banner

जनताले पनि कर्तव्य पूरा गर्नुपर्छ

स्वयम्भुनाथ कार्की--
वर्तमानमा नेपाली जनतालाई एक गज्जवको नशाले गाँजेको छ । विदेशमा स्थायी वा अस्थाई बसोवास गर्नेहरुमा यो नशा धेरै चढेको छ । त्यसको देखासिकी नेपालमा बसेकालाई पनि यसले आक्रान्त बनाउदै जाँदैछ । यो रोग हो अरु वेलामा नेता र दलहरुको उछित्तो काढ्ने तर जव त्यही दल वा नेताको कुनै कार्यक्रम हुन्छ त्यहाँ हात जोडेर हाजिरी बजाउने । अलिअलि मान्छे जम्मा भएर संगठन माथि संगठन खोल्ने । त्यसलाई प्रचारमा ल्याउन खेल आयोजन, खाना वितरण, दाउरा वितरण आदि गर्ने । अनि राजाको विरोध र समर्थनमा गफ हाँकेर बुद्धिजीवि कहलाउने प्रयत्न गर्ने । हो वर्तमानमा नेपाल साह्रै कठिन अवस्थामा छ, नेपाली मन र मुटु आफुमा भएको ठान्ने सबैको यसमा चासो हुन स्वभाविक नै हो । तर, के यस्ता अर्थ न बर्थका कामले नेपालको कठिन अवस्थामा सुधार हुन्छ त ? अझ त्यो भन्दा ठूलो प्रश्न त के नेपालको वर्तमान स्थितिको निमित्त राजा, राजनैतिक दल वा नेता मात्र जिम्मेवार हुन त ? जनताले केही भूल गरेकै छैनन त ? ‘राजा आउ देश बचाउ’ भनेर राजाको सामुन्ने नारा लगाउने लाउकेहरु हुन वा ‘राजा भनेको सामन्तवादका अवशेष हुन्’ भन्ने फतौरे हुन्, उनीहरुको भन्दा ठूलो गल्ती ती जनताको छ जो यस्ताको होहोरेमा कुद्ने गर्दछन । 
आफुलाई उचित लागेको जुन कुरा मान्न पनि जनता हमेशा स्वतन्त्र थियो र छ पनि । तर केहि सोचविचार नै नगरी जो आए पनि त्यसैको पछि झुण्ड लगाएर कुद्ने जनताले दुख नपाए कस्ले पाउने ? मतदान सकेर बाहिर निस्कने वित्तिकैदेखि आफुले मत दिएर आएको नेतालाई तथानाम गर्न शुरु गर्ने । अर्को पल्ट मतदान गर्न जाँदासम्म यो कायम राख्ने । मतदिने मिनेटमा भने फेरी त्यसैलाई मत दिने काम पाखण्ड हो कि आङ्खनो स्वतन्त्रता आपैmले बन्दकी राखेर स्विकारेको दासता ? संसद विकास कोषबाट सहायता पाउने आशामा गरिएको संसदको चरणवन्दनालाई कुन श्रेणीमा राख्ने ? नेता र दलको चरणवन्दनालाई लोकतन्त्र, स्वतन्त्रता, अग्रगमन सम्झनेहरु कै कारणले मुलुकको आज यो वेहाल भएको हो । यसो गर्ने नेता वा दल हैनन जनता नै हुन्, अनि आफुले कर्तव्यको स्थानमा अकर्तव्य गरेर अरुलाई गाली गर्नुको कुनै अर्थ छैन । विदेशमा बसेर नेपालको विषयमा टिप्पणी गर्नु अनुचित त हैन, तर अधुरो जानकारीको भरमा, सत्यभन्दा हल्लाको व्यापार गर्ने अनलाईन समाचारहरुको आधारमा जातिय विद्वेशका टिकाटिप्पणी गर्नु अपराध नै हो । विदेशमा स्थाई वा अस्थाई वसेकाहरुले आफुलाई नेपालमा बसेका भन्दा श्रेष्ठ ठान्नु अनुचित हो । 
कारण चाहे जे होस उनिहरु नेपाल भित्रको राप र ताप खप्न नसकेर यो भन्दा सहज जीवन वा मौकाको खोजीमा बाहिरिएका हुन । नेपालमा बसेर हालतसंग लडेर बस्नेहरुभन्दा उनिहरु योग्य हुन सक्दैनन् । यो चुनौती पनि हो, स्विकार भए विदेश छोडेर नेपाल फर्केर दुईचार बर्ष यहाँको परिस्थितिसंग पौठाजोरी खेलेर देखाए हुन्छ । नेपालको हालत सुधार्न नेपाल भित्र बसेकाहरुले पु¥याएको योगदानको दशांश पनि उनिहरु योगदान पु¥याउन सक्दैनन । अति नै गरे आङ्खनो आस्थाको दलको निमित्त कोषको व्यवस्था गर्लान वा आङ्खना नेता आए तिनीहरुको स्वागत गर्लान । कोही राजा फर्कन बल गर्दैछन भन्ने हल्ला उडाउन तल्लिन छन । यसै हल्लाको आधारमा अनेकौ अड्कल र समाचारको नाममा कल्पनाको उडानको व्यापार राम्रै फष्टाएको छ । उनले किन फर्कन प्रयत्न गर्ने ? के उनले जनतालाई शान्ति र सुव्यवस्था दिन गरेको प्रयत्नको मुल्यांकन गरियो त ? बरु त्यसको स्थानमा अनेकौ किसिमका फत्तुर र आधाहिन आरोप लगाईयो । आधारहिन भन्ने प्रष्ट कारण छ, यत्रो वर्षदेखि आफुलाई लगाएको आरोप सावित गर्न चुनौति दिएर गद्दी छोडेर बसेका उनलाई लगाईएको कुनै आरोप सावित भएन । 
हो पुर्खाको परंपरा धान्न राजाले भने मैले नेपालको घरवार त्यागेको छैन, आधारको भार त्यागेको छैन । यसको अर्थ उनि गद्धिमा फर्कन लालयित छन भन्ने विल्कुलै होईन । उनिबाट त्यस्तो प्रयत्नको निमित्त कुनै किसिमको लगानी हुने छैन । कारण स्पष्ट छ, जनताले कसबाट के भूमिका खोजेको त्यो स्पष्ट गरिनु पर्दछ । यो स्पष्ट कोठे गफ वा तर्कले होईन पाखा लगाउन जुन विधी अपनाईएको थियो त्यहि विधीबाट हुनु पर्दछ । सडकमा उत्रेका जनताले पाखा लगाएको भनेर भनिन्छ भने यदि उनको भूमिकाको अपेक्षा गरिएको हो भने त्यो पनि सडकबाटै भन्नु पर्दछ । जबसम्म सडकबाट आव्हान गरिदैन तवसम्म उनी फर्कन्छन भनेर कोही नडराए हुन्छ, वा कोही खुशी नभए हुन्छ । त्यसैले फलानासँग बैठक भयो, फलाना फलानासंग यस्तो शर्त भयो भनेर कल्पनाको घोडा दौडाएको कुरालाई समाचार बनाएर त्यसले डराउने वा खुशी हुने आत्मरतीको कुनै अर्थ नै छैन । उनको माग नेपाली जनतासंग हो त्यो स्पष्ट राखिसकेका छन । यदि राजाको भूमिका चाहिने भए सडकबाट आव्हान गर्नु पर्छ नत्र बिना भूमिका पनि नेपाल मै रहन उनी तैयार छन् । किनकी उनले दरवार छोडेका हुन्, घरवार र मुलुकको आधारको भार छोडेका छैनन । चाहिए जतिखेर बोलाए पनि हुन्छ, नबोलाए आउन्नन त्यो पक्का हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper