banner
banner

कठै मेरो देश ?

अधिवक्ता गंगा दाहाल -
– कोरोना पीडितको चिसो चुलो बालिदिने कसले ? कोरोना कोषमा साँढे २ अर्व केको लागि साँचेको ?
– संसद भनेको खसी देखाएर कुकुरको मासु बेच्ने पसल होइन भनेर प्रमाणित किन गरिएन ?
– राजालाई लिपुलेक केही समयलाई बस्न देउ भनेर माँगेको भारतीय पत्र सार्वजनिक गर ।
– भारतबाट ४७० अर्व रेमिटान्स आउने रहेछ, नेपालबाट ९१८ अर्व जाने रहेछ । नेपालले ६३ अर्वको सामान निर्यात गर्दा ९७८ अर्वको सामान आयात हुनेरहेछ । नेपाल भारतको अर्थबजार हो । हामी आत्मनिर्भर रहने कहिले ?
– पत्रपत्रिकामा रक्सीका ज्याकेट छाप्नेहरुले नेपालो नक्सा किन छापेनन् ? चुक कता भयो ?
– ध्यावधिक नक्सा सार्वजनिक गर्ने सरकार र नेपालको क्षेत्रफल १४७१८१ होइन, १४७५१६ स्क्वायर किलोमिटर देखाउने गुगल सर्चलाई धन्यवाद ।
– देशका शीर्ष नेताहरुलाई घरघरमा मन्त्रीले नक्सा पु¥याउनु पर्ने ? कसको पैसाले बन्यो त्यो फ्रेम, फ्रेम नपाउनेले म पनि भीआइपी भनेछन्, कठै मेरो देश ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper