banner
banner

प्रचारयुद्धमा माहिर ओली

शाश्वत शर्मा --
एकथरिको विचारमा वर्तमान प्रम ओलीले आफ्नो नाकामयावी र भ्रष्ट प्रवृत्तिको ढाकछोपकै लागि राष्ट्रियताको मुद्दालाई अगाडि सारेर जनताको ध्यान अन्यत्र सारेर सहानुभूति बटुलेका छन् । अर्काथरि छन्, जो ओली र उनको टिमलाई प्रचारयुद्धको महारथी मान्छन् । यतिबिघ्न भ्रष्टाचार, मुलुकको दैनन्दिनी कार्यमा असफल, कोरोनाको रोकथाममा पूर्णतः असफल भइसकेपछि पनि ओलीको समर्थनमा जुलुस र नाराबाजी हुनु त्यो प्रचारयुद्धकै सफलता हो । अहिले आफूलाई मात्र होइन, राष्ट्रपतिलाई समेत महाभियोग लगाएर हटाउने षडयन्त्र भएको भनेर प्रचार गरेको पनि सहानुभूति लिनकै लागि हो ।
अर्थात मुलुक ओली समर्थक र विरोधीवीच विभाजित हुनपुगेको छ ।
वर्तमान प्रम ओलीका हजार गल्ती कमजोरी होलान् तर उनलाई सत्ताच्यूत गर्नु भनेको भारतीय बिस्तारवादलाई मुलुकको राजनीतिमा हावी हुन दिनु हो । ओली राष्ट्रवादी हुन्, प्रचण्ड, माधव नेपाल, वामदेव, झलनाथ खनालहरु भारतीय इसारामा सरकार फेर्न हिडेका छन् । चित्र यस्तै देखिन्छ । यो नेकपाभित्रको सत्ता संघर्षले मुलुक अनिश्चिय र अन्यौलको भूमरीमा देखिन्छ । दुई तिहाइको सरकार पनि यति अस्थिर ।
०४६ सालपछिका अल्पमतको सरकारहरुले राम्ररी काम गर्न सकेनन् । बहुमतको सरकारले काम गर्न नसकेर मध्यावधिमा जानुप¥यो । हिजो सांसद किनबेच थियो, आज आफ्नै पार्टीका सांसदहरु तानातान छ । भारतले यो सरकार ढाल्न लागेको कुरा प्रधानमन्त्रीले खुलेआम भनेका छन् । यहाँसम्म कि सांसद मन्त्रीहरुलाई माधवतिर लाग्ने कि म तिर भनेर भन्न थालिएको छ । ओलीको अभिव्यक्तिले उनको क्रेज ह्वात्तै बढेको छ । सीमा अतिक्रमण र राजनीतिक हस्तक्षेपका कारण नेपालमा भारतविरोधी भावना व्यापक छ । इनफ इज इनफ सरकारविरोधी आन्दोलनसमेत शिथिल भएको छ । यद्यपि कर्मचारी आन्दोलन, खोकनाका किसान आन्दोलन, स्वास्थ्यकर्मी आन्दोलन, एमसीसीविरोधी ान्दोलन, इनफ इज इनफ आन्दोलन, ट्याक्सी चालक आन्दोलन, निजी विदालय सञ्चालक आन्दोलन, शिक्षक आन्दोलन, नागरिकता विधेयक विरुद्धको आन्दोलनदेखि राजतन्त्र पुनस्र्थापना र हिन्दुराष्ट्र हुनुपर्ने आन्दोलन को चर्चा जारी छ । ज्ञानेन्द्र शाहीदेखि भण्डारी, प्रेम केदी, भरत दाहालहरुको अभियानको चर्चा पनि बाक्लै छ । तर पनि भ्रष्ट शासनको बिरोधलाई प्रम ओलीको अभिव्यक्तिले सर्लक्कै छोपिदिएको देखिन्छ । राष्ट्रवादी आन्दोलनकारी सबै अहिले ओलीलाई पदच्यूत गर्ने बेला होइन, देशभक्तिको भावना बढाउने र कोरोनाको महामारीसँग जुध्ने बेला भनिरहेका छन् । अझ भारतको षडयन्त्रमा परेर पार्टी फुटे ओली र प्रचण्ड त आआफ्ना बाटो लाग्लान्, माधव नेपाल, झलनाथ खनालहरुको हविगत केहोला ? नेकपाभित्र ठूलै भुइँचालो जाने कि युद्ध बिराम हुने भन्ने स्थिति छ । एमाले र माओवादीवीचको एकीकरण यतिखेर आएर कम्युनिष्ट शासनको एकाधिकार खोज्नेहरुका लागि महगो सावित हुनपुगेको छ । यी दुबै एकाकार भएर पाइलामा पाइला मिलाएर चल्न नसक्ने स्पष्ट हुनपुगेको छ । यसकारण तत्काल वा केही समयपछि पार्टी फुट्यो भने आश्चर्य नमाने हुन्छ । बुढो पुस्ताले युवा पुस्तालाई अवसर दिन्छन् भनेर नसोच्नदा पनि हुन्छ, बुढोपुस्ता सत्ता भनेपछि हुरुक्कै हुने चरित्र एकपल्ट पुनः देखाउन पुगेका छन् । नेकपाभित्रका युवाहरु नेतृत्व लिन अग्रसर नहुनु अर्को गल्ती हो । होनहार देशभक्त र जागरुक युवा छन्, तर ती सतहमा देखिएनन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper