banner
banner

किन छैन दासत्व मुक्तिको चाहना ?

स्वयम्भुनाथ कार्की----
विश्वमा जनताको तहबाट जति पनि आन्दोलन, विद्रोह वा क्रान्ति भए ती सबैका प्रमुख कारण शासक वर्गले जनतामाथि लादेको दासत्व थियो । मालिकले मजदुर माथि गरेको दाससरहको व्यवहारको विरोधमा हामी पनि मान्छे हौ भनेर शुरु गरिएकको आन्दोलनले नै कम्युनिष्ट दर्शनको गर्भाधान मात्र गरेन छोटो समयमा नै सफलताको शिखरमा पुग्यो, विश्वका कयौं मुलुकहरुमा शासन सम्हाल्न पुग्यो । यस्ता परिवर्तन पछि धेरै जसोमा शुरुमा दासत्व अन्त्य भएजस्तो लागे पनि मालिक बदलिएर दासत्वको निरन्तरता भएको पाईन्छ, पहिलेको भन्दा अझ उग्र । अपवाद बाहेक सबै क्रान्ति नायकहरुको व्यक्तिपुजामा रमाएका छन । व्यक्तिपुजाले उन्मत्त भएर तानाशाहमा रुपान्तरण भई लादिएका दासत्व पहिलेको भन्दा ज्यादा भयानक र दुखःदायी हुन्छ । पहिलेको अन्यायमा एक दुईको रुप वदलेर अरु थप्न धेरै सजिलो हुन्छ । ‘यो यो त भयो नी अरु विस्तारै हुदै जान्छ’ जस्ता तर्कहरु आउन थाल्छन । थप थोपरिएका वस्तुहरुलाई संक्रमणकाल, नयाँ प्रणाली स्थापनाको प्रसव पिडा भनेर हरेक कुरा युक्तिसंगत छन भन्ने सावित गर्न थालिन्छ । यसरी बुद्धि भुटिएका 
(अंग्रेजीमा ‘ब्रेनवास्ड’ं) दासहरुको फौज पैदा हुन थाल्छ । यस्ता दास परंपरागत दासहरु भन्दा ज्यादा भयानक र हानिकारक हुन्छन । मानसिक दासले आफु दासत्वमा फसेको पत्तो नै पाएको हँुदैन । उ आपैm भने स्वतन्त्रताको प्रचुर उपभोग गरेको भ्रममा बाँचेको हुन्छ । तर समाजका तल्लो तहकाहरु मानसिक दास बन्न कठिन छ । उनिहरु केवल आफुले भोग्नु परेको कष्टको मात्राले परिवर्तनका सकारात्मक नकारात्मक प्रभाव महशुस गर्दछन् ।
मनमा भावना भए पनि गर्ने उत्कण्ठ चाहना भए पनि वर्तमानमा नेपाल छोडेर कामदार भएर विदेशी मुलुक जानेहरुको पिडाले यो कुरा चिच्याई चिच्याई भनि रहेको छ कि मुलुक कतिसम्म गरिव मैत्री छ ? हो मुलुक बालमैत्री भयो होला, अपाङ्ग मैत्री भयो होला, महिला मैत्री वा यस्तै यस्तै दर्जनौ मैत्री भएको छ, यसमा कुनै शंका छैन, तर मुलुक सर्वसाधारण मैत्री रहेन । बरु शिर्ष नेता मैत्री भयो, तिनका आसेपासे मैत्री भयो अरुलाई भने केहि थियो भने त्यो पनि समाप्त भयो । त्यसैले हिजोसम्म हातमुख जोर्न हम्मेहम्मे पर्नेहरु करोडौंका गाडी चड्छन, लाखौको प्रसाधन तथा पोशाकमा हुन्छन । भोकाएको पेटलाई अनिश्चित समयमा आउने आश गरिएको राम्रो परिस्थिति पर्खन आव्हान गर्छ, न्याय माग्नेलाई ‘प्रक्रियमा छ छुमन्तर गरेर हुँदैन’ भनेर धैेर्य गनुृपर्ने उपदेश गर्न थाल्छ । पौरखी, परिश्रमी हातहरु जसकोे क्षमता मुलुकमा उपयोग गरेर मुलुकको सुनौलो भविष्य कोर्नुपर्ने थियो त्यो विदेशिएकोमा मुलुकको आर्थिक उन्नति देख्छ । त्यसवेला उसको मनमस्तिष्कमा दोश्रो चरणको मानसिक दासत्वको किटाणु प्रवेश भए भन्ने बुझे हुन्छ । जनताको ख्वामित बन्न लालयिहरु यस्ता लक्षण शुरु भएकाहरुको संरक्षण गर्न शुरु गर्दछन । के हुनसक्छ त्यो उपलव्ध गराएर त्यो दासत्वलाई उग्र बनाउने आधारभूमि तैयार गर्ने गर्दछन । अरवौ भ्रष्टाचार गर्न र उत्प्रेरित गर्दछन्, आफ्नो दक्षिणा व्यवधान भएपछि अनुसंधान, न्याय आदिको नाटक शुरु हुन्छ ।
नवदासहरुले हरेक कुरा कसले गरेको ख्वामितले कि ख्वामित विरोधिले भनेर मूल्यांकन गर्छ । आफ्नो मन बुद्धिले भनेको कुराको विपरित ख्वामितको के आज्ञा छ त्यो गर्न थाल्छ । उसको निमित्त आङ्खनो मन, परिवार, धर्म यहातक की मुलुक पनि मालिकको आज्ञाको सामुन्ने तुच्छ हुन्छ । आफ्नो यो दासत्वमा लज्जित हुँदैन बरु गर्व महशुस गर्दछ, कि उ एक समर्पित व्यक्ति हो जसले आङ्खनो सबै कुरा मालिकलाई अर्पण गरेको छ । उसलाई आफ्नो विषेशता, योेग्यता, क्षमतामा भन्दा ज्यादा गर्व कसैको इमान्दार सिपाही भएकोमा हुन्छ । यो कुरा लुकाएर हैन बरु गर्वले प्रचार गर्नु आफ्नो पुरुषर्थ ठान्छ । गुण र दोषको आधारमा समर्थन वा विरोध गर्ने कुरा मानव स्वतन्त्रताको उच्चतम रुप हो । जव मन कसैको दास हुदैन उ दासत्वको विरोधमा उठन सक्छ । जव कसैले दासत्व स्विकार गरी सकेको हुन्छ उसमा दासत्वमुक्तिको चाहना नै पैदा हुदैन । यहि परिस्थितिलाई तेश्रो विश्व भनिने मुलुकका राजनैतिक दलहरुले राम्रोसँग बुझेका छन । त्यसैले पार्टी अनुशासन, नेताको निर्देशन, दलको ह्विप (कोर्रा) जस्ता दण्डले मानसिक गुलामीसँगको विद्रोह रोकिने गर्दछ । पद, प्रतिष्ठा, कमाइको नियुक्ति जस्ता पुरष्कारले आफ्नो आत्मा र बुद्धिजाकटी राख्न प्रोत्साहन गरिन्छ । गुण र दोषको आधारमा समर्थन र विरोध पञ्चायतको आत्मा नै थियो जसलाई २०३२ सालमा समाप्त पारियो, राजा वीरेन्द्रको सोझोपनको फाईदा लिएर । त्यसैले त ०४६ सालमा ‘फलाना चोर, देश छोड’ भन्ने नारा लगाउनेहरु उनको लासलाई मुलुकको परंपरा मास्ने हतियार बनाउँदैछन् । विचरा राजा वीरेन्द्र मृत्यँ पछि पनि उनले तिनीहरुको सेवा गर्नु परेको छ जो नेपाल निर्माता बडामहाराजधिराजलाई आततायी भन्छन् । मध्ययुगिन नेपाललाई ११ बर्षमै आधुनिक नेपाल बनाएर विश्वमा शिर ठाडो गराउने आफ्ना बुबालाई तथानाम गर्दछन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper