banner
banner

कोरोना महामारीका वीचमा कार्पेटसम्मका चर्चा

देवी काफ्ले–
अहिले देशमा कोरोना पछिको चर्चाको बिषय राष्ट्रपति भवनको कार्पेट बनेको छ । लागत यकिन त थाहा छैन तर अनुमानित एक करोडको कार्पेटले सामाजिक संजाल भयंकरसंग तताएको छ । कोरोनाको महामारीमा उपचार, उपकरण, औषधि, कीट लगायत क्वारेन्टाइन, आईसुलेशन निर्माण तथा ब्यावस्थापनमा सरकारले पुगनपुग दस अरबको खर्च देखाएको छ । तर पनि जनता भैंसी गोठमा क्वारेन्टाइन बस्नु परेको सत्यतथ्य बाहिर आईरहेको छ ।कहि खानाको अभावले मान्छे भागेका छन् ।समग्रमा क्वारेन्टाइन ब्यबस्थित गर्न सकेको छैन सरकारले । यसैबेला मौका छोपे जसरी कार्पेट फेर्ने योजना ल्याएछ जसका कारण राष्ट्रपति सबैको आंखाको कसिंगर बन्न पुगेकि छन् । जतासुकैबाट राष्ट्रपति घृणाको पात्र बनाईएकी छन् ।
धेरै पल्ट राष्ट्रपति कार्यालयका विभिन्न निर्णयका कारण राष्ट्रपति बिवादित बन्दै आएकी छन् ।
सबैभन्दा पहिला राष्ट्रपतिको संसदभवनमा सम्बोधनका लागि जांदा गराईएको बग्गी सवारी थियो ।जनताबाट निर्वाचित, एउटा सामान्य परिवारकी महिला,कम्युनिस्ट नेतृ राष्ट्रपति उनलाई के को असुरक्षा थियो र राजसी ठांटमा बग्गी सवारी यो बिषयले निकै चर्चा पायो यसमा पनि राष्ट्रपति नै आलोचित थिईन् । हिजो राजाले भोगेको राजसी ठाँट नै आज जनताका प्रतिनिधिहरुले दोहोर्याउंछन् भने एउटा राजा फालेर हजार राजा पाल्नुको कुनै औचित्य छैन त्यसमा पनि राष्ट्रपति सुबिधा भोगी भईन् भनेर उनीमाथि निकै चर्का टिप्पणी गरियो । उनी पटक्कै बोल्दिनन्, आफूले भन्नुपर्ने र गर्नुपर्ने दायित्व निर्वाह गर्दिनन्, राष्ट्रपतिले राष्ट्र हेर्दिनन् ।
त्यस पछि चर्चा पायो अठार करोडको हेलिकप्टरले । भौगोलिक बिकटताका कारण देशमा उत्पादित वस्तुहरु, अन्न, फलफूल त्यसै खेर गयको छ ।हुम्ला, मुस्ताङका स्याउ कुहेर जान्छन् काश्मिरको स्याउ कसनेर खानु पर्ने बाध्यता भएका नागरिकको अभिभावक राष्ट्रपतिलाई अठार करोडको हेलिकप्टर किन ? उनको औकात यति बढिसक्यो ?कसरी यति ठूलो माग राख्न सकेकी भनेर फेरि आलोचित उनै राष्ट्रपति नै भईन् । बिचबिचमा कहिले राष्ट्रपति भवन नजिक रहेको प्रहरी तालिम केन्द्र सार्नु पर्छ त्यहा हल्लाखल्ला भयो राष्ट्रपतिलाई निद्रा लागेन अरे भनेर फेरि आलोचित भईन् । यस्ता आलोचना भैरहेकाछन् ।
फेरि आफ्नै छोरीहरुलाई मानपदवीले बिभुषित गर्दा पनि उतिकै बिवादित भईन् । बिवादित हुनुको कारण समाजमा उनका छोरीहरुको कुनै उल्लेखनिय योगदान थिएन तर पनि बिभुषित गरियो भन्ने । आखिर यति आलोचित हुन राष्ट्रपतिले रहर गरिरहेकी होलिन्, अचम्म छ र
पहिलो राष्ट्रपति डा.रामबरण यादव यति आलोचित किन भएनन् ?
प्रश्न यही हो ।
बर्तमान राष्ट्रपति महिला भएकै कारण यति धेरै आलोचित भएकी त हैनन् ? यो प्रश्न पनि महत्वपूर्ण  छ ।
देशमा गणतन्त्र पछिको दोस्रो राष्ट्रपतिको रुपमा बिद्यादेवी भण्डारी चुनिएकी हुन् उनको पनि अहिले दोस्रो कार्यकाल चलिरहेको छ । आलोचना कम होला भन्दा झन् बढेको छ  ।बारम्बार आलोचनाको पात्र बनेकी छिन् आखिर किन ?
माथि उल्लेखित बिषयहरु बाहेक एउटा छुट्टै बिषयले पनि उनलाई जोडतोडका साथ आलोचना गरायो ।बिषय थियो अध्यादेश फिर्ता गर्नु ।
फेरि अर्को हल्ला चलाईयो राष्ट्रपतिले तिलहरी बेचेर कोरोना पिडितलाई राहत दिईन् भनेर ।
झिनामसिना कुरा देखि लियर राष्ट्रिय घटना परिघटना पनि राष्ट्रपतिलाई जोडेर तथानाम गाली गर्ने गरियको छ । सामाजिक संजालमा त वर्तमान प्रधानमन्त्रीको फोटोसँग अनेक लान्छना लगाएर पोष्ट्याईएको पाईयो । आखिर राष्ट्रपतिको यति सारो आलोचना किन ?
अब एउटा प्रश्न–के यी सबै कुराहरुको माग राष्ट्रपतिले नितान्त आफ्नो लागि र आफु एक्लैले माग गरेकी हुन् ? राष्ट्रपति कार्यालयको जिम्मा पुरै उनैले लिएकी हुन् ? त्यहाको ब्याबस्थापन देखि प्रशासनिक काम कारवाहि उनी एक्लै गर्छिन् ?
यदि यसो हो भने राष्ट्रपति गलत हुन् । यदि राष्ट्रपतिको निजि निर्णय हैन भने हरेक पल्ट दोषारोपण किन ?
राष्ट्रपतिका पनि केही निर्णय त हुन्छन् होला तर सरकार उनका कुरा सुन्दैन होला ।
हामीले सुन्न या नाम लिन नचाहे पनि सत्य त बदलिन सक्दैन । राष्ट्रप्रमुखकै रुपमा रहेका पहिले रानी महारानीहरुबाट कति बहादुरीका काम भय?उदाहरण त राजेन्द्र लक्ष्मी अनि राजराजेश्वरी देवीको समयलाई लिन सकिन्छ । उनीहरु पनि महिला थिए तर देशका कति महत्वपुर्ण निर्णय लिन पाउंथे उनीहरुको जीवनीबाट थाहा हुन्छ । प्रसंग किन जोड्न खोजें भने राष्ट्रपति महिला भएकै कारण यति निरीह हुनु परेको हो त ? 
हैन भने महिलाले शासनभार चलाउनै नसक्ने जसरी एउटा अचल मूर्तिको रुपमा राखेर निर्णय सरकार गर्छ दोषजति राष्ट्रपतिले खेप्नु पर्ने ?
महारानी राजेन्द्र राज्य लक्ष्मी 
(सन् १७८५) शाहवंशकी रानी थिईन् जसले ८ वर्षको नायबीकालमा नेपाल एकीकरणको दोस्रो चरणलाई अघि बढाएकी थिईन् । उनी पृथ्वी नारायण शाहका छोरा प्रताप सिंह शाहकी पत्नी थिईन् । २३ वर्षको उमेरमा राजा बनेका प्रताप सिंह शाह त्यसको २५ वर्ष पछि नै दिवंगत भएपछि राजेन्द्र लक्ष्मीले छोरा रणबहादुर शाहको नाममा शासनभार सम्हालेकी थिईन् । यिनलाई “राजमाता राजेन्द्रलक्ष्मी“ पनि भनिन्छ
महारानी राज राजेश्वरी (मृत्यु ५ मे १८०६) नेपालकी महारानी तथा कुशल राजनीतिज्ञ थिइन् । राजा रणबहादुर शाहकी रानी राजराजेश्वरी राजा गीर्वाणयुद्ध विक्रम शाहकी नायबी थिइन् । उनले विभिन्न राजाको शासन कालमा नायबी शासकको रूपमा प्रत्यक्ष र परोक्ष रूपमा नेपालको शासनको बागडोर सम्हालेकी थिइन् । यिनको नायवी शासन कालमा नेपाल एकीकरणको अभियान उचाईमा पुर्याएकी थिइन् ।
महारानी राज राजेश्वरी (मृत्यु ५ मे १८०६) नेपालकी महारानी तथा कुशल राजनीतिज्ञ थिइन् । राजा रणबहादुर शाहकी रानी राजराजेश्वरी राजा गीर्वाणयुद्ध विक्रम शाहकी नायबी थिइन् । उनले विभिन्न राजाको शासन कालमा नायबी शासकको रूपमा प्रत्यक्ष र परोक्ष रूपमा नेपालको शासनको बागडोर सम्हालेकी थिइन् । यिनको नायवी शासन कालमा नेपाल एकीकरणको अभियान उचाईमा पुर्याएकी थिइन् ।
आखिर महिलाले शासन सत्ता चलाएको उदाहरण हामीकहा छ नि  । रानी महारानीहरुले कुशलता पुर्वक शासन चलाउने, देशको एकिकरणमा थप योगदान पु¥याउन सक्ने अर्थात् दरवारका रानी महारानीहरुले कुशलता पुर्वक शासन चलाउने, देशको एकिकरणमा थप योगदान पुर्याउन सक्ने अर्थात् दरवारका भारदारिया कुटनिति, चालबाजका बाबजुद देशका लागि उल्लेखनिय योगदान पु¥याउन सक्ने क्षमता देखाएकै हुन् । इतिहासतिर फर्केर हेर्दा महिला शासनको बागडोर सम्हाल्न नसक्ने  त हैनन् । आजका महिला शिक्षित छन्, आत्मनिर्भर छन्, संसारिक ज्ञान छ त किन असक्षम जस्ता देखिन्छन् ? जवाफ सजिलो छ किनकी आज पनि महिलाहरु पुरुष शासित छन् त्यसैले उनीहरु कमजोर देखिन्छन् वा देखाईन्छन् ।
मैले राष्ट्रपतिको बिवादित कारणहरु माथि नै उल्लेख गरिसकेकी छु  ।अब आजको दिनमा हामीले समीक्षा गर्नुपर्ने बिषय यहि नै हो कि राज्य संचालनमा उनलाई कतिसम्म अधिकार दिईएको छ ?
हाम्रो देशको कार्यकारी प्रमुख प्रधानमन्त्री हुन् । राष्ट्रपति त एउटा सम्मानित संस्थाको रुपमा राखियको छ । राष्ट्रपतिसंग खासै अधिकार छैन  ।त्यसैले राज्यका महत्वपूर्ण निर्णयहरु राष्ट्रपतिबाट हुँदैन मैले बुझेअनुसार ।एउटा सम्मानित संस्थाको प्रमुखको रुपमा रहेको ब्यक्ति तर पुर्ण अधिकार नभयकोले कसरी राष्ट्रपति भवनको लागि कार्पेट, आफ्नो सुबिधाको लागि अठार करोडको हेलिकप्टर माग गरिन् होला त?बिलासिताका सामान माग भयो औकात हेर भन्न कति उचित होला ?
पटक पटक मदन भण्डारीको नाम जोडिएको हुन्छ उनको बहुदलीय जनवादमा बिद्याको बिलासिता भनेर । अब मलाई प्रश्न गर्न मन लाग्यो कि–हिजो पुरुष राष्ट्रपति हुँदा राष्ट्रपति भवनमा कार्पेट थियो कि थिएन ? राष्ट्रपति साईकलमा हिड्थे ? भोलीका राष्ट्रपति भत्केको दरवारमा बस्लान् ? अनि पुरुष राष्ट्रपति कसको बुईबाट चढेर राष्ट्रपति बन्छन् ?
हो, राष्ट्रपति बिद्या भण्डारीबाट हामीले पनि केही बढि आशा नराखेको हैन हामीले खोजेकी राष्ट्रपति क्रोयशियाकी जस्तै होउन जो जनताको बसचमा आफुलाइ सुरक्षित ठान्छिन् र जनतामाझ जान उनलाई बग्गी हैन पैदल, सार्वजनिक बस पनि यथेष्ट हुन्छ । तर हाम्रीले त्यसरी खुलेर जान सकिनन् उनको कमजोरी हो ।
आज हाम्रो देशमा महिला राष्ट्रपति भएका कारण महिला माथि हुने हिंसा बिरुद्ध केही कदम चालिन्छ कि भन्ने थियो भएन । यानी कि उनी खुलेर जनतामाझ आउन सकिनन् उनको कमजोरी हो तर अहिले जति पनि बिवादमा उनलाई ल्याईएको छ त्यसको जवाफदेहिता राष्ट्रपति कार्यालय हुनुपर्छ जवाफ दिनुपर्छ । राष्ट्रपतिका सल्लाहकारले खान्की खाएपछि सही सल्लाह दिनुपर्दैन ? एउटा मुर्ति स्थापना गरे जसरी राख्ने, सारा निर्णय  सरकार तथा मन्त्री मण्डलले गर्ने खरिद बिक्रि प्रकृया सम्बन्धित निकायले गर्ने सत्तोसराप राष्ट्रपतिले खाने ?
यस्तो प्रवृति हिजो किन देखियन किन कि हिजो राष्ट्रपति पुरुष थिय ।भोलि देखियला नदेखिएला भविष्यको गर्भमा छ । पुरुष भय नदेखियला तर महिला भय भन्न सकिन्न । अतिवादको हेपाहा प्रवृति त्यागौं । यस्तै बिवादित भैरहन पर्ने हो भने पुरुषहरुले नै गद्दि सम्हाले भयो किन मुर्ति स्वरुप राखेर विवादमा फसाउनु पर्यो ? अब केही बोल राष्ट्रपति अब केही बोल । तिमी एकजना राष्ट्रपति बनेपछि सम्पुर्ण महिलाले पुर्ण अधिकार पाइसकेका छन् भन्ने भ्रम चिराई देउ । देशका शोषित पिडित महिला, बालबालिकाको लागि केही बोल ताकि हामीलाई आभाष होस् कि गणतन्त्रको उपलब्धि ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper