banner
banner

राष्ट्रवादी भएको खुलेर स्वीकार गरे पुग्छ

स्वयम्भुनाथ कार्की -
नेपालमा एक यस्तो समय पनि आयो, जुन बेलामा राष्ट्रवादी भएको स्विकार गर्नेहरुलाई प्रताडित गरियो । ०४६ सालदेखि कहिल्यै राजनैतिक स्थिरता देख्न भोग्न नपाएको नेपालले झण्डै पञ्चायतले भोग गरेको समय जति पुरा गरिसकेको छ । ‘राष्ट्रवाद’, ‘विकेन्दीकरण’, ‘साझा’ आदि शब्दहरु पञ्चायतले अपनाएकोले केहीलाई अपच भएको थियो । पञ्चायतको रक्षकवच सरह भएर रहेको राष्ट्रवादप्रति बिशेष चिढ हुनु स्वभाविक नै थियो । पञ्चायत ढालिसकेपछि सबै संरचनाको मुलभूत आधार कायम राखेर नाम मात्र परिवर्तन गरेर उपयोग गरे सरह सबै शब्द परिवर्तन गर्ने प्रयत्न भयो ।
जनताको शोषण गरेको आरोपमा इटहराको साझा संस्थामा आक्रमण गरेर मदन भण्डारी चर्चामा आएको कुरा ताजै जस्तो छ । त्यसैले साझाको स्थानमा सहकारी शब्द प्रयोग गर्नुपर्ने विवशता थियो । जनमत संग्रहकालमा पञ्चायतको नराम्रा दशअवतारको गीतमा विकेन्द्रीकरण पनि परेकोले परिमार्जनको रुपमा जल, जमिन, जंगलमा अधिकार प्रयोग गरियो । तर राष्ट्रवादको स्थानमा प्रयोग गरिएका अन्य शब्दहरु जनताको मनमा बस्न सकेनन् । त्यसैले राष्ट्रवाद भन्नलाई प्रताडित गर्ने बाटो अपनाईयो, त पनि हल्लाउन नसकेर अन्धो वा उदार जस्ता विशेषण राष्ट्रवादको अगाडी जोडियो ।
अहिले नयाँ नेपाल संस्थागत गरिसकिए पछि पञ्चायल सँगै विसर्जन गर्न खोजिएका यी शव्दहरु र तिनमा अन्तरनिहित भावनाहरुको अझ आवश्यकता परेको छ । जनस्तरमा महसुश गरिएको आवश्यकता आत्मादेखिको सोच हो । तर राजनैतिककर्मीहरुले महसुश गरेको आवश्यकता भने सत्ताको निमित्त खोजिएको टेको मात्र हो । यी शव्दहरु बार्न थालिसकेपछि जन्मेको वा हुर्केको पिँढी आज यी शव्दहरु भावना सहित खोज्दैछ । यो युवा पिँढी यसको निमित्त बेचैन छ । तर दुःखको कुरा यो छ कि युवाहरुको यो चाहानालाई तिनीहरुको कमजोरी बनाएर यिनै कुराको नाममा शोषण गर्नेहरु पनि छन् ।
बुढो पिँढी अशक्त भइसकेको छ, प्रौढ पिँढी ०४६ साल पछिको तितो अनुभवले गर्दा कुरा चवाएर बोल्ने बानी परेको छ । यसरी बुढा र प्रौढहरुले युवालाई शब्द र भावनाको व्यापारीको हातमा सुम्पेका छन् । उनीहरुलाई अभैm डर छ, यदि आफु राष्ट्रवादी भएको प्रकट भयो भने विगतमा भैm हरेक क्षेत्रमा प्रताडना खप्नु पर्दछ । त्यसैले ऊ आफु राष्ट्रवादी भएको कुरा अप्रत्यक्ष तरिकाले मात्र प्रकट गर्दछ । सामुन्ने भएको व्यक्तिले राष्ट्रवादी भएको थाहा पाएमा के कस्तो व्यवहार गर्ने हो त्यो आशंकामा डराउँछ । तर अनौठो कुरो छ कि सामुन्ने पनि राष्ट्रवादी नै हुन्छ र ऊ पनि त्यसै गरेर डराइरहेको हुन्छ ।
राष्ट्रवाद झल्को दिने गरेर खुलेका हरेक संगठनहरुमा आफ्नो तन, मन, धन अर्पण गर्नेहरु धेरै छन् । त्यसैले यो नाफामूलक व्यापार भएको छ । अनेकौ नामले यस्ता संगठनहरु खुल्छन्, कुनै सोच र सिद्धान्त नभएकोले झिना मसिना कार्यक्रमहरु जस्तै कुनै सार्वजनिक स्थल बढार्ने, खाना वा कम्मल बाँड्ने, खेलकुद प्रायोजन गर्ने आदि गरेर पसल जीवित राखेका छन् । राजनैतिक पसल पनि प्रसस्त खुलेका छन्, अर्को नक्कली र आफ्नो सक्कली भन्ने भ्रम छर्न यस्ता संगठनहरुका कार्यकर्ता परिचालन हुन्छन् । कोही कोही त राष्ट्रवादको एकधिकार केवल आफ्नै संगठनमा भएको दावी गर्न पनि चुक्दैनन् ।
बुभ्mनुपर्ने कुरा हो राष्ट्रवाद गहिरो भावना हो जो अपवाद छोडेर सबैमा हुन्छ । त्यसैले यो कुनै एक दुई संगठनको गठन निमित्त बलियो डोरी हैन । मदन भण्डारीले इटहरामा साझासंस्था बाल्दा पनि राष्ट्रविरोध भनेर गरेका हैनन्, अहिले उनैको नाम लिनेहरुले सहकारी आन्दोलन चलाएर चक्रवृत्ति व्याज अशुल गर्दा पनि राष्ट्र विरोध भनेर गरेका हैनन् । माओवादी द्वन्दकालमा एक अर्कातर्पm फर्काईएका बन्दुकबाट निक्लेका गोली राष्ट्रवादका निमित्त नै निस्केका थिए । त्यसैले यो साझा भावना हो जो दुई कट्टर शत्रुको बीच पनि साझा रहेको हुन्छ ।
राष्ट्रवाद सावित गर्न कुनै संगठनको सदस्यता चाहिन्न । केवल छाती फुलाएर सार्वजनिक घोषणा गरे पुग्छ ‘म राष्ट्रवादी हुँ ’ । यसले राष्ट्रवादीहरु बीच रहेको अपरिचयको पर्दा च्यात्छ । जव राष्ट्रवादीहरु बीचको पर्दा च्यातिन्छ तव आश्चर्यजनक रुपले अनेकौ मत भिन्नताहरु समाप्त हुन्छन् । त्यसैले मनमा राष्ट्रवाद हुनेहरुले आफ्नो मनमा भएको राष्ट्रवाद प्रकट गर्नुपर्दछ । हरेक स्थानमा, समयमा ‘म राष्ट्रवादी हुँ’ भन्ने मौका खोज्नु पर्दछ र निर्धक्क र गर्व साथ भन्नुपर्दछ ‘म राष्ट्रवादी हुँ । राष्ट्रवादी हुनु गर्वको विषय हो लज्जा हैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper