banner
banner

बिरोधी र समर्थक दुवैलाई तरङ्गित पार्ने पात्र

स्वयम्भुनाथ कार्की-
यो आलेख शुरु गर्दा नेपालमा गणतन्त्र कार्यान्वयन भएको भनेर भनिएको १२ बर्ष १ महिना पुगेर दोश्रो महिना टेक्दैछ । यो वेलामा त्यो घोषणाको वैधानिकताको प्रश्नले कुनै अर्थ राख्दैन । न वेलावेलामा विभिन्न तरिकाले उठने गरेको सात दल र राजा वीच भएको भनिएको सम्झौताको नै कुनै अर्थ छ । त्यसको अस्तित्व छ वा छैन भन्ने चर्चा गरेर पनि केही अर्थ छैन । किनभने ती सातदल भनिएका र अन्य आपैmलाई जिम्मेवार भनेर स्वघोषित जिम्मेवार बनेका अगुवाहरुले त्यसपछि पनि अनेकौ सम्झौता गरे आपसी सहमती गरे । ती कोही लिखित छन, कोही अलिखित, कोही भद्र सहमती कोही अभद्र सहमती । तर चुरो कुरो के हो भने ती कुनै पालन भएका छैनन्, वर्तमानमा पुष्पकमल दहाल उर्पm प्रचण्ड त्यस्तै एक सहमतीको कागज टुलुटुलु हेदैछन, विवश भएर ।
नेपालको राजसंस्था नेपाली जनताको सम्पत्ति थियो त्यस वारेमा एक्लै पैmसला लिने अधिकार राजा वीरेन्द्रलाई पनि थिएन, त्यस्तै राजा ज्ञानेन्द्रलाई पनि थिएन । तै पनि नेपाली जनताले आङ्खनो आस्था प्रदर्शन ग¥यो त्यो पैmसलामा आङ्खनो भुमिका खोजेन । संसारको इतिहासमा गणतन्त्रका पहिलो र कट्टर वफादार हुन पुगे पाखा लगाइएका राजा ज्ञानेन्द्र । गणतान्त्रिक सरकारले उनलाइ राजाको हैसियतले प्राप्त सम्पूर्ण सम्पत्ती खोस्यो, गद्धिमै हुदा उपभोग गरेर छोरीलाइ दिएको दाइजो समेत । उनले कर्तव्य पालनको क्रममा प्रयोग गरेको  हवाइ भाडा पनि अशुल गर्न खोज्यो । आपैmले आवास दिएको मुमा महारानीको निवास अनि नागार्जुन आवासको विजुली पानी पनि काट्यो । तैपनि उनको गणतन्त्र प्रतिको वफादारीमा कुनै कमी आएको देखिएको छैन । कमी भएको अनुभूति हुँदैन ।
तर न उनले त्यागेर त्यागियो न गणतन्त्र सरकारले खोस्न नै सक्यो त्यस्तो एक नैतिक सम्पत्ति उनीसँग अभैm छ । यो पनि अधिराजकुमार ज्ञानेन्द्रको व्यक्तिगत सम्पत्ती थिएन राजा भएको कारणले प्राप्त सम्पत्ती हो । यो सम्पत्ती अर्थात समर्थक नेपालीको आस्था र विरोधीको फोश्रो विरोध । यहाँ विरोधलाई फोश्रो जानेर नै भनिएको हो आवेशमा या भुलवश भनिएको हैन । पछिल्ला १२ बर्ष १ महिना विरोधीहरुको काम नै रह्यो । सानोभन्दा सानो हल्ला समेतलाई विस्तारित गरेर विरोध गर्ने र चरित्र हत्या गर्ने निरर्थक प्रयास भयो । तर यतिको श्रम साधन श्रोत लगाउदा पनि केही लछारपाटो लगाउन नसक्ने विरोधलाई फोश्रो विरोध नै भन्न सकिन्छ । अनि यत्रो कालखण्ड वित्दा पनि अटल रहेको आस्था अधिराजकुमार ज्ञानेन्द्रको हैन त्यो राजा ज्ञानेन्द्रको हो ।
नेपालको इतिहास मै सर्वशक्तिमान भन्ने भ्रममा बाचेका प्रधानमन्त्री जव आफुलाई नक्सा निकालेको ‘अभियोग’मा भारतले सत्ताच्युत गर्न लागेको भनेर फलाक्छन् भने त्यो नेपालको अस्तित्वमा प्रश्न चिन्ह हो । यो प्रश्न चिन्ह वाहिरी मुलुकका कारणले पैदा भएको हैन । न गद्धि फर्काउने प्रयत्नमा राजा वा राजसमर्थकहरुले गरेको कामको कारणले हो । यो त आत्मकमजोरी भएको अनि कुनै न कुनै ‘विदेशी’को आशिर्वाद वेगर आङ्खनो अस्तित्व सम्भव छैन भन्ने हतास मानसिकताको उत्ताधिकार बोकेका राजनैतिक अगुवाहरुको हो । त्यसैले विरोधी र समर्थक दुवैलाई समानरुपले तरंगित गर्ने पात्र हुन पुगेका छन् गद्धी खोसिएका राजा । यो व्यवस्था टिक्न कठिन छ, टिकाउन लागिपर्नु पर्छ भन्ने आवाज गणतन्त्र विरोधीको हैन । यो गणतन्त्र ल्याउन ‘योगदान गरेको’ बर्को ओडेकाहरुको हो ।
मुलुक गृहयुद्धको संघारमा छ भन्ने अनुभुति धेरैलाई भइरहेको छ । यो अहिले भएको पनि हैन पहिलो सविधानसभाको अन्तिमतिर देखिनै भन्न लागएिको हो । बाबुरामले संविधान घोषणा हुँदा विद्रोह हुनसक्छ भनेर सुरक्ष निकायहरुलाई तैयारी हालतमा राखेको प्रधानमन्त्री हुँदा नै हो । यो कुरा त्यस वेलाका सञ्चारमाध्यम अभिलेखमा पाइन्छ । वर्तमान संविधान घोषणा पनि मुलुक रक्तरंजित गरेर नै भएको हो । लगातार मुलुकमा कायम रहेको भुसको आगो दन्कन रोक्ने कारक तत्व केवल राजसंस्था पुनस्र्थापनको आशा मात्र हो भन्ने प्रमाणित गर्ने प्रमाण छरपष्ट छन । अव चाहे जे कुराको निमित्त भए पनि गणतन्त्रको वफादार देखिएका राजालाई सोध्नै पर्ने प्रश्न खडा भएको छ , त्यो हो गणतन्त्र महत्वपुर्ण कि आफ्ना पुर्खा र जनताका पुर्खाले निर्माण गरेको राष्ट्र ? यो वेला अप्रत्यक्ष कुरा गरेर अर्थ लाउन छोडने हैन महाराजले आङ्खनो कित्ता स्पष्ट गर्ने हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper