banner
banner

गल्ती भयो भारतबाट

गगनदीप बक्सी -
गगनदिप बक्सी, भारतीय सेनाका पूर्व जर्नेल हुन् । उनी नेपालविज्ञका रुपमा पनि चिनिन्छन् । नेपालले नक्सा जारीगरेपछि भारतले अस्वीकार गरेको र नेपालविरुद्ध भारतीय सत्ताधारीको रवैयाप्रति असन्तुष्टि व्यक्त गरिरहेका पूर्वजर्नेल बक्सीले भनेका छन्– जेएनयुबाट कम्युनिष्ट पठाएर हिन्दुराज्य र राजतन्त्र ध्वस्त पार्नुको सजाय भारतले भोग्नुपरेको छ । उनको अभिव्यक्ति धेरैले सुन्छन्, यही कारण पनि उनी नेपाल भारत दुवैतिर चर्चित व्यक्तित्वका रुपमा देखिन्छन् ।
समस्या सीमाको हो, सम्बन्ध नेपाल भारतवीचको सुमधुरताको छ, तर भारतले सीमा अतिक्रमण गरेकोमा नेपालले चित्त दुखाएको र आफ्नो नक्सा सार्वजनिक गरेपछि भारतीय सञ्चारले गरेको सतही बिरोधप्रति बक्सीले पिँधमै पुगेर विश्लेषण गरेका छन् ।
उनका अनुसार नेपालको हिन्दुराष्ट्र ध्वस्त पारेर माओवादीलाई साथ दिनु, स्थापित गर्नु भारतको ऐतिहासिक गल्ती हो । जर्नेल बक्सीकै शव्दमा ‘माओवादीलाई समर्थन गर्दा सेल्फ गोल थियो ।’ अर्थात माओवादीलाई भारतले साथ दिएर नेपालको संस्थापनलाई मास्नु आत्मघाती गोल हुनपुग्यो ।
बक्सीको विश्लषणमा नेपालमा कम्युनिष्ट स्थापित हुनु र कम्युनिष्टले नै चीनलाई नेपालमा ल्याएको हो, भारतले यसको फल पाएको छ ।
जर्नेल बक्सीले ‘हामी छत्तीसगढमा माओवादीसँग लडिरहँदा कँग्रेस आईको पालामा नेपालमा जेएनयुबाट कम्युनिष्ट पठाउने गल्ती भयो ।’ डा.बाबुराम जेएनयुका उत्पादन हुन्, वामदेव क्षेत्री पनि त्यही काम गर्थे । भारतीय रक्षामन्त्री राजनाथ सिंहका नजिकका मित्रका रुपमा पनि यिनीहरु चिनिन्छन् । शायद त्यसैले बाबुरामले भारतपक्षीय रुपमा अभिव्यक्ति दिइरहेका छन् ।
जर्नेल बक्सीले नेपालको हिन्दुवादको रक्षा गर्ने दायित्व भारतको भएको पनि बताएका छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper