banner
banner

विश्वले थचारेपछि भारत सच्चियो

काठमाडौं । भारतकै महान सम्राट अशोकले आफैंले गाडेको अशोक स्तम्भ लुम्बिनीमा छ र त्यहाँ पाली भाषामा लेखिएको छ– हिध बुधे जाते (बुद्ध यहाँ जन्मिएका हुन्) । अशोक चक्रमुनी चलेको भारतीय सत्ता आफ्नै सम्राट अशोकलाई गलत प्रमाणित गर्नसक्ने कुरै थिएन । विदेश मन्त्री एस शंकरले बुद्ध महान भारतीय हुन् भनेपछि नेपाल सरकारले मात्र होइन, युनेस्कोले समेत आपत्ति जनायो । पुरातत्वविदहरुले आश्चर्य प्रकट गरेपछि अन्ततः भारतले भोलिपल्टै अर्थात्, आइतवार विदेश मन्त्रालयका प्रवक्तामार्फत भन्यो– बुद्ध नेपालमा जन्मेकोमा कुनै शंका छैन । अव भारतले सधैंका लागि बुझ्नुपर्छ– बुद्ध नेपाली इतिहासका वास्तविक पात्र हुन् । भारतीय विदेश मन्त्री जयशंकर गलत साबित भए ।
भारतीय विदेशमन्त्रीले भारतीय उद्योगीहरुको संस्था आिईआईको मञ्चबाट किन त्यस्तो बोले ? त्यो रणनीतिक हुनसक्छ । केही वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएर संसदमै बुद्ध नेपालमा जन्मेको सत्य बोलेका थिए, पछि उनैले जर्मन पुगेर चान्सलरसँग बुद्ध भारतका भनिदिए । विश्वले पत्याएन । २ वर्षअघि राष्ट्रसंघको महासभामा मोदीले, भारतले विश्वलाई बुद्ध दिएको बताए, त्यो कुरा पनि विश्वले पत्याएन ।
भारतीय पत्रकार फरिद जकारिया सीएनएनबाट दशौं वर्षदेखि बुद्ध भारतमा जन्मेका हुन् भनिरहेका छन् तर कसैले उनको कुप्रचार पनि पत्याएको छैन । यतिबेला नेपालका प्रधानमन्त्रीले माडीमामा राम जन्मेको बताएपछि भारतमा ठूलै तरङ्ग फैलियो र त्यसैको काउन्टर दिन भारतले बुद्ध भारतमा जन्मेको बताएको हुनसक्छ । तर गलत गलत नै हुन्छ र पुरातात्विक प्रमाणहरुले बुद्ध नेपालमा जन्मेको शिद्ध गरिसकेको छ । बुद्धका विषयमा कुप्रचारले केही फरक पर्दैन ।
भारतप्रति अझै घृणा बढ्यो
काठमाडौं । नेपालको लुम्बिनी पारी भारतले नक्कली लुम्बिनी बनाइरहेको खबर आइरहेकै छ । नक्कली लुम्बिनी भारतलाई किन बनाइरहनु प¥यो, यो आफैमा संशयपूर्ण घटना हो । त्यही भारतले अहिले आएर बुद्ध भारतका हुन् भन्नु आकाशतिर फर्केर थुक्नुजस्तै भएको छ । भारतको नेपालमाथि आक्रमण जारी छ भन्ने यो अर्को प्रमाण हो ।
विदेशमन्त्रीजस्तो व्यक्तिले गलत बोल्दै बुद्ध भारतका महामानव भन्नु नै नेपालप्रति भारतको गिद्धेदृष्टि छ भन्ने प्रमाण हो ।
भारतीय विदेशमन्त्रीको भनाईप्रति नेपालमा तीब्र प्रतिक्रिया उठ्यो । नेपाली कांग्रेस, राप्रपाले समेत भारतको गलत मनसायको आलोचना गरे । नेपाल सरकारले बुद्धको जन्मस्थान नेपाल हो भन्ने विषय निर्विवाद भन्यो, राप्रपाले भारतको दावी तथ्यहीन भन्यो, अनि नेपाली कांग्रेसले बुद्ध नेपालको जन्मिएका हुन् भन्ने पौराणिक र प्रमाणिक तथ्यविरुद्ध बोलेको भन्दै जयशंकरको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएको छ ।
यसरी नेपालमा र बाँकी विश्वका बुद्धमार्गीहरुले भारतीय अभिव्यक्तिको कडा आलोचना हुनथालेपछि आत्तिदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भनेका छन् ‘हिजो विदेशमन्त्रीको टिप्पणी हाम्रो साझा बुद्धिस्ट सम्पदाको विषयमा थियो । गौतम बुद्ध लुम्बिनीमा जन्मिएकामा कुनै सन्देह छैन, जुन स्थान नेपालमा पर्छ ।’ भनेर सच्याएका छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper