहरु त्यस लहरमा छन् । बाहिरी दुनियाँमा पनि भौतिक उपभोक्ताबादी दानवी शोच हाबी छ । खुला र उदार अर्थनीति, बहुराष्ट्रिय कंपनीहरुको उद्योग ब्यापार पद्धति जस्ता उग्रभौतिकबादी सोच रहिरहे विश्वको कुलसम्पत्ति दश÷बाह्रजना व्यक्तिमा केन्दिृत हुनेछ, बाँकि सातअर्ब मानिस बिपन्न हुनेछन् । यस्लाई निर्मूल पार्ने कामको नेतृत्व अब नेपालले लिनु पर्दछ । माथि उल्लेख भए अनुसारको वैदिक शिक्षा पद्धति र धर्मको पुनस्र्थापन तथा वैदिक साम्यबादी शासन व्यवस्थाबाट भौतिक उपभोक्चाबादी सोचको अन्त्य अबको आवस्यकता हो । वैदिक साम्यबादमा दानवत्व र आततायी प्रबृत्तिको विनाश हुन्छ, कोही गरीव हुँदैनन्, कोही खर्बपति पनि हुँदैनन् । सबैले निस्काम सेवा भावले कर्म गर्दछन् । कर्मबाट आर्जित सम्पत्ति आफूलाई चाहिनेभन्दा बढि नहुनेलाई स्वइच्छाले दान दिन्छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper