banner
banner

राम राजनीति

भरत दाहालको टिप्पणी---
दुई प्रकारका सांस्कृतिक उपनिवेशको शिकार भैरहेको छ नेपाल । आत्मिक र भैतिक । भारतीय र पश्चिमा । यी दुबैथरी अतिक्रमणबाट नेपालीले आफ्नो सांस्कृतिक पहिचान गुमाउँदै गएका छन् । यो समस्याका विरुद्धमा कसरी लड्ने भन्ने कुरा सरोकारको विषय बन्नु पर्दछ । हिन्दूत्वका नाममा ईण्डियन गुलामी र आधुनिकताका नाममा पश्चिमा गुलामी दुबै औपनिवेशिकताहरु स्विकार्य हुँदैनन् ।
प्रधानमन्त्री ओलीलाई नेपालको संस्कृति विदेशीकरण हुँदै गएको चिन्ता हो भने यस्तो चिन्ता ‘होली वाईन सम्मेलन’का बारेमा पनि हुनु पथ््र्याे, आफ्नो जन्म दिनमा नेपालको नक्शाको केक बनाएर काट्ने पश्चिमा कुप्रवृतिमा पनि हुनु पथ्र्याे । तर यस्तो देखिन्न । नेपाल वैदिक भूमी हो भन्ने आम मान्यता छ । ओलीलाई नेपालको सभ्यता ओझेलमा परेको चिन्ता हो भने वैदिक कालका जति पनि ऋषि मुनीहरु छन्, ती मध्य को को यस भूमिका बसेर चिन्तन गरेका थिए र त्यस्ता ठाउँहरु कहाँ कहाँ छन् भन्ने खोज गर्न विज्ञहरुको अनुसन्धान टीम बनाएर काम थालुन् । आस्था, विश्वास र इतिहासका बहसका कुराहरु आवश्यक छन् तर यी कुराले मात्र मानिसको दैनिक जीन्दगी चल्दैन । यी कुराहरुमा त्यस्ता मानिसहरुको मात्र ध्यान जान्छ, जो खाने, लाउने समस्याबाट मुक्त छन् । नेपालीहरु बाँच्न सक्ने धरातल नबनिकन यस्ता मुद्दाहरुमा लडाईं हुँदैन । त्यसैले ओलीको सांस्कृतिक युद्धको तुक उनले नेपालीहरुको रोजगारी र देशको विकासका लागि के योजना बनाएका छन् भन्ने कुरासंग जोडिन्छ । 
ओलीको विरोधका नाममा अर्को दलालहरुको झुण्ड देखापरेको छ । यो झुण्डले ओलीले उठाएको कुराले ईण्डियासंगको सम्बन्धमा चट्याङ पारेको कुतर्क गरिरहेको छ । गौतम बुद्ध ईण्डियामा जन्मेको भनेर नक्कली तिलौराकोट बनाउने ईण्डियनहरुले नेपालीहरुको भावनामा चट्याङ  हानेको नहुने तर ओलीले रामको कुरा उठाएपछि ईण्डियासंगको सम्बन्ध समाप्त पारेको हुने भन्ने अतिरञ्जना कुर्सी दलालीको पराकाष्ठा हो । मोदीले ओलीको कुर्सी खोसि देला र खाउँला भनेर ‘आँ’ गरी बसेका परजिवीहरुको चित्कार हो यो । एकथरी ईण्डियन दलालहरुले नेपालको धर्म, संस्कृतिको केन्द्र भनेकै ईण्डिया हो भन्ने मनोविज्ञान बनाउन खोज्दै आएका छन् ।
रामका नाममा जसले पक्ष र विपक्षमा कुरा गरिरहेका छन्, यो सबै राजनीति हो । यसलाई प्राज्ञिक बहसका रुपमा संगठित गर्न आवश्यक छ । राम कहाँ जन्मेका थिए ? कति बर्ष बाँचेका थिए ? रामायणमा लेखिए जस्तो आदर्श पुरुष हुन कि होईनन् भन्ने कुराहरु सबै अनुमानका कुराहरु हुन् । जीवनवादी बुद्धलाई पछिका लेखकहरुले भगवान बनाए, येशु मरेको सैयौं बर्षपछि लेखिएको बाईबलमा पानैपिच्छे विरोधाभाषपूर्ण उट्पट्याङ कुराहरु लेखिएका छन् । बजारमा किन्न पाईने ‘मनस्मृति’का आधा दर्जन जति प्रकार छन् । कुरानको कथा पनि यही हो । सम्बन्धित पात्रका विषयमा सैयौं वा हजारौं बर्षपछि थरिथरिका लेखकहरुबाट लेखिने साहित्यमा कति सत्यता हुन्छ ? विवादास्पद कुराहरुका बारेमा धारणा राख्दैमा कुनै देशसंगको सम्बन्ध खत्तम भयो भन्नु दलाली हो । 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper